दिपेन योङहाङ
जवेगु दिलीप लिम्वूइतिहासबिद
प्रध्यापक श्री शिव कुमार श्रेष्ठले आफ्नो पुस्तक "लिम्बुवानको ऐतिहासिक
अध्ययन"मा बिभिन्न खोज अनुसन्धान तथा विद्घानहरुको मत अभिमतहरु उदिृत गर्दै
लेख्दछ्न : किरातीहरुले अहिरवंशका
अन्तिम राजा भुवनसिंलाई परास्त गरी काठमान्डौ उपत्याकामा शासन गरे,यी
किरातीहरु तामाकोशी र अरुण कोशी बीचको भू-भागका बासिन्दा थिए । बिभिन्न
वंशावलीमा उल्लेख तथ्यहरु उदिृत गर्दै श्री श्रेष्ठ लेख्दछन् गोपाल राज
वंशवली अनुसार बत्तिस पुस्ता,कर्कपेट्रिक वंशावली अनुसार सत्ताइस
पुस्ता,डेनियल राइट वंशावली अनुकार उन्तीस पुस्ता,सिलभेनलेभि अनुसार अठाईस
पुस्ता,इतिहास प्रकाशन अनुसार पच्चीस पुस्ता र प्रेम ब.माबोहाङ अनुसार
तेत्तिस पुस्ता सम्म किराती राजाहरुले काठमान्डौ उपत्याकामा शासन गरेका थिए
। किरातकालीन समयमा गौत्तम बुद्घ नेपाल आएका र किराती राजाहरु बौद्घ
दर्शनबाट प्रभावित भएको कुरा श्री श्रेष्ठले प्रस्तुत गरेका बिभिन्न
तथ्यहरुले उजागार गर्दछ यद्यपि उनी किरातकालीन समयमा बुद्घ नेपाल आएका कुरा
पत्याउन भने तयार देखिन्नन् । श्री श्रेष्ठले उदिृत गरेका बिभिन्न
मतभृदहरु म्ध्य सातौ किराती राजा जितेदस्तीको पालामा स्वम्भु
चैत्य,मञ्जुश्री चैत्यका दर्शन गर्न गौत्तम बुद्घ नेपाल आएका थिए र उनले
१,३५० जना शिष्यहरु बनाएका थिए ।भन्ने भनाई यदि सत्य हो भने किरातीहरु त्यो
बेला प्राकृत रुपमा जेजस्तो धार्मिक बिस्वास वा संस्कारमा भए पनि उनीहरु
बौद्घ दर्शनका अनुयायी उल्लेखनिय संख्यामा प्रचिन कालमा नै भएको हुनुपर्ने
हो भन्ने एउटा प्रश्न उठ्न सक्छ ।
प्राचिन नेपालमा करिब ३२ पुस्तासम्म राज्य गर्ने किरातवंशीहरुलाई लिच्छवीहरुले धपाएका र उनीहरु पूर्वतिर लागेका भनेर गोपालवंशवलीमा लेखिएको छ भन्ने भनाई इतिहास बिदहरुको कथन छ । पूर्वलागेका रिातीहरु को थिए त भन्ने प्रसंगमा हामी हौ भन्ने दावी पूर्वका र्राई,लिम्बू,याक्खा,धिमाल,मेचे,कोचे आदिको रहेको देखिन्छ अर्कोतिर आधुनिक राज्य नेपालको बिस्तार हुने क्रममा काठमान्डौ उपत्यकाबाट शासन गर्न क्षेत्रिय रुपमा बिभाजित भू-भागहरु जस्तो वल्लो किरात,माझ किरात,पल्लो किरात प्रदेशहरु किरात प्रदेशका उपप्रदेशका रुपमा बिभाजित काठमान्डौले गरेको हुनु पर्छ । यसको अर्थ गोर्खा राज्यको बिस्तार क्रममा किरात प्रदेश सिंगो प्रदेशको रुपमा पूर्वमा बिद्यमान थियो वा काठमान्डौमा किरातहरु पराजित भएर धपाइदा पूर्व लागे भन्ने कथनका आधारमा पूर्वमा बसोबास गर्नेहरु चाहिं किराती नैहुन त्यसकारण