दिपेन योङहाङ
यही श्रावण २९ गते मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका CCO सचिव फक्ताङ्लुङको अगुवाईमा संखुवासभा जिल्लाको खाँदबारीमा पत्रकार सम्मेलनको आयोजना गरी इन्द्र लिङथेपको संयोजकत्वमा एघार सदस्यीय स.लि.रा. परिषद संखुवासभा जिल्ला कार्य समिति गठन भएको घोषणा गरियो । यस घाषणासँगै लिम्बुवानको नौ वटै जिल्लाहरूमा यस परिषदको सांगठानिक जालो पुगेको छ । यति छोटो समयमा लिम्बुवानका जनताहरूको मनहरू जित्दै जानु र लिम्बुवान आन्दोलनलाई यो उचाईसम्म ल्याई पुर्याउन सक्नु यो परिषदको ठूलो सफलता हो । यो परिषदको सफलताको पछि अअय अभियानको ठूलो हात रहेको छ । CCO अभियान भनेको मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले संचालन गरिरहेको सांगठानिक अभियान हो । यसको अर्थ C - Contact सम्पर्क,C - Counciling सरसल्लाह र O - Organization संगठन हो । सबैभन्दा पहिले को कहाँ छ, भेटघाट गर्ने सम्पर्क गर्ने त्यसपछि ऊ सगँ सरसल्लाह गर्ने लिम्बुवानको दुख, सुखको बारेमा दिल खोलेर कुराकानी गर्ने वार्ता वहश र छलफल गर्ने र अन्त्यमा उसलार्इ यस परिषदको सांगठानिक जालोमा आवद्ध गराउने । यो तीन चरणको अभियानलाई नै CCO भनिन्छ ।
यो अभियानको अवधारणा कसरी आयो ? यस बारेमा छलफल गरौं । लिम्बुवान आन्दोलनलाई उचाईमा पुर्याउन लिम्बुवानका जनताहरूमा लिम्बुवानी भावना/विचार उमार्नु पर्दथ्यो र लिम्बुवान व्यापी शसक्त संगठनको आवश्यकता थियो । लिम्बुवानका तरेबा-तरेमाहरू बर्षदिनको पर्खाइ पछि मेलाबजारमा भेटघाट हुन्थे, मुटु नै चुडिने खालका पालम गाएर धान नाच्थे, जीवनका सुन्दर सपनाका बारेमा कुराकानी गर्थे एक आपसमा खाजा किनिदिन्थे,अनि छुट्टनिे बेलामा भक्कानो फुटाएर रुन्थे । तर ति तरेबा-तरेमाहरूको मिठो पालाम भित्र काङसोरेको कथा, लिम्बुवानको व्यथाहरूले ठाउँ नपाईरहेको अवस्था थियो । ति तरेबा-तरेमाहरूले तीनघण्टा माया,पे्रमको कुरा गर्दा तीन मिनटे लिम्बुवानको बारेमा पनि गफगाफ गरिदिएको भए कस्तो हुन्थ्यो होला तर त्यस्तो भईरहेको थिएन । अर्कोतिर, कुनै कुनै ठाउँहरूमा लिम्बुवानको भाषा,इतिहासलाई साहै्र माया गर्ने एक,दुइ व्यक्तिहरू पनि हुन्थे । तर ताप्लेजुङमा भएको लिम्बुवान प्रेमी व्यक्ति र धनकुटामा भएको लिम्बुवान प्रेमी व्यक्तिको कुनै सम्पर्क चिनजान नै हुदैनथ्यो । आ-आफ्नो ठाउँमा एक्ला एक्लै लिम्बुवानको लागि काम गरिरहेका हुन्थे । यस्तो पनि देखियो, कुनै ठाउँका युवा-युवतीहरू आफसेआफ लिम्बुवान प्रति माया गर्न थाल्दथे । उनीहरू लिम्बुवान मुक्तिको बारेमा केहि जान्न चाहान्थे, संगठित हुन चाहान्थे । तर उचित स्रोत व्यक्ति र संगठनको अभावमा ति उत्सुक यूवा-युवतीहरूको जोश, जाँगर त्यतिकै पलायन हुन्थ्यो । सबैभन्दा उदेकलाग्दो अवस्था के थियो भने- कोही व्यक्ति काठमाडौं गयो भने पोखराका मान्छेसँग परिचय गर्दा म ताप्लेजुङको, म पान्थरको,म तेह्रथुमको भनेर परिचय दिन्थ्यो । उसले गर्वका साथ भन्नु सक्नुपर्दथ्यो- म लिम्बुवानको, मेरो घर लिम्बुवानको ताप्लेजुङमा पर्छ,मेरो ससुराली लिम्बुवानको मोरङमा पर्छ । तर अफ्सोच त्यस्तो हुन सकिरहेको थिएन ।
