दिपेन योङहाङ

स्व.क्या.खड्गेन्द्रसिंह आङ्बुहाङको जन्म पिता धर्मसिंह आङबुहाङ र माता मनज्योतिको कोखमा बि.स १९८१ सालमा जिल्ला ताप्लेजुङ हाङपाङ गा.बि.स चुंवा भन्ने गाउँमा भई बि.स २०५१ सालमा स्वर्गारोहण भएको थियो । उनि १९ बर्षो लक्का जवानीमा ब्रिटिस सेनामा भर्ती भएका थिए । नोकरीकै दौडानमा ब्रुनाइ,वेलायत,मलाया,सिंगापुर,हङकङर्,जर्मनी र इन्डोनेसिया जस्ता राष्ट्रहरुको भ्रमण र २५ बर्षब्रिटिस सेनाको नोकरीमा क्या.पद जस्तो सम्मानिय अधिकृत पेन्सन लिएर बि.स २०२५ सालमा आफ्नै गाउँ हाङपाङ फर्केका थिए । स्व.क्या.खडगेन्द्रसिंह आङ्बुहाङ सेनामा बहालवला हुँदा हुँदै बि.स २०२२ सालमा किराँत मुन्धुम् खाउन भन्ने पुस्तक प्रकाशित गरेका थिए । सेवा निबृत भएर गाउँ फर्के पछि उनको पुस्तक एक पछि अर्को प्रकाशित हुने क्रमले तिब्रगति लिएको देखिन्छ ।
सेवा निबृत पछि प्रकाशित कृतिहरु -(१) किरात चुकमुक बि.स २०२६
(२) बैंक कारोबार बि.स २०३४
(३) लिम्बूको थर बि.स २०३५
(४) गाउँजी थर बि.स २०३६
(५) मुजोक्ःलुङ मिं बि.स २०३७
(६) आङबुहाङ बंशावली बि.स २०३८
(७) कुजुः खःमासेवा बि.स २०४५
(८) किराँतको चिनारी बि.स २०४६
(९) साम्यो सोसुम -साम्बा) बि.स २०४७
(लिम्बू कबिता संङग्रह-लेखक-संकलक)
(१०) किरात धरातल बि.स २०४७
(११) किरात लिपी बि.स २०४८
(१२) युन्छो तान्छो सेवा बि.स २०५०
(१३) किराँत इतिहास बि.स २०५०
यि भन्दा अरु पुस्तकहरु पनि प्रकाशित भएका थिए कि ? खोजिकै बिषय भएको छ । यि पुस्तकहरुको साथै बिभिन्न पर्चा पोष्टरहरु पनि प्रकाशित गरेका थिए ।
पर्चा पोष्टरहरु -
(क) हिजका किराँत आजका जनजाति ।
(ख) महागुरु फाल्गुनन्दको फोटो पोष्टर ।
(ग) महागुरु फाल्गुनन्दको महानवाणी ।
(घ) मादक पदार्थ सेवन ।
(ङ) प्रेम शान्ती एकता ।
एकातिर लगातार पुस्तक लेखन कार्य र प्रकाशन गर्ने दौडमा थिए भने १३ थुम जिल्लाको वेल्फेयर
स्व.क्या.खडगेन्द्रसिंह आङबुहाङ स्पष्ट बक्ता र खरो मिजासका ब्याक्ति भए पनि सबैको इज्यत गर्दै सम्मान भावले अरुको ध्यान आफुतिर आकर्षित गर्दथे । इतिहास,भाषा,साहित्य,लिपी,धर्म र संस्कृति बिना आफ्नो अस्तित्वको पहिचान गर्न सकिन्दैन भन्ने कुरा बुझेर नैं इतिहास मुन्धुम् र साहित्यबारे आफ्नो कलम दौडाएका थिए । उहाँका साहित्य सिर्जनाहरुबाट थाहा हुन्छ । मुन्धुम् र इतिहासबारे उहाँको गहिरो रुची र ज्ञान थियो । मृत्यु हुनु ठिक एक बर्षअघि ६९ बर्षो उमेरमा युन्छो तान्छो सेवा र किरात इतिहास प्रकाशित गरेका थिए । उनी मुन्धुम् र इतिहासका ज्ञाता मात्र थिएनन्, पालाम,साम्लो र लिम्बू भाषाका गद्य कबिताहरुमा पनि उत्तिकै दखल राख्थे । साम्यो सोसुम लिम्बू कबिता संग्रहमा उनका तिन वटा कबिताहरु संकलित भएका छन् । कबिता संङग्रहको अन्त्यमा राखिएको सुमा सुमा याम्बक -ढिलो ढिलो हुने काम) शिर्षक राखि लिम्बूवानमा भएका लिम्बूहरुको थरबाट रमाइलो र घत लाग्दो कबिता सिर्जना गरेका छन् । यो कबितामा उनको साहित्यिक नाम "थिन्दोलुङ" लेखिएको छ । त्यो जमानामा २५ बर्षसेनाको जागीरे र सेवा निबृत भई एकै चोटी राजनिति,साहित्य,मुन्धुम्को खोज,इतिहासबारे अन्वेषण,समाज सेवा र भू.पु सैनिक संगठनलाई हाँक्नु भनेको क्या.