पूर्वीभाग किरात भू-भाग भन्नु उपयुक्त ठानेर हचुवा तालमा किरात प्रदेशहरु भनिएका छन् ? प्रमाणिक अध्ययनहरुको अभाव नै देखिन्छ । किरात प्रदेशहरु नामाकरण गर्न अगावै ती भूमिहरु लिम्बूवान खम्बुवान कोचे तथा मेचे आदि प्रदेशहरुमा बिभक्त थिए । किन कि किराती शब्द बढी राजकीय एवं समुहवाचक देखिन्छ ,जति लिम्बू ,खम्बु ,याक्खा,धिमाल,कोचे,मेचे,सुनुवार,जिरेल,सुरेल,आदि शब्दहरु सरल र बिशिष्ठ देखिन्छ या त प्राचिन कालको किरात जाति आजको आधुनिक कालमा भाषिक सांस्कृतिक तथा भौगोलिक रुपमा बिभिन्न साम्प्रादायमा विभक्त भएर भिन्न देखिए तर तिनीहरुको पूर्खा सम्भवत एउटै जाति थियो र त्यसलाई समकालिन साहित्यले किरात भनेर संज्ञा दियो तर जे भए पनि लिम्वू,खम्बु,याक्खा,धिमाल,जिरेल,मेचे,कोचे,सुनुवार,सुरेल आदि जनजातिहरु भने भाषिक,सांस्कृतिक तथा सामाजीक मूल्य मान्यताका आधारमा बेग्ला बेग्लै जनजाति समूहहरु हुन यधपि बिभिन्न कारणले उनीहरुमा साझा सामिप्यता पाउन सकिन्छ कतिपय जनजातिहरु इतिहासमा एउटै भएका भए पनि हालका बिभक्त रुपहरु हुन । नृवंशशास्त्रिहरु वा इतिहासबिदहरु बिच हिजोका किरातीवंशी र आजका राई, लिम्बू ,याक्खा,धिमाल,कोचे,मेचे,जातिहरुमा सामिप्यता के छ ? कति छ ? भन्ने बारेमा अध्ययन अनुसान्धानको जरुरत छ ।
काठमान्डौ उपत्यकामा बोलिने भाषा नेवारी भाषाको मूल किरात हो भने भनाईले किरातकालको सभ्यताको मूल अन्दाज गर्न सकिन्छ । यो एउटा प्रमाण हुन सक्छकि नेवारी, लिम्बू, राई, मेचे, कोच, सुनुवार, याक्खा, धिमाल आदि सबै भाषाहरु एकै परिवारको जस्तो भोट बर्मेली हुनुले यिनीहरुका मूल एकै हो र उनीहरु प्राचिन नेपालका किरात वंशी राज्य व्यवस्थाका सन्ततिहरु हुन् ।
लिम्बू संस्कृतिको आधार मानिन्ने मुन्धुममा किरात शब्दको कतै प्रयोग वा उल्लेख भएको छैन । सायद यो जसरी लिम्बू शब्द लिम्बू भाषामा छैन र यसको साटो लिम्बू भाषामा "याक्थुङबा" ले जनाउँदछ त्यसरी नै किरात शब्द लिम्बू भाषामा नभए पनि"खाम्बोङबा लुङबोङबा"जनाउने कुरा स्व.इमानसिं चेम्जोङको मत रहेको छ । चेम्जोङको कृति "किरात इतिहास तथा संस्कृतिमा उल्लेख भएका अधिकांस अनुष्ठानहरु लिम्बू जातिका मुन्धुममा आधारीत छन् । तर मुन्धुममा किरात जातिको बारेमा उल्लेख नहुनुले लिम्बू जाति किरात वंशी हुन वा होइनन् भन्ने कठिन देखिन्छ । त्यसो त अन्य जातिहरुको भाषा,साहित्यमा,वा लोकउक्ती भनौ वा लिखित वा अलिखित आख्यानहरुमा राज्य,सैनिक वा कोषका वारेमा केहि प्रमाणित आधारहरुको अभावमा उनीहरुको इतिहास नामेट गरिएको वा उनीहरु वास्तावमा ती जातिका वर्तमान पुस्ताहरु नभइ भिन्नै हुन भन्ने बारेमा एउटा भ्रमपूर्ण निर्क्यौलमा पुग्नु पर्ने हुन्छ ।
