हामी किराँत एक हौ
दिपेन योङहाङ
अहिले नेपालमा सबैभन्दा महत्वपूर्ण र धेरै राजनीति मिडियाहरुले गरिरहेका छन् । संविधान लेखनको सबैभन्दा जटिल पाटो संघियता हो र त्यसको सवालमा मिडियाघरबाटै सामथ्र्यलाई मात्र लिनु पहिचानलाई प्राथमिकतामा नराख्नु भन्ने निर्देशन पाँएपछि पत्रकारहरुले निर्देशन बमोजिम नै जनता, नेताहरुको आवाजलाई लुकाउन थालेका छन् ।
हामीले लेखेकै कुरा सर्बमान्य हो । हाम्रो मिडियामा आएको लेख र समाचारले निर्णायक भूमिका खेल्दछ भन्ने भ्रम उनीहरुमा पाइन्छ तर पीडा र अभावले चेतना पाएका जनताहरुलाई त्यसले कुनै असर पुर्याएको देखिन्दैन । त्यस्तैगरि प्रत्येक ब्यक्तिको हातहातमा कम्पियुटर र मोबाइल सेट हुनुले त्यतिनै अनलाइन मिडियाहरु प्रभावकारी बन्दै गएको कुरा पनि ठूला मिडिया हाउसहरुलाई हेक्का नै छैन ।
नेपालका ठूठूला मिडिया हाउसहरुको धर्म मधेशी, जनजाति, दलितहरुलाई बद्नाम गराउनु हो । जसले सहि राष्ट्रियताको लागि सहिकुरा बोल्यो उसको कुरालाई टुप्पा र फेद काटेर गलत अर्थ लाग्ने टुक्रा मात्र संचार माध्ययममा ल्याइदियो र अन्तत मधेशी मुलका नेताहरुलाई नकरात्मक तवरले प्रस्तुत गरियो, केही मन्त्रिलाई पदमुक्त गर्न बाँध्य पारियो । यो नेपाली मिडियाको इतिहासमै सर्वाधिक गलत कार्य हो । मिडयाहरुको यिनै भूमिकाबाट मधेसी, आदविासी, जनजातिजन्य राजनैतिक पार्टी, संगठन, नेताहरुले पाठ सिकेर मिडिया क्षेत्रमा अघि बढ्नुपर्ने तड्कारो आवश्यक देखिन्छ । अधिकार र अवसरविहीन आदीवासीहरु अहिले समान अधिकारको लागि कैयौ ठूठूला कार्यक्रमहरु गरिरहेका छन् तर मिडियाहरुले उनीहरुको जायज आवाजलाई लेख्दैलेख्दैन्न ।
नेपाल सरकार मातहतको राष्ट्रिय समाचार समिति (रासस) ले पनि जनजाति आवाज लेख्दै लेख्दैन तर राजावादी नेता र संघियता विरोधि नेताले चिया पिएको कुरा पनि खबर बनाएर प्रत्येक दिन लेख्ने गर्दछ । यी कुराहरुको धेरैले अभिलेख राखेपनि सम्बन्धित सरकार पक्षले चाहि वास्त गरेको पाइन्दैन । नेपालमा सबैलाई समान अधिकार हुनुपर्छ भन्ने मधेसी, आदीवासी नेताहरुलाई राष्ट्रिय समाचार समितिको भित्रि बनावट र प्रभावको बारेमा ज्ञानै छैन यसर्थ पनि रासस संरचना, राससको परिवार समावेशी विल्कुलै हुन नसकेको हो ।
नेपालका शक्तिशालि मिडिया हाउस कान्तिपुर, नागरिक, अन्नपूर्ण भनिएपनि सयौको सख्यामा रहेको एफएम रेडियो, हजारौको संख्यामा रहेको अनलाइन समाचार वेवसाइट, सयौको संख्यामा रहेको दैनिक, साप्ताहिक पत्रिकाहरुको मुख्य स्रोत राष्ट्रिय समाचार समितिको वितरित समाचार नै हो । ठूला मिडिया हाउसहरुले जतिसुकै फूर्ति लडाएपनि राससले प्रत्येक घण्टा वितरण गर्ने समाचार विना उनीहरुको पत्रिका प्रकाशन हुन गाह्रो पर्दछ । केही तर्क सुनिन्छ ठूठूला मिडिया हाउस नै शक्तिशालि हुन तर त्यो गलत हो । एउटै पत्रिका, टिभि, रेडियोमा एकैपटक, एकदुई ठाँउबाट छापिनु र हजारौ मिडियाहरुमा प्रत्येक घण्टा विश्वको कुनाकुनाबाट प्रसारण हुनु निश्चयनै फरक पर्दछ । त्यसैले हुनुपर्छ राजावादी नेताले अन्य पार्टीहरुले जस्तो आआफ्नो पार्टीको मिडिया हाउस खोल्नुको सट्टा राष्ट्रिय समाचार समितिकै कर्मचारीलाई विश्वासमा लिएका छन् ।
