दिपेन योङहाङ
एउटा दन्त्यकथामा भेडा गोठालोले बाघको डमरु भेट्टाएर भेडी गोठमा भेडाहरुसंगै पाले पछि बाघको बच्चा बाघ नभएर भेडा जस्तै भ्याँ .....भ्याँ ....गर्दै घाँस खान थालेपछि भेडा गोठालोले अचम्म मान्दै जिब्रो टोकेछन् । शारीरिक नेतृत्व बाघ भए पनि भेडाको हुलमा भेडाकै आवाज भेडाकै आचरण र घाँस खाने काइदा अगाल्न भेडाको संस्कारले बाघलाई भेडा हुन बाध्य बनाएको ठहर गरेको थियो रे ! यही संस्कारको रित अनुसार डा.स्वामी प्रपन्नाचार्य उर्फ काले रार्इ किराती संस्कारको बिरोध गर्दै भेडाको रुप लिएर किरातीहरुको घाँटीमा जनै भिराउँने पक्षमा आफ्नो विद्धतालाई छताछुल्ल पार्दै आएका छन् । संयोग भनौं एक दिन वानेश्वरको सभा गृहमा डा.स्वामीप्रपन्नाचार्यको "प्राचीन किरात इतिहास" पुस्तकको विमोचन हुँदै गरेको थाहा पाएर टुप्लुक्क पुगेँ । त्यो बेलाको लाहुरे ठिटोलाई त्यस्तो इतिहासकार र बेद्धान्ती सिद्धान्तका ब्याख्याकारलाई भेट्न पाउँनु भाग्य ठानेको हुनु पर्छ । त्यती मात्र नभएर डा.स्वामी प्रपन्नाचार्य द्धारा सम्पादन भएको किरातेश्वर पत्रिकाका केहि अंङकहरु हेर्ने मौका पाएको थिएँ । त्यसमा चित्त नबुझेको वा सत्य कुरा बुझनै पर्ने कुरा के थाँती रहेको थियो भने किरातेश्वर अंङक ३ मा लाल मोहर कुन सही ? शिर्षकमा इतिहासकार इमानसिं चेम्जोङ द्धारा संङकलन भएका लालमोहरहरु जाली फर्जी वा नक्कली हुन भनेर एउटा लेख बारे चित्त नबुझाईको बाँझो जोतिएको थिएन । जुन किरातेश्वर अंङक ३ कै जाली फर्जी लालमोहरलाई "प्राचीन किरात इतिहास"मा समेत समावेश गरिएको रहेछ । यो लेख बारे पाठकहरु स्पष्ट हुनको लागि डा.स्वामीकै शब्दमा लालमोहर कुन सही ? को अंश यस्तो छ । इमानसिंजीले लाल मोहर रोका टोका आदिको पनि संग्रह गर्नु भएको छ । तर काठमाण्डौदेखि पूर्व माझ किरात र लिम्बूवानतिर पाइने लालमोहर प्रष्टरुपले जाली देखिन्छ । यद्यपि इमानसिंजीले घोर परिश्रमद्धारा प्राप्त गरे होलान् । साथै परिश्रमको मूल्य हामीलाई थाहा छ । पाठकबृन्द हैरान हुनुहुन्छ होला । परन्तु साँचो साँचै झूठो झूठै हुन्छ । यसमा आर्श्चर्य मान्ने कुरै छैना । आउँनुहोस,श्री ५ पृथ्वीनारायण शाहले लेखेका पत्र र लालमोहर हेर्नुहोस । काठमाण्डौंदेखि पूर्व नेपालमा शाहका विरुदावली शमशेरजंगदेवानाम पाइन्छ । यसमा शमशेर पहिला भए कि जंग पहिला भए ? इतिहास जंग पछि शमशेर भएको देखिन्छ । साथै जंग र शमशेर पृथ्वीनारायण शाहभन्दा पहिला थिए कि ? पछि भए ? यी प्रश्नहरुको उत्तरमा अवश्य घोरिनु पर्ने छ । सही कुरा श्री ५ पृथ्वीनारायण पछि जंग भएको हो । त्यसपछि शमशेर जन्मिए । अनि कसरी श्री ५ पृथ्वीनारायण शाहका विरुदावलीमा शमशेरजंगदेवानाम जोडिए ? अतएब भन्न कर लाग्छ कि इमानसिंजीले प्राप्त गर्नु भएको लालमोहर जाली फर्जी छ । विज्ञ पाठकबृन्दले यी पत्र लालमोहरहरुमा घोरिएर हेर्नु हुनेछ । श्री ५ पृथ्वीनारायण शाहले बि.