उपरोक्त जातिहरु किरात थिए वा आदिवासी थिए भन्ने बारेमा एउटा स्पष्ट धारणा बनाउन आवश्यक भएको देखिन्छ । किन कि किरात थिए भने लुटिएको राज्य फिर्ता लिन सकिन्छ वा सकिन्न भन्ने सिकायतले उनीहरु प्रभाबित हुन्छन् वा आधुनिक राष्ट्रको निर्माण संग जोडिएको इतिहासले उनीहरु गौरव गर्न सक्दछन् । उदाहरणको लागि किरातकालीन राज्य व्यवस्थालाई स्वर्ण युग भनिन्थ्यो,वास्तुकलामा किरातीहरु निपूर्ण थिए,आदि कथनहरुले तिनका वर्तमान पुस्ताहरु प्राचिन नेपालको इतिहाससंग जोडिएको पाउछन् र आफु गौरवान्तित हुन सक्छन् यदि उनीहरु आदिवासी थिए भनेर अब धरणा लिने हो भने आधुनिक राज्यको निर्माण हुने क्रममा उनीहरुको भूमि,प्रदेशलाई एकिकरण गरिदा उनीहरु भूमिहिन,प्रदेश वा प्रकृतिक स्रोत र साधान बिहिन हुनुले उनीहरुको आर्थिक,भौतिक,आत्मिक तथा बौद्घकि बिकासमा अतीक्रमन भयो,शोषण भयो,र उनीहरु गरिबीबाट पीडित हुन पर्यो भने अब उनीहरुको मुक्तीको बिषय के हुन सक्छ,भन्ने बिषयमा सोच्न सकिन्छ ।
नेपालमा भूमिको किपट प्रथाप्राचिन नेपालमा करिब ३२ पुस्तासम्म राज्य गर्ने किरातवंशीहरुलाई लिच्छवीहरुले धपाएका र उनीहरु पूर्वतिर लागेका भनेर गोपालवंशवलीमा लेखिएको छ भन्ने भनाई इतिहास बिदहरुको कथन छ । पूर्वलागेका रिातीहरु को थिए त भन्ने प्रसंगमा हामी हौ भन्ने दावी पूर्वका र्राई,लिम्बू,याक्खा,धिमाल,मेचे,कोचे आदिको रहेको देखिन्छ अर्कोतिर आधुनिक राज्य नेपालको बिस्तार हुने क्रममा काठमान्डौ उपत्यकाबाट शासन गर्न क्षेत्रिय रुपमा बिभाजित भू-भागहरु जस्तो वल्लो किरात,माझ किरात,पल्लो किरात प्रदेशहरु किरात प्रदेशका उपप्रदेशका रुपमा बिभाजित काठमान्डौले गरेको हुनु पर्छ । यसको अर्थ गोर्खा राज्यको बिस्तार क्रममा किरात प्रदेश सिंगो प्रदेशको रुपमा पूर्वमा बिद्यमान थियो वा काठमान्डौमा किरातहरु पराजित भएर धपाइदा पूर्व लागे भन्ने कथनका आधारमा पूर्वमा बसोबास गर्नेहरु चाहिं किराती नैहुन त्यसकारण पूर्वीभाग किरात भू-भाग भन्नु उपयुक्त ठानेर हचुवा तालमा किरात प्रदेशहरु भनिएका छन् ? प्रमाणिक अध्ययनहरुको अभाव नै देखिन्छ । किरात प्रदेशहरु नामाकरण गर्न अगावै ती भूमिहरु लिम्बूवान खम्बुवान कोचे तथा मेचे आदि प्रदेशहरुमा बिभक्त थिए । किन कि किराती शब्द बढी राजकीय एवं समुहवाचक देखिन्छ ,जति लिम्बू ,खम्बु ,याक्खा,धिमाल,कोचे,मेचे,सुनुवार,जिरेल,सुरेल,आदि शब्दहरु सरल र