अझ अर्को उदेक लाग्दो कुरो के थियो भने लिम्बुवानका लिम्बू नेताहरूको चिन्तनशैली । पञ्चायत कालमा होस् वा वहुदलकालमा लिम्बुवानमा लिम्बू नेताहरूको उपस्थिति थियो । आशा के हुन्थ्यो भने ताप्लेजुङबाट चुनाव जितेको कुनै नेताले संखुवासभाबाट चुनाव जितेको कुनै नेतासँग सम्पर्क गरोस् । पान्थरको नेता र धनकुटाको नेता, इलाम र मोरङको नेता बीचमा भेटघाट,सम्पर्क होस् । कम्तिमा यो नौ जिल्ला लिम्बुवानका नेताहरूमा चिनापर्ची गरियोस् ,सम्पर्क वढाइयोस् ताकि विस्तारै लिम्बुवानी भावना बढोस् । तर त्यस्तो कहिले हुन सकेन । नेताहरू आफ्नो निर्वाचन क्षेत्रको वीस वा पच्चीस गा.वि.स. भित्र मात्र सिमित रहे । लिम्बुवान भनेको निर्वाचन क्षेत्रको तेइस वटा गा.वि.स. मात्र होइन,लिम्बुवान भनेको अरुण पूर्वको नौ वटा जिल्लाहरू हो । संखुवासभाको मान्छेले खान पाएन भने पान्थरको मान्छेले अन्न जुटाएर पठाइ दिनु पर्छ । ताप्लेजुङमा हिउँ पर्यो भने मोरङमा जाडो महसुस हुनुपर्छ-त्यो लिम्बुवानी भावना हुनेछ । यस्तो हुनु पर्थ्यो तर त्यस्तो कहिले भईरहेको थिएन । यी विसंगतिहरूलाई काक्रा चिरे झै चिररे शशक्त लिम्बुवानी भावना जगाउन र लिम्बुवान व्यापी संगठन निर्माण गर्न हामीले अअय अभियान संचालन गर्ने निर्णय गर्यौ । यस अभियान अन्तर्गत हामीले हजारौं तरेबा, तरेमाहरूलाई सम्पर्क गररे भेट्यौ र उनीहरूसँग यस्तो कुराकानी गर्यौ -तपाईहरू माया प्रितिको पनि कुरा गर्नुस् र त्यसको साथसाथै लिम्बुवानको पनि कुरा गर्नुस् । जसरी तपाई आफ्नो तरेमा/तरेबालाई माया गर्नुहुन्छ त्यसरी नै एकपल्ट लिम्बुवानलाई पनि माया गररे त हेर्नुहोस् । लिम्बुवान नै रहेन भने माया- प्रितिको घर कहाँ बनाउने होला ? भनेर उनीहरुलाई नम्र भाषामा सोध्यौं । भारत की चर्चित लेखिका अमृता प्रितमले एक थी सारा’ नामक उपन्यासमा लेख्नु भएको -"म आकाश वेचेर ताराहरू किन्दिन" भन्ने वाक्यंश सुनायौ । हामीसँग झिलिमिलि ताराहरू भएपनि ति ताराहरू राख्ने आकाश नै छैन भने त्यसको के अर्थ हुन्छ र - भन्यौ । हामी पढरे डिग्री हासिल गर्छौ विदशे गएर पैसा कमाउछौ तर हाम्रो लिम्बुवान भूमि नै रहेन भने त्यो डिग्री र त्यो पैसा पनि अर्थहिन हुने रहछे भन्यौ । लिम्बुवानको अस्तित्व वेगरको राजनीति,विकास र साहित्यको कुनै अर्थ रहने छ भन्यौ । लिम्बुवानका विभिन्न ठाउँमा बसेर भाषा, लिपिको लागि एक्ला एक्लै लडिरहेको व्यक्तिहरूलाई भेटेर भन्यौ- "आज टिमवर्कको जमाना छ,नेटवर्कको जमाना छ, त्यसैले सं.लि.रा. परिषदमा संगठित भएर संघर्ष गरौ एक्लो आवाज आज कसैले सुन्दैन, संगठन नै शक्ति हो ।" हाम्रो प्रस्ताव र भावनालाई सहर्ष स्वीकार गरी हजारौ लिम्बुवान प्रेमीहरू यस परिषदमा संगठित हुनुभयो । लिम्बुवान भन्न लजाउनहे रूलाई हामीले भन्यौ "गर्वले भन, हामी लिम्बुवानवासी हौ ।" हामीले एउटा नारा अघि सार्यौ-"नेपाल हाम्रो देश हो लिम्बुवान हाम्रो घर हो ''Nepal is our country ,limbuwan is our homeland" लजाउनेहरूको लाज विस्तारै हराउँदै गयो । साथीभाइ भेटघाट हुदा, "जय लिम्बुवान", "काङसोरे अभिभादन", "लिम्बुवानी अभिभादन" जस्ता शब्दहरू प्रयोग गर्न थाल्यौ । आज जताततै जय लिम्बुवान’ भनेको सुन्न पाईन्छ । हामीले लिम्बुवानका नेताहरूलाई विनम्र अनुरोध गर्यौ "तपाइहरूको दृष्टिकोण र चिन्तनलाई लिम्बुवानीकरण गर्नुस् । आफ्नो निर्वाचन क्षेत्रको तेइसवटा गा.