अहिलेको सबैभन्दा जटिलता भनेको संघियता हो । हिजो झै नेपाल एकजातिको हालमिुहाली हुने वा सबै जातिको साझा बनाउने भन्ने नै संघियताको मुख्य मुद्धा हो । अहिले नेपालमा संघियता हुनुहुदैन भन्ने कुनै निकाय छ भने त्यो रासस र ठूला मिडिया हाउसहरु देखिन्छन् । सघियताको विरोधमा दुइजना बसेर सल्लाह गरेपनि राससको लागि समाचार बन्दछ तर मधेसी, आदीवासी जनजातिहरुको हजारौको जुलुस आमसभाको कुनै समाचार दिइन्दैन । समाजमा अराजकता आउने समाचार दिनहुदैन आदी भनेर पत्रकार आचारसंहितामा उल्लेख भएपनि मधेसी, आदविासी, जनजातिहरुको कार्यक्रम समाजमा अराजकता ल्याउने होइन र कुनै जाति समुदायको विरुद्धमा पनि छैन यद्यपी समाचार दिइन्दैन यो खोजि र चासोको विषय हुनुपर्दछ ।
नयाँ प्रविधिहरुको तीब्र विकासको कारण धेरै मुलुकहरुमा प्रिन्ट मिडियाहरु बन्दहुनेक्रम बढेको छ । सेकेण्डसेकेण्डमा समाचार म्यासेज, अनलाइन पोर्टल मार्फत प्राप्त हुने गर्दछ यद्यपी हाम्रो देशमा केही बर्ष प्रिन्ट मिडिया रहने देखिन्छ । देशको अवस्था अस्तब्यस्त भएको खण्डमा मिडियाहरु राम्ररी चल्ने भएकोले पनि हुनुपर्छ । मिडियाहरुले दोहोरो भूमिका खेल्दै देशको अवस्था उथलपुथल राख्न उद्त देखिन्छन् । प्रायः नेपाली मिडियाहरु कुनैपनि घट्नालाई सकारात्मक भन्दा नकरात्मक ढ्ङ्गबाट बढि प्रस्तुत गर्नेगर्दछ यो सिंगो देशको लागि घातक हो भने नेपालका लगभग शतप्रतिशत मिडियाहरु मिसिनरी पत्रकारिता गरेको देखिन्छ यो झनै अर्को बिडम्बना हो । भोलि देशको स्थिती समुन्नत र शान्त भएको खण्डमा यी ठूला मिडिया हाउसहरु अहिले जस्तो निश्चय नै चल्ने छैनन् त्यसैले पनि बिग्रन्दो स्थिती उनीहरुलाई चाहिएको भान हुन्छ ।
पत्रपत्रिका छाप्नु मात्र ठूलो कुरा होइन वितरण मुख्यकुरा हो । एफएम रेडियो तथा टेलिभिजन संचालन गर्नुमात्र ठूलोकुरा होइन प्रसारण हुने इलाका र स्रोता, दर्शक महत्वपूर्ण कुरा हो । मधेशी, आदीवासी, जनजातिहरुले पनि मिडियाहरु संचालन गरेका छन् यद्यपी प्रभावकारी बन्न ठूलो सघर्ष गरिरहनु परेको छ । संरकारी कार्यालय र निकाय सम्म सम्पर्क र पहूच अभावको कारण पर्याप्त विज्ञापनहरु प्राप्त नहुन आदीले झनै समस्या थपिएको देखिन्छ ।
समुन्नत नेपाल निर्माणको लागि पत्रकारिताको महत्वपूर्ण भूमिका रहने भएकोले मिडिया क्षेत्रको मेरुदण्ड राष्ट्रिय समाचार समिति अनिवार्य र तुरुन्त समावेशी र लोकतान्त्रिक बनाउनु पर्दछ । सरकारी संचार माध्ययम गोरखापत्र, नेपाल टेलिभिजन लगायतलाई स्तरिय र समावेशि बनाउनु पर्दछ । अन्य मिडिया हाउसहरु पनि समावेशि हुन आवश्यक देखिन्छ त्यसैले यसतर्फ सम्बन्धित निकायको ध्यान जावस । निष्पक्ष र समृद्ध नेपाल बनाउन सबैको समान सहभागिता र सद्भाव रहन सकोस ।

==================================================
No comments:
Post a Comment