बिशिष्ठ देखिन्छ या त प्राचिन कालको किरात जाति आजको आधुनिक कालमा भाषिक सांस्कृतिक तथा भौगोलिक रुपमा बिभिन्न साम्प्रादायमा विभक्त भएर भिन्न देखिए तर तिनीहरुको पूर्खा सम्भवत एउटै जाति थियो र त्यसलाई समकालिन साहित्यले किरात भनेर संज्ञा दियो तर जे भए पनि लिम्वू,खम्बु,याक्खा,धिमाल,जिरेल,मेचे,कोचे,सुनुवार,सुरेल आदि जनजातिहरु भने भाषिक,सांस्कृतिक तथा सामाजीक मूल्य मान्यताका आधारमा बेग्ला बेग्लै जनजाति समूहहरु हुन यधपि बिभिन्न कारणले उनीहरुमा साझा सामिप्यता पाउन सकिन्छ कतिपय जनजातिहरु इतिहासमा एउटै भएका भए पनि हालका बिभक्त रुपहरु हुन । नृवंशशास्त्रिहरु वा इतिहासबिदहरु बिच हिजोका किरातीवंशी र आजका राई, लिम्बू ,याक्खा,धिमाल,कोचे,मेचे,जातिहरुमा सामिप्यता के छ ? कति छ ? भन्ने बारेमा अध्ययन अनुसान्धानको जरुरत छ ।
काठमान्डौ उपत्यकामा बोलिने भाषा नेवारी भाषाको मूल किरात हो भने भनाईले किरातकालको सभ्यताको मूल अन्दाज गर्न सकिन्छ । यो एउटा प्रमाण हुन सक्छकि नेवारी, लिम्बू, राई, मेचे, कोच, सुनुवार, याक्खा, धिमाल आदि सबै भाषाहरु एकै परिवारको जस्तो भोट बर्मेली हुनुले यिनीहरुका मूल एकै हो र उनीहरु प्राचिन नेपालका किरात वंशी राज्य व्यवस्थाका सन्ततिहरु हुन् ।
लिम्बू संस्कृतिको आधार मानिन्ने मुन्धुममा किरात शब्दको कतै प्रयोग वा उल्लेख भएको छैन । सायद यो जसरी लिम्बू शब्द लिम्बू भाषामा छैन र यसको साटो लिम्बू भाषामा "याक्थुङबा" ले जनाउँदछ त्यसरी नै किरात शब्द लिम्बू भाषामा नभए पनि"खाम्बोङबा लुङबोङबा"जनाउने कुरा स्व.इमानसिं चेम्जोङको मत रहेको छ । चेम्जोङको कृति "किरात इतिहास तथा संस्कृतिमा उल्लेख भएका अधिकांस अनुष्ठानहरु लिम्बू जातिका मुन्धुममा आधारीत छन् । तर मुन्धुममा किरात जातिको बारेमा उल्लेख नहुनुले लिम्बू जाति किरात वंशी हुन वा होइनन् भन्ने कठिन देखिन्छ । त्यसो त अन्य जातिहरुको भाषा,साहित्यमा,वा लोकउक्ती भनौ वा लिखित वा अलिखित आख्यानहरुमा राज्य,सैनिक वा कोषका वारेमा केहि प्रमाणित आधारहरुको अभावमा उनीहरुको इतिहास नामेट गरिएको वा उनीहरु वास्तावमा ती जातिका वर्तमान पुस्ताहरु नभइ भिन्नै हुन भन्ने बारेमा एउटा भ्रमपूर्ण निर्क्यौलमा पुग्नु पर्ने हुन्छ ।