वि.स.लाई सबैथोक नसम्झीनोस्, सोचाईहरूलाई लिम्बुवानभरि घुमाउनुहोस् । कुनै संगठन बनाउनु छ भने कम्तिमा लिम्बुवान भरिको संगठन बनाउनुस् । भोलि लिम्बुवान प्राप्त गरेपछि यो जिल्ला र निर्वाचन क्षेत्रहरूको सिमाना परिवर्तन हुन्छ ।" हाम्रो लगातारको भनाईले धेरै साथीहरूको विचारमा परिवर्तन आएको छ । वार्ड, गा.वि.स.,क्षेत्र र जिल्लाको साँगुरो घेरामा मात्र अलमलिरहेका साथीहरू अहिले लिम्बुवानको बारेमा सोच्न थालेका छन्, यो CCO अभियान कै सफलता हो । CCO अभियान अघि बढाउने क्रममा पान्थर,तेह्रथुम र ताप्लेजुङ जिल्लाहरूमा लगातार सम्पन्न भएको ४८ वटा आमसभाहरूमा यो पङतिकारले प्रमुख अतिथि भएर भाषण गर्ने सौभाग्य पाएको थियो । ति आमसभाहरूमा मैले CCO को महत्वबारे बोले,सुतेको लिम्बुवानी जनताहरूलाई ब्युझाउँने प्रयास गरे । यो ऐतिहासिक यात्राको बारेमा "यात्रा-स्मरण" लेख्ने योजना गरेको छु । लिम्बुवानको आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको CCO अभियानलाई चिरस्थायी बनाउन मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको संगठन विभागको नाम नै अअय सचिवालय राखिएको छ । यस परिषदमा संगठन विभाग प्रमूखको ठाउँमा CCO सचिवले काम गर्दछ । छोटकरीमा भन्नु पर्दा सम्पर्क गर्ने सरसल्लाह गर्ने र लिम्बुवान मुक्तिको लागि यस परिषदमा संगठित हुने अभियान नै CCO हो । यो अअय आजपनि चाहिन्छ र भोली पनि चाहिन्छ । यहि CCO नभएर नै हामीहरूले वि.सं. १८३१ र वि.सं. २०२१ सालमा लिम्बुवानको रक्षा गर्न सकनौ । आज, थोर बहुत CCO हुदैछ त्यसैले लिम्बुवानको आन्दोलनले पनि उचाई प्राप्त गर्दैछ । हामीले सोचे जस्तो लिम्बुवान प्राप्त गर्न अझ बढि CCO हुनुपर्छ । हामीले तपाईहरूलाई खोज्दै आउन भ्याएनौ भने तपाइहरू हामीहरूलाई खोज्दै आउनुस तर कोही पनि रमिते भएर नवसौ । संगठन आफैमा शक्ति रहेछ । आज हामी लिम्बुवानका नौ वटै जिल्ला सिडिओहरूलाई एकैपल्ट ज्ञापनपत्र दिन सक्छौ नौ वटै जिल्लाहरूमा एकै पल्ट राँके जुलुश र आमसभा गर्न सक्छौ । बल्ल तपाई हाम्रो सोचाई र सपनाले लिम्बुवानी आकार प्राप्त गर्यो । लिम्बुवानप्राप्त गरेपछि अझ बढि CCO को महत्व बढ्ने छ । किनकि लिम्बुवानको प्राप्ति जतिकै चुनौतीपूर्ण हुनेछ लिम्बुवानको विकास र लिम्बुवानको स्थायित्व । लिम्बुवानको ठूलो-ठूलो आयोजनाहरू पुरा गर्न थोरै पुँजी र थोरै जनशक्तिले हुदैन । यसको लागि भएभरको पुँजी संग्रह गर्नुपर्छ त्यसको लागि पनि संगठित हुनै पर्छ । लिम्बुवानको सिमानाको कुरा आउँछ त्यसको लागि पनि संगठित हुनै पर्छ । विश्वकै शक्तिशाली देशहरू भारत र चीनलाई छोएर लिम्बुवान रहेको हुनाले यहाँका वासिन्दाहरूले "ग्लोवल पोलिटिक्स '' Global politics" लाई बुझनु पर्छ र हरदम आफू सक्षम र संगठित भईरहनु पर्छ । अन्त्यमा, लिम्बुवान मुक्ति आन्दोलन र CCO अभियान भनेको अभिन्न अङ्गहरू हुन । हामीले CCO लाई सक्रियता पूर्वक संचालन गरिरहन सक्यौ भने मात्र यस धर्तीमा लिम्बुवान नामक फूल संसारको आँखालाई आकर्षित गर्दै फुलिरहने छ । यहि महत्वलाई बुझेर यस परिषदका सबै तहका समितिहरू CCO अभियानलार्इ नौवटै जिल्लाहरूमा अझ तिव्रताका साथ अघि बढाउन, यहि आग्रह छ ।
No comments:
Post a Comment