दिपेन योङहाङ
जवेगु दिलीप लिम्बू
यस लेख द्घारा किरात लिपी र किरात लिम्बू जातीको भाषाको बिकासक्रम सम्बन्धी छोटो चिनारी दिन गईरहेको छु । किरात कुल भित्र धेरै जातजातीहरु पर्दछन् । धेरै जातजातीमा फैलिएर रहेका किरात कुलभित्र धेरै भाषाहरु छन् । भाषाको विकास क्रम आफ्नै ठाउँमा रहे पनि सम्पूर्ण किरातीले प्रयोग गर्नेलिपी भने एउटै छ ।
किरात कुल भित्र ।
(क) याक्तुम्बा (याक्थुम्बा)-लिम्बूहरु ।
(ख) आप्लिबा-आठपहरिया (अठाप्रे) ।
(ग) याखाबा-राई,कोचे,मेचे र देवान ।
(घ) लुङफेवा-लहरुङ,थिनेल र पुनेल ।
(ङ) माङफेवा-याङफु राई ।
(च) सुहाङचेप्पा-सुनुवार,हायु,चेपाङ र थामी ।
(छ) थोक्लोक्पा-तामाङ,थकाली,थोकल र शेर्पा ।
(ज) मगोप्पा-मगरहरु ।
(झ) गुरुप्पा-गुरुङ्गहरु ।
(ञ) याङदाबा-थारु,दनुवार आदि ।
यी जातजातीहरु किरात कुल भित्र पर्दछन् । फेरि पनि याँहा समग्र रुपमा किरात लिपी मा किरात लिम्बू जातीहरुको ऐतिहासिक भाषा सम्बन्धी छोटो चिनारी गर्न गई रहेको छु ।
लिम्बू जातिहरु नेपालको प्राचीन जातिहरु मध्ये एक जाति हो ।इसापूर्ब काल देखि लिच्छवीहरुको उदय हुदा सम्म राजधानी काठमाडौं उपत्याकामा २९-३३ पुस्ता शासन गर्ने किरात लिम्बू जातीहरु बर्तमानकालमा पूर्ब नेपालको मेची र कोशी गरेर ८,९ जिल्लामा र भारतको उत्तर-पूर्बीक्षेत्रमा समेत बसोबास गर्दै आईरहेका छन् ।यी जातीले बोल्ने भाषा किरात भाषा (याक्थुङ पान) हो ।यो भाषा तिब्बत बर्मेली शाखाको एक प्राचीन भाषा मानिन्छ, र यो भाषाको लिपी किरात रहेको छ ।किनकी लिम्बू जाती किरात कुलको एक जातीमा पर्दछ ।यस लिपीको उत्पती इसाको छैठौ शताब्दीमा भएको मानिएतापनि लिपी विशेषज्ञहरुको अनुसार सातौं शताब्दीमा मोरङ्ग प्रदेशका राजा मोराहिले यस लिपीको उत्पतीगरेको मानिन्छ ।राजा मोराहिको शेषपछि बौधमार्गीहरु आई लिम्बूहरुको राजपाट माथी आक्रमण गरे । यस युद्घमा लिम्बूहरुको हार भयो । हार पछि जबरजस्ती बुद्घधर्म
ग्रन्थ भाषा लिपी मान्न बाध्य गराईयो,त्यसपछि बौधमार्गीहरुको दबाब र अत्यचार बढ्न थाल्यो ।तर यसको परिणाम लिम्बूहरुले जस्तोसुकै अन्याय र अत्याचारको वावजुद पनि आफ्नो भाषा लिपी,धर्म, संस्कार-संस्कृति बिर्सेनन् । इ.सं.नौ सयको मध्य तिर राजा प्रथम शिरिजंङ्गाको उत्पती भयो यिनले किरात लिम्बूहरुलाई एकत्रित गरी एक शक्तिशाली राज्यको गठन गरे । यिनको आफ्नो भाषा, लिपी, धर्म र संसकार-संस्कृति प्रती आगाधप्रेम थियो । यिनले मोराही लिपि अध्यायन गरेर एउटा छुट्टै लिपिको अविस्कार गरे यिनी शिरिजंङ्गा राजाकै समयमा किरात लिपि र लिम्वू भाषाको भरपुर विकास भएको मानिन्छ । यिनको शेष पछि भने लिम्वू भासा र साहित्यले इ.सं.सत्रौं शताब्दीका द्वितिय शिरिजंङ्गालाई पर्खनु पर्यो । त्यसताका लिम्वू लिपि, भाषा, शिरिजंगा र संस्कार-संस्कृति सम्पूर्ण लिम्वू समाजलाई नै भोटे समाज र बौद्घ धर्ममा विलय गराउन खोजियो । लिम्वूमाहरुमा आफ्नो मातृभाषा लेखपढ गर्न प्रतिवन्ध लगाईयो । लिम्वू जातिहरुमा भएको अत्याचार पराकाण्ठका समयमा ताप्लेजुङ्ग जिल्लाको तेल्लोक गाउँमा महात्मा तेयङसी शिरिजंङ्गा थेवे (इ. सं. १७०४)को जन्म भयो ।