उपरोक्त जातिहरु किरात थिए वा आदिवासी थिए भन्ने बारेमा एउटा स्पष्ट धारणा बनाउन आवश्यक भएको देखिन्छ । किन कि किरात थिए भने लुटिएको राज्य फिर्ता लिन सकिन्छ वा सकिन्न भन्ने सिकायतले उनीहरु प्रभाबित हुन्छन् वा आधुनिक राष्ट्रको निर्माण संग जोडिएको इतिहासले उनीहरु गौरव गर्न सक्दछन् । उदाहरणको लागि किरातकालीन राज्य व्यवस्थालाई स्वर्ण युग भनिन्थ्यो,वास्तुकलामा किरातीहरु निपूर्ण थिए,आदि कथनहरुले तिनका वर्तमान पुस्ताहरु प्राचिन नेपालको इतिहाससंग जोडिएको पाउछन् र आफु गौरवान्तित हुन सक्छन् यदि उनीहरु आदिवासी थिए भनेर अब धरणा लिने हो भने आधुनिक राज्यको निर्माण हुने क्रममा उनीहरुको भूमि,प्रदेशलाई एकिकरण गरिदा उनीहरु भूमिहिन,प्रदेश वा प्रकृतिक स्रोत र साधान बिहिन हुनुले उनीहरुको आर्थिक,भौतिक,आत्मिक तथा बौद्घकि बिकासमा अतीक्रमन भयो,शोषण भयो,र उनीहरु गरिबीबाट पीडित हुन पर्यो भने अब उनीहरुको मुक्तीको बिषय के हुन सक्छ,भन्ने बिषयमा सोच्न सकिन्छ ।
किपट
प्रथाले नेपालका आदिवासी जनजातिको भूमिसंगको सम्बन्धलाई जनाउँदछ । भूमिमा
आदिवासी जनजातिको अधिकारलाई किपटका रुपमा लिम्बुवान गोर्खा राज्यमा समाहित
गर्न अगावै प्रयोगमा ल्याइएको पाइन्न ।गोर्खा राज्यले पश्चिम नेपालका माझी र
लिम्बू,र्राईले प्राप्त गरेको किपट उही प्रकारको थिएन । लिम्बूवान गोर्खा
राज्य बिस्तारमा आउन अगावै स्वंम लिम्बू जातिहरुले त्यो अधिकारलाई "ताङसिङ
खोकसिङ्" प्रथाको रुपमा लिइन्थ्यो ।लिम्बू भाषामा "तङसिङ"को अर्थ रुख
बिरुवाको संरक्षण गर्नु हुन्छ भने "खोकसिङ"कोअर्थ हुन्छ रुख बिरुवा काट्नु
वा फडानी गर्नु अर्थात रुख बिरुवा,बनजंगलको सुरक्षा देखि लिएर फडानी गर्न
समेत अधिकार लिम्बू जातिमा निहित थियो । लिम्बुवान,सेनवंशी राज्यको अधिनमा
हुदा त्यो अधिकार लिम्बहरुको कायमै थियो । गोर्खा राज्यको बिस्तार पश्चात
पनि त्यो अधिकार पञ्चखत बाहेक लिम्बूहरुलाई कायमै गरिदिएको थियो ।
लिम्बू बाहेक अन्य जनजातिहरु जस्तो तामाङ (मुर्मी ),थामी,र सुनुवारलाई श्री ५पृथ्बी नारायणले किपट प्रदान गरेका कुरा श्री बाबुराम आर्चायले उल्लेख गरेका छन् । श्री आर्चायका अनुसार पूर्वमा लिम्बूवान तथा खम्बुवान चढाइ गर्दा तामाङ,थामी तथा सुनुवारले सरसमान बोकी सहयोग पुर्याए बापत त्यो किपट अधिकार प्रदान गरेका थिए । श्री महेशचन्द रेग्मीका अनुसार नेपालमा किपट प्राप्त गर्ने लिम्बू बाहेक अन्य जातिमा राई,मझीया,याक्खा,तामाङ,भोटे।ह्यायु,चेपाङ, बरामु,दनुवार,सुनुवार,कुम्हाल,पहरी,थामी,शेर्पा ,माझी,र लेप्चा जातिहरु हुन् ।