पक्राउका तीन कथा
काठमाडौ, जेष्ठ १९ -
मिाया गरेर भन्ने हो भने तिनी साँच्चिकै फुच्ची थिइन् । तर अनिद्राले बिथोलेको जस्तो अनुहार र सुकेको ज्यान बोकेर महानगरीय प्रहरी वृत्त ठिमीभित्र हामीछेउ टुसुक्क बसिरहँदा उनको अनुहार मलीन थियो र आँखाका डिलहरूमा आँसुको डोब प्रस्टै देखिन्थ्यो । झन्डै आधा घन्टाको कुराकानीमा उनले एकपटक पनि टाउको ठाडो पारिनन् । सायद, आफ्नै जिन्दगीभन्दा गह्रौं प्रश्नहरूको उत्तर दिनुपर्ला भनेर उनले सोचेकी पनि थिइनन् । उमेरले १९ वर्ष भए पनि उनी तीन वषर्ीय छोराकी आमा हुन् । त्यसैले पनि उनका कुराहरू प्रौढ आमाका जस्ता थिए, जसमा खुसी कम र दुःख धेरै मिसिएका छन् ।सिोचेजस्तै भइदिएको भए, उनी यतिखेर धरान जाने बसको भmयालतिरको सिटमा बसेर यात्रा गरिरहेकी हुने थिइन् । वैंश ननिखि्रएको तर चमक खुइलिएको अनुहार बोकेर प्रहरी वृत्तभित्र बस्नुपर्दा उनको सास खुम्चिएको छ । अबका २५ दिनपछि वैदेशिक रोजगारीमा कतार पुग्नुपर्ने मान्छे कहाँबाट जेलको बास हुन पुग्यो भन्ने चिन्ताले उनको दिमाग चक्कराइरहेको छ । हामीसँगको कुराकानीमा उनले आफ्ना बारेमा धेरै कुरा लुकाउन खोजेर पनि सत्य बताइरहेकी थिइन् । ७ वषर्ीय छोरीकी २७ वषर्ीय आमाका कुराहरू टीठलाग्दा थिए ।ििदनहरू असामान्य नभइदिएको भए एसएलसी सकेर काठमाडौं छिरेकी एउटी १७ वर्षकी केटी प्रहरीको कस्टडीमा पुग्ने थिइन् । डुब्न लागेको घामजस्तो अनुहार लिएर हामीले सोधेका प्रश्नहरूको उत्तर दिइरहँदा उनका कानका लोतीहरू लाजले भन्दा डरले धेरै रातो भइरहेका थिए । बिदाका दिनहरू मनाउन काठमाडौं छिरेकी छोरी जेलमा पुगेको खबर परिवारले थाहा पाए के होला भन्ने डरले उनको ओठ तालु सुकिरहेका थिए । त्यसैले हरेक प्रश्नको जवाफ दिनुअघि उनले एक घुट्की पानी पिइरहेकी थिइन् ।नाम नखुलाउने सर्तका माथिका तीन फरक-फरक पात्रहरूसँग प्रहरी वृत्त ठिमीमा हामीले आपmनो पनि परिचय लुकाएर गरेका संवाद अनौठा थिए । आँखाका डिलभरि आँसु बनाएर उनीहरूका कुरा कुनै भावुक कहानीजस्ता थिए । तर यी केटीहरू फिल्मका पात्र थिएनन् । पेसेवर यौनकर्मीको बाटोमा भर्खरै हिँड्न सुरु गरेका उनीहरू सबैको कथा उस्तै छ, पीडाहरूले भरिएको ।ठिमी प्रहरी वृत्तले अरनिको राजमार्ग दायाँबायाँका होटलहरूबाट उनीहरूलाई पक्राउ गरेको थियो । पक्राउ परेका ११ को कम उमेर १६ र बढी ३० थियो । वृत्तका प्रहरी नायब उपरीक्षक राजन अधिकारी भन्छन्, 'सबैका बाध्यता फरक छन्, तर कथा उस्तै छन् ।' हामीले कुराकानी गरेमध्येका तीन पात्रको कथा असामान्य प्रकृतिको थियो । तिनै तीन पात्रका कथा उनीहरूकै शब्दमा ः
पहिलो कथा
बुबाले प्रायः रक्सी पिएर हंगामा मच्चाउँथे । सानो पसलबाट आमाले घरखर्च चलाएकी थिइन् । म जेनतेन स्कुल पढ्दै थिएँ । स्कुल पढ्दै खेरी खाइलाग्दो ज्यानको एउटा केटो देखेर मेरो मन लोभिएको थियो । म थाहै नपाई प्रेममा परें । प्रेमको पारो चढ्दै गयो, स्कुलको कक्षाभन्दा प्रेमको कक्षा धेरै पढियो । दुई वर्ष भएपछि उसले बिहे गर्ने भन्यो । प्रेमी गुमाउनुभन्दा पढाइ गुमाउनु ठीक लाग्यो र बिहे गरं् । उसले पनि १२ कक्षा मात्रै पढेको थियो ।