स. १८११ मा रणरुद्र शाहलाई पत्र लेखे । बि.स १८१२ मा हरिदेव पण्डितलाई र जमदग्नि उपाध्यायलाई लालमोहर सहित पत्र लेखेका छन् । बि.स १८१४ मा कान्तिपुरको राजा जयप्रकाश मल्ललाई धर्मपत्र लेखिदिए । बि.स १८१६ मा धनदत्तलाई पत्र लेखेर संम्झाएका छन् । बि.स.१८१८ मा गिनदुनप पावा लामालाई लालमोहर पत्र लेखिदिएका छन् । बि.स १८२१ मा ज्ञानकर वाँडालाई लालमोहर पत्र लेखेका छन् । बि.स १८२४ मा देबु राना (मगर) लाई लालमोहर पत्र गरिदिएका छन् । बि.स १८२८ को लाल मोहर पत्र आदिमा "शमशेरजंगदेवानाम" पद विरुद्धावलीमा छैनान् । अतः काठमाण्डौंदेखि पूर्व अथवा नेपालभरी मै "शमशेर र जंग" भएको लाल मोहर जाली नैं ठहरिनेछ । ठहरिएन भने श्री ५ पृथ्वीनारायण भन्दा पहिले नैं शमशेर र जंगको उदय भैसकेको थियो भनी भन्नु कर लाग्छ । यस परिस्थितिमा साँचो झूठोको केलाई निफनाई हुनै पर्छ । उक्त माथिका हरफहरुले पूरानो लाल मोहर संङ्कलन गर्ने गोर्याटोमा घिसारी रहेको थियो । यदी त्यस्ता पूराना लाल मोहरहरु संङकलन गर्न सकियो भने कित झूठो इतिहास लेख्ने इमानसिं चेमजोङको मुकुण्डो फुश्किन्थ्यो हैना भने डा.स्वामी प्रपन्नाचार्यको धुर्त बेद्धान्ती सिद्धान्तको धोती खुश्किन्थ्यो । हाल पक्तिकारसंग करिब दर्जन जति लालमोहरका नक्कलहरु संङकलन भएका छन् । यसमा श्री ५ पृथ्वीनारायण शाहका पालादेखि उनका नाति रणबहादुरशाह संम्मका रहेका छन् । यसमा "गोरखा मगरहरु बिगत देखि वर्तमान संम्म ऐतिहासिक पृष्टभूमि एक विश्लेषण २०५४" बि.के राना मगरद्धारा लिखित पुस्तकमा संङकलन भएका लाल मोहरहरुले पनि पृष्टि गर्दछ कि को भेडा हो को बाघ हो । सत्य कुरा १० जनवारी १७७५ मा पृथ्वीनारायणका चोला उठ्नु ३ बर्ष ९ महिना अगाडि उनका समकालीन भारतका मुगल बादशाह आलम द्धितीय (१२ मार्च १७७१) का फर्मान अनुसार उनलाई "महाराजा र बहादुर शमशेर जंग"को पदवी लेखी पठाएका थिए । त्यही फरमान अनुसार सन १७७१ देखि उनका राजकिय पत्रहरुमा श्री श्री श्री महाराजे पृथ्वीनारायण शाहबहादुर शमशेर र पहिलेका अरु उपाधीहरु पनि लेखिन थालेको थियो । यो इतिहासलाई सन १९६७-१९६९ बाबुराम आचार्यद्धारा लिखित श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी भाग ४ पृष्ट ७११-७१२ मा सोही तथ्य नेपालको वैधानिक परम्परा -ले (जगदीशचन्द्र रेग्मी,सन १९७९ पृष्ट २१७) नामक पुस्तकमा उद्धरण समेत प्रकाशीत भएको थियो । ती ऐतिहासिक सन्दर्भको ब्याख्याका अतिरिक्त उपरोक्त नयाँ विरुदावली समेत जम्मा गरेर चलनमा चलाइएका लाल मोहर (सन १७७३) को नक्कलहरु संङकलन रहेका खोजी मूलक ग्रन्थहरु पनि प्रकाशित भएका थिए । निरुक्त बि.