बिद्रवान श्री महेशचन्द रेग्मीका अनुसार भूमिमाथिको आदिवासी लिम्बू जातिको अधिकार किपट अन्य प्रथा जस्तो जागिर,बिर्ता भन्दा फरक थियो । जागिर वा बिर्ता प्राप्त गर्न राज्यलाई चितबुझाउने काम कुनै गरेवापत दिइने र जग्गा प्राप्त गर्ने ब्यक्तिको बिना उत्तरधिकारी मृत्यु भएमा त्यो जग्गा स्वःतह राज्यले नै लिन सक्थयो तर किपटमा भने कुनै निश्चित भौगोलीक इलाकामा केन्द्रित भएर बसेका कुनै जातिले परम्परागत तवरले आफ्नो भूमिका रुपमा भोग्दै आएको भूमि कुनै किपटीयाको अवसेश पछि राज्यको नभई त्यही जातिको हुने परम्परा थियो कसैले त्यो भूमिमाथि अधिकार प्राप्त गर्नका लागि उ त्यो जातिको सदस्य हुनु पर्ने अनी उत्तरधिकार वाला बिना उनको मृत्यु भएमा त्यो भूमिमा जातिको अधिकार कायम हुने ब्यवस्था थियो नकि राज्यको । सुरेस सिं,जे.सी.झा,तथा राष्ट्रसंघका बिभिन्न अध्ययन तथा अनुसान्धनहरु एतिृद गर्दै श्री रेग्मी लेख्दछन् कि भारतको छोटानागपूरमा बसोबास गर्ने मुण्डा आदिवासीहरुमा पनि भूमिमाथिको हक किपट प्रथा जस्तै जातिय अधिकारका रुपमा कायम थियो । उनी लेख्दछन् भारातवर्षा आर्यानहरु बर्साई सरी आउन अगावै मंगोललियन वा आदिवासी जनजातिहरु बसोबास गरिरहेका भूमि माथि उनीहरुको परम्परागत अधिकार किपट जस्तै थियो ।श्री रेग्मीका अनुसार किपटको अधिकार प्राप्त गर्ने जातिमा कम्तिमा नातादारी प्रथा (किनसिप)मा बिस्वास गर्ने भौगोलीक क्षेत्र तथा परम्परागत भोग चलनका साथ-साथै जग्गा बिक्री बितरण नहुने चरित्रहरु उल्लेखनिय रहेको बताएका छन्। किपट हक सबै लिम्बू जातिका सदस्यहरुमा निहित हुन्न थियो । किपट बिहिन लिम्बूहरु पनि लिम्बू जातिमा कैयौं रहेको उल्लेख गरेका छन् । श्री रेग्मी भन्दछन् किपट भूमि मात्र नभएर कुनै निश्चित भौगोलीक भूभाग माथि कुनै जातिको बिशिष्ट जातिय अधिकार पनि हो । उदाहरणको लागि तत्कालीन पल्लो किरात अरुन र मेची नदीको बीचको भूभाग परम्परागत रुपमा लिम्बू जातिले जातिय आधारमा भोगचलन गर्दै आएको थियो यद्यपि त्यही क्षेत्रभित्र पनि किपट बाहेक अन्य किसिमका भूमि भनौ वा जग्गाहरु थियो रेग्मी भन्दछन् किपट लिम्बूवानमा लिम्बू जातिको भूमि माथिको भोगचलन गर्नपाउने विशिष्ट जातिय अधिकार कायम नै थियो र त्यो बिक्री बितरण वा भोग चलनका हक अन्य जातिका ब्यक्तिहरुमा र्सार्न सकिन्थ्यो । लिम्बूले लिम्बूलाई भोग चलनको अधिकार र्सार्न सक्थयो तर तामाङले वा अन्य कुनै पनि जातिका मानिसमा त्यसतो हक सार्न मिल्दैनथ्यो । भनेका छन् । श्री रेग्मी अझ लेख्दछन् लिम्बू बाहेक अन्य जातिहरु जस्तो तामाङले नगरकोट लगायत अन्य गाँउहरुमा बि.सं.१८५४मा प्राप्त गरेको किपटको हकवाला दिदै इतिहासबिद श्री बाबुराम आर्चायले किपटलाई बिर्ता वा जागिर संग तुलना गर्न खोज्नु सान्दार्भिक हुन्न ।