यिनले इ. सं. नवौ शताब्दी शिरिजंगा प्रथमको पाला देखि लुकेर रहेमा लिम्वू भाषा र किरात लिपिको कागज पत्रहरु खोजि खोजि पढ्न थाले र हाल प्रचलनमा रहेको किरात लिपिको आविस्कार गरे । यिनले यिनै पुराना कागज पत्रका आधार मानी लिम्वु भाषा (किरात लिपि) मा मुन्धुम साप्लानामक किरात वेद लेखे । यिनले आफ्नो चेलाहरुका साथ किरात लिपि र आफ्नो भाषा साहित्यको तिव्र प्रचार गरे । अनेकौ खतराको बावजुत पनि उनले आफ्नो प्रचार-प्रसारलाई रोकेनन् । प्रचारको क्रममा उनि सिक्किम सम्म पुगे । घर-घरमा पुगी किरात लिम्वूहरुलाई आफ्नो भाषा, लिपि, धर्म संस्कार-संस्कृति र मुन्धुम पढाउन थाले । यस पस्चात लिम्वूहरु बुद्घ धर्म ग्रम्थ पढ्न छोडे, गुम्बा धाउन छोडे । सामाजिक लगायत कर्मकाण्ड, संस्कार-संस्कृतिहरु मुन्धुमको आधारमा गर्न थाले । अन्त्यमा भोटे राजाहरु र लामाहरुले यिनलाई सिक्किमको रेसी खोला र कलेज खोलाको काखकेा रुखमा बाँधेर बाँसको तिरले शरिरको यन्त्र तन्त्र हानी तिन दिन सम्म यातना दिई मारे । यसरी एक महान पुरुषको त्याग र बलिदानले किरात लिपी, किरात मुन्धुम र साथमा लिम्बू भाषा जोगियो, सम्पूर्ण किराती लिम्बू जातिहरुको अस्तित्व कायम रहन गयो । शिरिजङ्गा द्वितियलाई मारिए पनि किरात लिपीको विकास र लिम्बू भाषा साहित्यको विकास सेलाएन । शिरिजङ्गा द्वितियको शेषपछि पनि उनले देखाएको बाटोलाई लिम्बूहरुले बिर्सन सकेनन् । लिम्बू भाषा र किरात लिपीको विकासको क्रममा सन् १९०४ मा जन्मनु भएका इमान सिं चेम्जोङ्गको नाम अग्रपंतीमा आउन्छ । यिनले पुरानो हस्तलिखित किराती अक्षरले लेखित पुस्तकहरु जम्मा गरेर किरात लिपी र लिम्बू भाषा साहित्यको ब्यापक प्रचार प्रसार गरे । किरात लिपीमा विभिन्न लिम्बू भाषाका पुस्तकहरु लेखे । लिम्बू भाषा वर्तमान अवस्थासम्म ल्याउन यिनै इमानसिं चेम्जोङको महत्वपूर्ण हात रहेको छ । उसको बारेमा यस लेखमा लेखी रहन आवस्यक ठान्दिन, तपाईहरुलाई थाहा भईसकेको हुनु पर्छ । सन् १९७६ मा यी महान ब्यक्तिको निधन भयो । जसका अलावा इ.सं.१७८० मा लालसेन सेन्दाङ, इ.सं.१९४२ मा मुहिगुम् अङसीमाङ फाल्गुनन्द लिङदेन इ.सं.१९५५ मा मुहिगुम् अङसीमाङ लिङदेन आत्मानन्द "सेइङ" आदिले पनि किरात लिपी,भाषा,धर्म र संस्कार-संस्कृतिलाई वर्तमान अवस्थामा ल्याई पुर्याउनमा महत्वपूर्ण योगदान दिनुभएको छ ।
यसरी यी महापुरुषहरुको योगदानबाट हामी किरात समुदायको लिपी, भाषा, धर्म, संस्कार-संस्कृति एवं जातीय पहिचान कायम रहन सकेको हो । यी वीर पुर्खाहरुले दिएको पहिचानलाई कायम राख्नु हाम्रो भाषा, लिपी र साहित्यलाई अझ फलाउनु फुलाउनु आज हाम्रो दायित्व हुन आएको छ । यसको अलावा यी वीर महापुरुषहरुलाई नबिर्सन र उहाँहरुले औंल्याई राख्नु भएको मार्गलाई नभुल्न पनि आजका युवा पिडीहरुको ठुलो दायित्व हुन आएको छ ।

No comments:
Post a Comment