स.२०४० पृष्ट २०३, गोरखाको इतिहास दोश्रो भाग बि.स.२०४३, पृष्ट ५३२, आदि । तर सृष्टिको आदिकाल देखि नैं आर्य बेद्धान्ती इतिहास मात्र सत्य हो भन्ने र त्यही इतिहास पढाउँन लागि परेका डा.स्वमी प्रपन्नाचार्यले ४० बर्षसम्म (भूमीका अनुसार) प्राचीन इतिहासको खोजी गर्दा पनि ती ग्रन्थहरुमा आँखा नपर्नु पाठकहरुको लागि ज्यादै दुःखको कुरा हो । डा.स्वामी प्रपन्नाचार्य किन आफ्नो वेद्धान्ती अध्यनलाई अब्याबहारीक र किराती इतिहासलाई झुठो सावीत गर्न सत्य इतिहासका थुम्काथुम्कीहरु भत्काई रहन्छन् । त्यहाँ एउटै कारण मात्र छैना । पालन पोषण,शिक्षा,दिक्षा,संस्कार,संस्कृति र आचरण समेत ब्राम्हृणबाट भयो । आफ्नो सम्पूर्ण जीवन भेडी गोठमा हुर्कियो बाघ कसरी गर्जनु पर्छ बाघले कसरी सिकार गर्नु पर्छ भन्ने पाठ कतैबाट नपाए पछि अरु बाघहरुलाई पनि भेडा बनाउँन आफ्नो विद्धतालाई खर्च गर्न पुगे । अरुको धज्जी उडाउनु र झूट्टो इतिहासको राग अलाप्नुमा स्वामी प्रपन्नाचार्यको ज्ञान खर्च हुन पुग्यो । उनले ४० बर्ष लगाएर लेखेको प्राचीन किरात इतिहासमा किराती इतिहासको पर्खाल उभ्याउँनु सट्टा पर्खालको ठाउँ ठाउँमा पर्खालका ढुङगा माटोहरु झिक्न आत्तुर देखिन्छन् । हुन सक्छ उनको अन्तिम इत्छा त्यो पर्खाल भत्कोस र किरातीहरु सबैले एक दिन जनैको दाम्लो भिरोस र उ जस्तै भेडा भएर बाँचुन । नत्र किन वेद्धान्ती विद्या आर्जन गर्ने विद्धानले रहस्यात्मक पाराले गोपनीयतामा राखिएको ऋग्वेदका ऋचाहरुलाई जन समक्ष समिक्षा गर्दैनन् । जस्तै - Racial Discrimination को पुरुषसुक्त मुल मन्त्र -ब्रम्हृाणेश्यक मुखामासित वाहुराजन्योक कृत ।
उस्क तदस्या क याद वैश्य पदम्यम् शुद्रक अजायत ।। (ऋ १०/९०/१२)
यो मन्त्र प्रकृतिको नियम विरुद्ध हुनुको साथै हिन्दुवादको चारवर्ण सामाजिक ब्यवस्थामा एउटा ब्राम्हृणले पाएको सुविधामा क्षेत्रीले दावी गर्न पाउँदैन । एउटा क्षेत्रीले पाएको सुविधामा एउटा वैश्यले दावी गर्न पाउँदैन भने वैश्यले पाएको सुविधामा शुद्रले दावी गर्न सक्दैन । किन भने हिन्दुवादमा सामाजिक जीवन आदर्शको मापदण्डमा समानता पाइन्दैन । यस्तै अरु कैयौं मन्त्रहरु छन् ।
शुद्र चतुर्थो वर्णास्तु सर्वसंस्कार वर्जितः
भावार्थ - शुद्र चौथो वर्णमा परेकोले कुनै शिक्षा दिक्षा नदिनु । (विष्णु स्मृति १/२५)
वेदाभूषः श्रण्वतन्त्र शुद्र तुभ्यां प्रतिपुरणः ।
श्रुत्रःजिब्हछेदःधारणे शरीरभेदः ।।