किपटीहरुबाट किपट हत्याउने सरकारी नीति सबै किपटीयाहरुका लागि समान खालको थियो । किपट जग्गालाई रैकरमा परिणत गर्ने परिपाटी पनि समान किसिमको थियो । श्री रेग्मी लेख्दछन् फरक के थियो भने किपट हत्याउने सरकारी चालबाजीका बिरुद्र पीडित पक्षले कसरी त्यसको सामना गरे भन्ने मात्र हो । अनि पल्लो किरातका लिम्बूलाई प्रदान गरिएको भूमिमाथिको अधिकार किपट र अन्य क्षेत्रमा प्रदान गरिएको किपट पनि फरक किसिमको हो । जस्तो अन्य क्षेत्रमा ब्यक्तिलाई ब्यक्तिगत फाइदाका लागि दिइन्थ्यो भने लिम्बूलाई दिइएको किपट पल्लो किरात प्रदेश अर्थात लिम्बूवानमा बसोबास गर्ने जातिलाई किपट अधिकार दिईएको कुरा श्री रेग्मीको कथन छ । माझ किरात पूर्वमा अरुन नदी र पश्चिममा दूधकोही बीचको भूभाग र्राई जातिहरुको अधिक बसोबास भएको क्षेत्र सन् १७७३ मा गोर्खालीले आफ्नो नियन्त्रणमा लिए । माझ किरातका र्राई जातिहरुको "जीउधनको सुरक्षाको" र "हर क्षेत्रमा सहयोग गर्ने " प्रतिज्ञा काठमान्डौले गरेको कुरा १७७३ मा माझ किरातका र्राईहरुको नाममा जारी गरेको लालमोहमा उल्लेख भएको श्री रेग्मीको भनाई छ । यद्यपि उनीहरुको भूमिमाथिको जातिय अधिकारलाई मान्यता प्रदान भने काठमान्डौले नगरेको कुरा श्री रेग्मीको भनाई छ । श्री रेग्मी लेख्दछन् किन्तु माझ किरातका र्राई जातिहरुले आफ्नो किपट अधिकार क्षेत्रभित्र पर्ने लाखापाखा सबै आफ्नो भएको दावी गर्ने प्रचलन थियो जुन सन् १९१० मा जारी गरिएको आदेशले माझ किरातको सम्पूर्ण किपट रैकरमा परिणत गर्ने निर्णय लिएपछि समाप्त भयो । खेत पाखो जमिनमा भिन्न-भिन्न किसिमका तिरो भारो गर्नु पर्ने परिपाटीले किपट प्रथाको भन्दा रैकर प्रचलनलाई सुबिधाजनक भएर हो वा के कारणले हो माझ किरातका र्राईहरुले खासै किपटप्रति चासो नदेखाएकोले अन्ततःसन् १९४०/४१ को अवधिमा बिभिन्न किसिमको तिरो भारको अन्त गरी सम्पूर्ण जमिन रैकरमा परिणत गर्ने काम भयो श्री रेग्मीको भनाई छ ।आन आर्मयेच्ट फोरवेस हार्वड विश्वबिद्यलयका बिद्यावारिधिका सोध कर्ताका रुपमा नेपाल आएका थिए। उनले सबै भन्दा पछिल्लो पटकका बारेमा बिदेसी सोधकर्ताकारुपमा संखुवासभा जिल्लाको हेदाङना क्षेत्रमा काम गरेको देखिन्छ कैलाश त्रैमासिक/चौमासिक जर्नलमा उनको लेख छापिएको छ । उनले पल्लो किरातको हेदाङना क्षेत्रको पाथीभरा गा.बि.स.