बिहे गरेपछि हाम्रो बीचमा प्रेम रहेन । ऊ स्वार्थी निस्कियो । आत्मीय सम्बन्ध रहेन । बाहिर बरालिएर हिँड्न र अरू केटीहरूसँग सम्बन्ध राख्दैमा उसलाई फुर्सद भएन । मसँग गरेका वाचा र कसम बिर्सियो । गर्भवती भएका बेलासमेत उसले मलाई हेरेन । प्रेम गर्ने कुरा त परै जाओस् ।पछि ऊ विदेश गयो । तर, मलाई एकपटक पनि सम्भिmएन । छोरो स्याहारेर बसेकी छु । माइतीसँग कसरी सहयोग मागौं, घरले मलाई हेर्दै हेर्दैन । जुन प्रेमी भनेर सबै कुरा त्यागे, उसले वास्ता गर्दैन ।पैसा नभए कसरी जीवन चल्छ काठमाडौंमा । बल्लतल्ल ठमेलको एउटा पसलमा काम पाइएको थियो । मसँगै नुवाकोट, सोलखुम्बुका दिदीहरू काम गर्थे । मासिक तीन हजार तलबमा बिहान ८ बजेदेखि बेलुकी ९ बजेसम्म काम गर्नु सजिलो थिएन । न बिरामी भएका बेला बिदा, न कामअनुसारको दाम । एकदिन भनेजस्तो काम नगरेको भनेर हामी तीनैजनालाई निकालिदियो । काम छोडेको एक हप्ता त त्यसै बसियो । तर काम नगरी त खान पुग्दैन । फेरि छोराको भविष्य बर्बाद पार्नु पनि भएन । मैले केही पैसा कमाएँ भने उसको त भविष्य बन्छ । आमाको मन त अर्कै हुँदो रहेछ ।अनि रेस्टुरेन्टमा काम गर्न थालें । शरीर बेच्नु अपराध हो भन्ने मलाई थाहा नभएको होइन । तर थाहा भएर के गर्नु, अरू उपाय थिएन । सजिलोसँग पैसा आउने भएपछि तयार भएँ । आखिर श्रीमान्सँगको सम्बन्धमा पनि माया थिएन । यसमा के फरक पर्छजस्तो भयो । मान्छेको नजरमा चरित्रहीन हुँला तर मेरो छोरालाई राम्रो पढाउन सके भने त उसका निम्ति म महान् नै बन्छु नि ।दिनमै तीन-चारजना बेहोर्नुपर्छ मैले । उमेरले पाका पुरुषहरू सन्तुष्टि पाउनका निम्ति अनेक गर्छन् । उनीहरूका यौन आसनहरू पनि अनेक हुन्छन् । उनीहरू काम सम्पन्न गर्छन् र मेरो अनुहारमा पनि नहेरी ढोकाबाट बाहिरिन्छन् । कहिलेकाहीँ सोच्छु, यिनीहरूका श्रीमतीहरूले आफ्नो श्रीमान्को चाला थाहा पाए भने के भन्दा हुन् ?
काम सुरु गरेको १५ दिनमै पुलिसले समात्यो । के भयो भयो ? सोच्नै सकिरहेको छैन मैले । मलाई प्रहरीले समाएको थाहा पाए भने मेरो परिवारले के सोच्ने हुन् ? के भन्ने हुन् ? र कस्तो व्यवहार गर्ने हुन् भन्ने कुराले नै मेरो दिमाग चक्कराइरहेको छ ।
दोस्रो कथा
मेरो भाग्य खोटो रहेछ क्यारे । गरिब परिवारमा जन्मिएपछि दुःख त पाइन्छ नै तर मैले दुःखभन्दा धेरै सास्ती पाएँ । २१ वर्षको उमेरमा प्रेमको चक्करमा परंे । खाइलाग्दो केटो भनेर बिहे पनि गरें । तर गरिबीले त उसलाई पनि सताएको रहेछ । प्रेम गर्ने दिनहरूमा त गरिब र धनी भन्ने पनि थाहै हुँदोरहेनछ ।बिहे गरेको दुई वर्षपछि श्रीमान् कतार गए । घरमा बसेर मात्रै के गर्नु ? काम छैन, खानको धौ-धौ छ । त्यसैले म विदेश जाने प्रक्रिया चाल्न काठमाडौं आएकी थिएँ । चार महिना भयो काठमाडौं आएको । म्यानपावर एजेन्सी धाउँदाधाउँदै सबै पैसा रित्तियो । बल्लबल्ल कतार जाने भिसा आउलाजस्त्ाो भएको छ । पैसा रित्तिएका बेला चिनेकै एक साथीलेमलाई यसमा लगाइन् । सुरुमा अप्ठ्यारो लाग्यो । महिना दिनमा बानी पर्योए । एकजना बाटै पाँच सय आउने भएपछि मेरो पैसाको समस्या पनि टर्योर । एक दिनमा दुई तीनजना ग्राहक आउँथे ।