भावार्थः- शुद्रले वेद पढे जिब्र्रो काटिदिनु सुने शीसा पगालेर कानमा हालिदिनु ।( गौतम स्मृति-१२)
तस्माद शुद्र समिपे चाः नाध्यत कदाचनं
भावार्थः- शुद्रको छेउमा वेद नपढनु र असल कुरो नभन्नु । (वशिष्ठ स्मृति- १८)
यस्ता हिन्दु ब्राम्हणवादीहरुबाट सिर्जना गरिएका ऋग्वेदका अमान्य ऋचाहरुमा भने आँखा चिम्लेर इतिहास सम्मत सक्कली लाल मोहरलाई नक्कली लाल मोहर हो भन्न सर्माउँदैनन् । किरातीहरुलाई क्षत्रीय बनाउँन र आर्यहरुको पिछलग्गु भई रहन उत्प्रेरित भई रहन्छन् । शायद उनको मान्यता उनी बाहेक अरु किराती बर्गमा पर्ने इतिहासकार,विद्धान,बुद्धिजीवी र लेखकहरु नङग्रा र दाँत नभएका बाघ हुन उनीहरुमा हिन्दु दर्शनको दृष्टान्तिक ज्ञान छैन । उनीहरुको खोज अनुसंन्धान झूठो हुन्छ । जसरी इमानसिं चेमजोङले संङकलन गरेका सक्कली लाल मोहर जाली फर्जी हो भनेर ६४८ पृष्टको प्राचीन किरात इतिहासमा समेत झूठको खेति गर्न बिर्से। तर जति नैं बकवास र ऋग्वेदिक शब्दको जलप लाएर झूट्टो इतिहासलाई साँचो बनाउँन खोजे पनि अबका पाठक पाठीकाहरु त्यती सजीलै मूर्ख बन्नेवला छैनान् । अहिलेको सन्दर्भमा वेद्धान्ती पण्डा डा.स्वामी प्रपन्नाचार्य किरात बारे झूठो इतिहास,झूठो लाल मोहर र किराती इतिहासलाई आर्य बनाउँने पक्षमा मात्र लागी परेका छैनान् । जनै भिराउँने विशाल यात्रामा अघि बढेका छन् । तर उनलाई थाहा छैनाकि बि.स १९९० सालमा (जङ्ग बहादुरको पालामा) जारी गरिएको मुलुकी ऐनमा प्रष्ट लेखि सकिएको छ । "अब उप्रान्त कसैले पनि जनै दिन्या या झिकन्या नगर्नु" यस कानुनले के देखाउँछ भने त्यस वेला कुनै पनि ब्याक्तिलाई जनै दिन र झिक्न सकिन्थ्यो । त्यसैकारण "कुवर राना" मगरहरु राणा क्षेत्री बने भने भीमसेन थापा मगरलाई क्षेत्री बनाउने काम गरियो । पृथ्वीनारायण शाहको पालामा पूर्वका लिम्बूहरुलाई एक डोको जनै पठाएर तिमीहरु क्षेत्री हौ भन्दा लिम्बूहरुले ठाडै अस्विकार गरे । केहि कुल घरानाका लिम्बूहरुले सो कार्य गरे तर समाजबाट बहिस्कृत भए पछि फेरि लिम्बू संस्कृति नैं अगाल्न पुगेका थिए । यसरी हिन्दुवादीहरुले आफ्नो स्वार्थ अनुकुल मनुस्मृतिलाई ब्याख्या र लागु गदै आएका छन् । पछिल्लो पटक उनै मनुस्मृतिका हिमायती पं.छविलाल पोखरेल र डा.स्वामी प्रपन्नाचार्यले गैर आर्यहरुलाई जनै भिराउँने र किराती इतिहास अपब्याख्या गर्ने कार्य गदै आएका छन् । डा. स्वामी जनै भिराउँने कार्यमा मात्र लागी परेका छैनान् । किरात संम्बन्धी ऐतिहासिक दस्तावेज र इतिहासलाई बङग्याउँने खण्डन गर्ने झूठो सावित गर्ने र जसरी हुन्छ बाहुन शैलीमा ढाल्ने प्रयत्न गरेको बुझिन्छ । इतिहासकार इमासिं चेमजोङद्धारा संङकलित लाल मोहरलाई