मा बसेर सोध अध्ययन गरेका रहेछन् । उनी भन्दछन सन् १९९३/९४ सम्म हेदाङना वरिपरि किपट भूमि प्रथाको प्रचलन कायम थियो । हेदाङनामा याम्फुर्राई "सावा"थरीको मात्र भूमि माथि किपट अधिकार कायम थियो ,माझकिरातबाट हेदाङना नजीकको गाउँ माङसिमामा बर्साई सरी आउने वालीङ र्राईहरुको किपट थिएन उनीहरु बसोवास गरेको जमिन रैकर थियो । अर्थात हेदाङनामा बसोबास परम्परादेखि भूमि भोग चलन गर्ने याम्फुराइहरु थिए । त्यसकारण भूमिमाथिको किपट अधिकार केवल उनीहरुको मात्र थियो । किपट अर्न्तगतका बासिन्दाहरुले जग्गा कर नतिरेर घर धुरिकर तिर्ने गरेको कारण किपटिया वा रैति सन् १८९३ को जाँच पासमा केवल घर धुरी संख्या मात्र दर्ता हुन्थ्यो ।फोरबेस भन्दछन सन् १९९३/९४ को किता नाप जाँच नापी आउन अघि संखुवासभा जिल्लाको हेदाङना वरिपरि किपट अधिकार पल्लो किरातमा कायम नै थियो । जातिको ब्यक्तिको मातहातको जग्गा जे जति भए पनि घर धुरी दर्ता गरी तिरो असुल उपर गर्ने काम लगभग सय वर्षपश्चात केल ब्यक्ति बिशेषका नाममा जग्गाको क्षेत्रफल अनुरुप,जग्गाको किसिम अनुरुप मालपोत असुल उपर राज्यले गर्ने कार्य प्रारम्भ भयो । र्सवप्रथम सन् १९३८ तिर पल्लो किरातमा किपट भूमि रैकरमा परिणत गर्न नाप जाँच गर्ने आदेश सरकारले गर्यो । नापजाँच गर्न खटि गएकाहरु हेदाङना पुग्न अगावै किपटीयाहरुले किपट भूमि नाप्न नदिने निर्णयमा पुगे । श्री फोरबस हेदाङनाका धनसेर र्राईको हकवाला दिदै लेख्दछन् जब नापजाँच गर्न दिव्य बिक्रम शाह आफ्ना सहयोगीहरु समेत हेदाङना आइपुगे उनीहरुले धमाधम किता नाप जाँच शुरु गरे । धनसेर त्यहाँका सबै भन्दा शक्तिशाली किपटीया शुवाङ्गी थिए । उनले बालुङका अर्का सुवाङ्गीलाई किपटीयाहरुले आ-आफ्ना किपट नाप्न नदिन आग्रह गर्दै बालुङका सुवाङ्गीकहाँ पुग्न अगावै दिव्य बिक्रमले आफ्नो हात पारे र धनसेरलाई पकडेर नुमतिर लगे । किता नाप जाँचकै समयमा दिव्य बिक्रमले घुस खाइ किता नाप जाँचमा जग्गा धेरै हुनेलाई थोरै र थोरै हुनेलाई धेरै जग्गा देखाएको आरोपमा उजुरी परेपछि दिव्य बिक्रमलाई धनकुटामा झकिाइयो र उनले त्यही नै राती आत्मा हत्या गरे । त्यो घटना पश्चात धनसेरलाई मुक्त गरियो । पल्लो किरातको तेहृथुम र छत्तथर थुममा नाप जाँचको बिरुद्घमा जुन आवाज उठ्यो जसको कारण नाप जाच सिध्याएर पनि त्यसको नतिजा भने प्रकाशमा ल्याइएन श्री फोरवेस अझ भन्दछन्,सम्भवत नाप जाँचका ससक्त बिरोधका कारण सरकारी अधिकारीले भ्रष्टचार गरेको बहाना बनाएर उनीहरुलाई कार्यवाही गर्न माथिल्लो दर्जाको अधिकारी त्याहाँ पठाउने जस्ता कार्यहरु लाज पचाउन गरिएको कार्य हुनु पर्छ । यद्यपि पल्लो किरातको छत्तथरथुममा भने पुन:नाप जाँच गरियो तर तेहृथुममा भने नाप जाँच त्यागेको उल्लेख गरेका छन्।

No comments:
Post a Comment