पैसा तिरेपछि यो मान्छे नै मेरो हो भने जसरी मान्छेहरू मनपरी गर्न खोज्दारैछन् । कतिजनाले फिल्ममा देखाएजस्तो गर्न खोज्दारैछन् । मैले केही दिनका लागि मात्रै यो काम गरेकी हँु । पेसा नै बनाउने विचार होइन । तर, अहिले फन्दामा परें । योबारे श्रीमान् र परिवारले थाहा पाए भने बर्बाद हुन्छ । कहिले यहाँबाट मुक्ति पाइएला र घर जाउँला भएको छ ।
तेस्रो कथा
म एक्ली छोरी । आमा बितेपछि बाबुले कान्छी आमा ल्याए । दुःख पाएर हुर्किएँ । पछि त बुबा देखेर पनि डर लाग्नै छोड्ने भइसकेको थियो । एसएलसीको जाँच दिएपछि घर छोड्न मन लाग्यो । एक महिना मात्रै भयो म कामठाडौं आएको ।आएको एक हप्ता घुमेरै बिताएँ । घुम्दाघुम्दै नजिकका केही साथी बने । उनीहरूकै संगतले यतातिर आइयो । खासमा मैले स्कुल पढ्दा धेरथोर यौनसम्बन्धका कुरा सुनेको हुँ । तर सेक्स के हो भन्ने मलाई थाहा थिएन ।पैसा पनि आउने र रमाइलो पनि हुने भनेर यता लागें । मेरो पहिलो सम्बन्ध मभन्दा दोब्बर उमेरको मान्छेसँग भयो । त्यो बेला साह्रै अप्ठ्यारो लाग्यो । अचेल त्यस्तो लाग्दैन । कहिलेकाहीँ आफूले नै चिनेजानेका वा गाउँका मान्छे नै ग्राहक बनेर आए भने के होला भन्ने डर सधैं हुन्थ्यो ।बीस दिनमा मैले दैनिक दुई/तीनजनासँग सम्बन्ध राखें होला । एकजनाले त्यही पाँच सय जति दिने । धेरैजसो बिहे गरेका आउँदा रैछन् । कोही त आपmनै श्रीमतीको सत्तो सराप गर्छन् । कतिले तिमीजस्तै मेरी श्रीमती भए पो मज्जा आउँछ भन्छन् । तर, मैले ग्राहकहरूले हामीसँग गर्ने कुरा झूटा हुन्छन् भन्ने थाहा पाइसकेको छु । तर, पनि उनीहरूका अगाडि थाहा नपाएजस्तो गरिदिनुपर्छ ।मसँग सम्बन्ध राखेका मान्छे कहिलेकाहीं बाटोमा झुलुक्क भेटिन्छन् । तर तिनीहरू नचिनेजस्तो गर्छन्, टाउको बटारेर हिँड्छन् वा टाउको भुइँमा नै जोत्न खोजेजस्तो गर्छन् ।मलाई पनि बिहे गर्ने मन छ । तर बिहेपछि मेरो श्रीमान्ले मेरो विगतको बारेमा थाहा पाउला कि भन्ने डर छ । बिहे गरेर राम्रो श्रीमान् पर्योत भने म यस्तो काम गर्दै गर्दिनँ ।
किन यस्तो पेसामा लाग्छन् ?
प्रहरी नायब उपरीक्षक राजन अधिकारी
सहरीकरण र आधुनिकीकरणले तन्नेरी पुस्तामा आकांक्षाहरू जन्माइदिएको छ । तर तिनलाई सम्बोधन गर्ने आर्थिक स्रोत भने छैन । हातमा सीप पनि नभएका तर सजिलै पैसा कमाउन चाहने युवतीहरू लहैलहैमै यस्तो पेसामा लाग्छन् र आफूलाई पेसेवर यौनकर्मीमा रूपान्तरण गर्छन् । सुरुमा होटल र रेस्टुरेन्टहरूमा वेटर, रिसेप्सनिस्टको काममा छिर्छन् र यौनकर्मीमा रूपान्तरण हुन्छन् । नेपाली समाजमा यौन सामाजिक सम्मानसँग जोडिएको विषय हो । तर समाजलाई छक्काएर आफ्नो आर्थिक स्वार्थ पूर्ति गर्ने उद्देश्यले सहरका तन्नेरीहरू यौन धन्दामा आकषिर्त भएका देखिन्छन् । उनीहरू आफ्ना ग्राहकबाट हुने पीडालाई सहन तयार हुन्छन् तर आफ्नो महत्त्वाकांक्षालाई छोडन तयार हुँदैनन् । यस्तै महत्त्वाकांक्षा र आकंाक्षालाई बिचौलियाहरूले आम्दानीको आधार बनाउँछन् ।

No comments:
Post a Comment