झूठो र जाली फर्जी भनेर ब्यापक बनाउने कार्य ढाँट संस्कृतिको दर्पण हो । उनले विद्धत्व प्राप्त गरेको ग्रन्थहरुमा भनौं प्रपन्नाचार्य हुर्केको संस्कारमा तिनै झूठको खेतिले आकाश धर्तीको निर्माण गरेको छ । उनको शारिरीक नेतृत्व बाघ भए पनि ब्राम्हृणवादी चिन्तनप्रति आफै गोबर गणेश बनेका छन् -उनकै शब्दमा (प्राचीन किरात इतिहास) । भदौमा आँखा फुटेको गोरुले संधै हरियो देख्ने गरे झैं सबैतिर हरियो इतिहासको जग खन्दैछन् । इतिहासकार इमानसिं चेमजोङद्धारा संङकलित लाल मोहरलाई मात्र झूठो देख्दैनन् । धुर्त बिद्याधारी द्रोणचार्यको गुरु दक्षिणाले अपाङग भएका किराती एकलब्यलाई पनि क्षेत्री भन्नु हुन्छ । राम्रो ब्याबहार,चालचलन,सभ्यता सिके पछि द्धिज,ज्ञान गुन अध्यन-चिन्तन,सम्पूर्ण चराचरमा सबैको महात्व राख्ने,समभाव राखेर इन्द्रिय,विद्रोह,गर्ने,धैर्यवान,क्षमावान,पृथ्वीको पर्यावरण नदी,पहाड बनको रक्षा गर्ने काममा नित्य लागि पर्ने ब्याक्ति ब्राम्हृण कहलिन्छ भन्ने कुरा ब्राम्हृणवादी इन्साइक्लोपिडियामा उल्लेख गरिएको छ । तर उनै ब्राम्हृणवादी चिन्तनमा लागेका डा.स्वामी प्रपन्नाचार्य सरासर झूठो लेख्छन् उनै ब्राम्हृण चिन्तनमा लिप्त भएका परामाशक्ति इश्वर मानिएको रामले वेद पढेर ज्ञानी हुन चाहेकै निहुँमा शुद्र शम्बुकको टाउको गेंडछ । शायद तिनै वेद्धान्ति फरमुला अनुसार प्रपन्नाचार्यले पनि किराती विद्धान,इतिहासकारहरुबाट लिखित इतिहास किराती लोक गाथा र कथामा आधारित श्रुतिपरम्पराहरुलाई झूठो बनाउँने भेडीको राग अलाप्दै आएका हुन् । उनले प्रपन्नाचार्य त गरे तर त्यो वेद्धान्ति विद्या कस्तो गँजडी गफ हो शायद उनले अझै संम्म आफैलाई राम्म्ररी ठम्याँएका छैनन् ।
सर्वेषां तु विशिष्टेन ब्राहृमणेन विपश्चिता ।
मंत्रयेत्परमं मंत्रं राजा षाङगुण्यसंयुतम ।।-मानवधर्मशास्त्र,अ.७,श्लोक ५८
अर्थात,मन्त्रिमण्डल गठन गर्दा उच्च ब्राहृमणकुलमा जन्मेका,वंशपरम्पराका,शास्त्रहरुको ज्ञान भएका शूरा तथा कुशल ब्राहृमण ७ जना (भिष्मका अनुसार ३५ जना) लाई राजाले मन्त्री बनाओस । यसरी हिन्दुधर्मशास्त्रहरुले एकतर्फब्राहृमण जातिलाई धार्मिकसत्ताको तानाशाह र उसलाई राज्यसत्ताको पनि हिस्सेदार तुल्याई सर्वसत्ताधारी,सामान्य कानुनभन्दा माथि (कानुनले नछुने स्थान) राखेका छन् । अर्कोतर्फ शुद्रवर्गका मनुष्यहरुलाई चाहिँ पशुभन्दा तल्लो "अछुत" (अस्पृश्य) दर्जामा राखी अमानुषिक दण्ड सजायका साथै शोषण र दमनको सिफारिश गरेका छन् ।
ब्राहृमणलाई धर्म वा कर्तब्य सिकाउँनेको मुख र कानमा उम्लदो तेल खन्याई दिनु । (मनु ८।२७९)
यत्र नार्यस्तु पुज्यन्तेरमन्ते यत्र देवता ।