खडगेन्द्रसिंह आङबुहाङसंग हिमाल जस्तै अटल बिश्वास, आँट,जोस,जाँगर र खुबी थियो । सेवा निबृत भएको झण्डै २६ बर्षा १४ वटा बिभिन्न बिषयका कृतिहरु प्रकाशित गर्नु,राजनितिको डोरो समाउनु र समाज सेवामा तन्लीन रहनु उहाँभित्र गतिल्लै साहसको पहाड बाँचेको थियो । तर उहाँ बारे जानकारीहरु पाउँन नसक्नु साथै उहाँको साहित्यिक योगदान बारे चर्चाको बिषय नहुनु दुःखको कुरा हो । उहाँले खोज्नु भएको मुन्धुम् र बिशेष इतिहासबारे सम्पूर्ण जन समक्ष जानकारी गराउन सकियो भने सम्पूर्ण लिम्बू र लिम्बूवानको लागि धेरै अरु तत्थ्यहरुको ढोका खोलिने छ । उहाँले प्रकाशन गर्नु भएका मुन्धुम् र इतिहासका पुस्तकहरु बारे कहि कतै चर्चा नभएर साहित्य राजनिति र समाज सेवामा पुर्याउँनु भएको योगदान ओझलमा परेको छ । एउटा दुर्गम गाउँमा बसेर लिम्बू साहित्यको बिरुवामा मलजल लाउँदै इतिहासको खोजी र मुन्धुम् बारे अनुसंन्धान आफ्नै बलबुत्ता र केहि लिम्बूवानका सहयोगीहरुबाट पूरा गरेका थिए ।
भनिन्छ उनले दुइवटा काठको बाकसभरी पूराना मुन्धुम्का कागजहरु संकलन गरेका थिए । उनको मृत्यु पछि ति मुन्धुम् संम्बन्धी कागज पत्रहरु कहाँ र कसको हातमा रहेको छ अनुसंन्धानकै बिषय भएको छ । सिक्किम सरकारले पाठ्य पुस्तकको रुपमा प्रकाशित गरेको "सोधुङगेम्बाहा,रे सिवादिङ खाहुनहा," पुस्तकको भूमिकामा खेखिए अनुसार उक्त पुस्तकका सामाग्रीहरु स्व.खडगेन्द्रसिं आङबुहाङले नेपालबाट जम्मा गरि सिक्कम पठाइ दिएका थिए । उक्त पुस्तक लिम्बू लिपी र भाषामा प्रकाशित गरिएको छ । यो पाठ्य पुस्तक भित्र येहाङले निंसुम, शिर्षक अन्तर्गत येहाङ मुइगुम अङसीरे खाहुन यसरी लेखिएको छ ।
आल्ल अक्खेगेन ता,जेङ
साम्जिकेन मुन्धुम
तागेरा निङवा,फु माङ (ङीन)
साप्मागेन माङलुङ पान्छिङङाङ्
सिवा खसेन युक्तुसिबा पान
सिगत (सिदत)-हिङगत साम्यो-लायो
च्या चोक्नाबा पान केबोङबा
सेन्दुक्गेन तुम्मा लोक्खोभाङ
मेत्तुबा (मेत्ताङबा) पाननिन्
मुइगुम अङसिरे सावागेन मुइङ थासुङलो ।।
यस्तै अन्य शिर्षकहरुमा सोधुङगेन लेप्मुहाङ निसुम,कान्देनहाङले कुनिसुम,माबोहाङले कुनिसुम,सिरीजङगाहाङले कुनिसुम,योङजङगारे निसुम,सिरीजङगा त्याङसीरे निसुम र चेमजोङहाङले खाहुनहा लकथीक सङ्कन गरिएका छन् । सम्भवतः नेपालमा प्रजातन्त्र आउँन अघि प्रकाशनको अप्टयारोलाई नजर गरि सिक्कमतिर प्रकाशन गरिएको हुनु पर्छ ।
यसरी अल्लारे उमेरमा पल्टन लागि २५ बर्षपल्टनमा बिताएर पनि मुन्धुम् र इतिहास जस्तो गहन बिषयमा हात हालेर क्या.खड्गेन्द्रसिंह आङबुहाङले जे योगदान दिएर जानु भएको छ त्यो योगदान लिम्बूवान,लिम्बू समाज मात्र नभएर देशकै लागि महान कार्य भएको छ । मुन्धुम्ले ब्याक्ति,समाज र क्षेत्रको लागि मात्र आफ्नो बाटो तय गर्दैन सम्पूर्ण संसार र मानव जातिकै कल्याण र प्रगतिको ढोका खोल्न ज्ञानको ज्योति बाल्छ । त्यस्तो बिषयमा अनेक तरहले ज्ञानको भण्डार भर्ने कार्य गर्नु भनेको महान कार्य हो । एउटा बन्दुक चलाउँने हातबाट पनि समाज र देशकै लागि यस्तो योगदान गर्न सकिन्छ भन्ने पाठ पढाएर जाने स्व.क्या.खड्गेन्द्रसिंह आङबुहाङको प्रकाशित कृतिहरु बारे अझ गहिरो खोजी एबं अनुसंन्धान गरी पाठकहरु समक्ष ल्याउनु पर्ने भएको छ ।
No comments:
Post a Comment