भन्दै स्वास्नीलाई खुट्टाको पानी खुवाउँछन् ।
ब्रम्हणवादीहरुको चिन्तनले कति संम्म हास्यास्पद र गलत धारणको विकास गर्यो भन्ने यर्जुवेदको निम्न ऋचाले स्पष्ट हुन्छ ।
"शिवांगान् प्रच्युतं रेतः पतितं धरणी तले तदेव पारदं जातं"
भावार्थ - शिवजीको अंगबाट एक समयमा पृथ्वीमा बीर्य खस्यो र त्यही बीर्य पारो भएको हो । भाव प्रकाश । यस्तै मनाव सृष्टि वारे नपत्याउँदो ऋचाहरु यसरी जोडिएका छन् ।
जाति ब्रम्हृमण इति चेत तहीं अन्य जातौ समुद्भवा बहवो महर्षयः सन्ति । ऋष्श्रृङ्गो मृग्यां जातः कौशिक कुश्स्तवात् गौतमः शशपृष्ठे वाल्मीकिः वल्मीक्यां ब्यासः कैर्वत कन्यायां पराशरस्चाण्डालीगर्भोत्पन्नः वशिष्ठो वेश्यानां विश्वामित्रः क्षत्रियाणां अगस्तयः क्ल्साज्जातः मांडब्यो मांडुकि गर्भोत्पन्नः मातंगो मातंगीपुत्रःअनुचरों हस्तिनी गर्भोत्पन्नः भरद्धाजः शूद्री गर्भोत्पन्नः नारख दासीपुत्र,इति श्रूयत पुराणे ।तेषां जाति बिनापि सम्यग् ज्ञानविशेषाद् ब्राम्हृणत्म्य स्वीक्रियते तत्माज्जात्या ब्राहृमणे न भवत्येव । भागवत पुराण(ब्यास)
भावार्थ -यदी जातिबाट ब्राहृमण हुने भए त धेरै महर्षिहरु भिन्न भिन्न जातिमा उत्पन्न भएका हुन । ऋषिश्रृंग जसले राजा दशरथबाट पुत्रेष्टि यज्ञ गराए थे, हरिणीबाट, बाल्मीकि धमिराको माटोको ढिस्कोबाट,ब्यास केवट (माझी) केटीबाट, पराशर चाण्डाल्नीबाट, वशिष्ट वेश्याबाट, विश्वमित्र छेत्रेनीबाट,अगस्य घैटोबाट,मांडब्य मांडुकीबाट,मातंग मातंगीबाट, अनुचर हथिनीबाट,भरद्धाज शुद्रीबाट र नारद चाहिँ दासीबाट उत्पन्न भएका हुन ।यस्तै कुरा पुराणहरुमा सुनाइन्छन् । यी महर्षिहरुको ब्राहृमणत्व,जातिबेगरै पनि उत्तम ज्ञानविशेषको कारण भलिभाँति स्वीकृति भएको हो । अतः जातिबाट ब्राहमण हुँदैन । यही भएर वेद्धान्ति सिद्धान्तकार भएर काले र्राई डा.स्वामी प्रपन्नाचार्य भए । माटोको ढिस्को,धमीराको गोला र घैटोमा जन्मेको ऋचाहरुको स्तुती गाउँदै जनैको डोरो समाउँनमा स्यावासी बटुल्नमा तन्लीन प्रपन्नाचार्यले यस्तो विक्षुब्धकारी पूर्वाग्रही लेखनको विरुद्धमा विरोध गर्दैनन् । बरु हिराले हिरा काटे झैं किराती इतिहासकार र विद्धानहरुले जे बोले त्यसको ठिक विरुद्धमा आफ्नो अभियान जारि राखेका छन् । त्यही अभियान अर्न्तगत इतिहासकार इमानसिं चेमजोङको कठोर परिश्रमले जम्मा गरेको लाल मोहरहरु नक्कली भएका छन् । डा.स्वामी प्रपन्नाचार्यको बकवास सत्य हो वा झूठो हो पाठक पाठीकाहरुले छुट्यानु पर्ने भएकोले संङकलन गरिएका मध्ये दुइवटा सक्कली लाल मोहर सहित (फोटो कपी) अनुवाद गरिएको छ ।
पूर्वबाट संङकलीत भएका लाल मोहर जाली फर्जी भनिएकोले शुरुमा पश्चिम नेपालमा पाइएको श्री ५ पृथ्वी नारायण शाहले दिएको लाल मोहरलाई अनुवाद गरिएको छ ।प्रस्तुत माथिको लाल मोहरको पूर्ण पाठ - स्वस्तिश्री गिरिराज चक्रचूडामणि नरनारायणेत्यादि विविध विरुदावली विराजमान मानोन्नत श्री मन्महाराजाधिराज श्री श्री श्री महाराजे पृथ्वीनारायण साह बहादुर समसेरजंदेवानां सदा समर विजयीनाम ।। आगे सुरसिंराना तथा कालुषड्काके दलाल एक र्इजाराभित्र पर्याको भन्सार १ पुरानु टुसाल १ येति तिन रकम बाहेक अरु सब ६तिसै रकम ज्या (जो) छ सवमेटि सहर भादगाउँको अमालि वक्सिउँ आफ्ना खातिर जम्मा संग अमलभोग्य गर,सहरको बन्दोबस्त गर्नु प्रजा बसाउँनु,सहर आवाद गरि जमाउँनु जाँइ विजाँइ पर्या,न्याय निरोपन गरि सर्कार विन्ति गरि मामला तोड्नु,कसैले विजाँइ गर्या,विन्ति गरि तम्चि गर्नु गरिवक्सिउँ । इति संवत १८३० कार्तिक वदी ५ रोज शुभम् । (ले-बि.के राना मगर -गोरखा मगरहरु पृष्ट ४४)
इतिहासकार इमानसिं चेमजोङद्धारा संङकलित र डा.स्वामी प्रपन्नाचार्यले नेपालको पूर्व लिम्बूवानमा पाइएको लाल मोहरलाई जाली फर्जी भनी प्राचीन किरात इतिहासमा समेत समावेश गरिएको यो लाल मोहरलाई फोटो कपी सहित अनुवाद गरिएको छ । यो लाल मोहर नेपाल एकिकरण गर्नको लागि पृथ्वी नारायण शाहले लिम्बूवानका मुख्य रायहरुलाई बि.स १८३१ श्रवण २२ गतेमा दिइएको हो । लाल मोहरको पूर्ण पाठ निम्न अनुसार छ -
स्वस्ति श्री गिरिराज चंक्रचुडामुणी नर नर नरयेनि त्यादि विविद विरुदावलि विराजमांन मंमत श्री मंमाहाराज धिराज श्री श्री श्री माहाराज्ये पृथ्वीनारायणी साहा बाहादुर स्यांमस्येर जंङदेवनाम समर विजयेनाम स्वास्ति श्री आगे राजभोरका सामर्थ श्री श्रीसुंन राई श्रीकुंम राई श्रीजंङ राई अरु सबै गैहा लिम्बू राईके पूर्ण मोहोरका पत्रम यथोचित उप्रान्त मिल मिलंमतंम यहाँको लागि ताहालाई कुल चाहियो मेरो धर्म मंन भलो छ तिमीहरु हिजु पनि पिछा बक्सेको हौं तिम्रा मुलुक हाम्रा प्रतापले तिमी तुंतुतुंम्मांहां याहां संन्तांन हारयौ र त्यो मुलुक हाम्रो भयो तापनि तिमीहरु हाम्रै छौ तिंम्रा जहाणको पिछा हामीले लिञ्यूं जजस्को ज्ये तंम्रा खैन पैन र लुंबांगड सिंवांगड असुधलाई सव खत वात सभासुध गरीखानामा हिजुको तिम्रा मुलुक भित्रको सबै थामी बक्सौं तिमीहरु हांम्रा भरदारसंग साँमेल रहौ र मद्धत सघाई हिजु आँपै आँप आँपुगी बसी आये बमोजिम त्यो मुलुक संभार गरी जिमी भूमी रहंज्यालतिंम्रा साखा संन्तांनतंक्क भोगे गर अरु नौलाख र येकपटि तिमीहरु हौना क्ये अर्थले भने अरु राजा मासिने हुदा तिमीहरु राजा नैं भन्ये नमासिने हौ यो तिमीहरुको निति हामीले जानेको छ तर कुराको विस्तार तिंम्रा नाभीमा बसेकोले तिंनले गर्यो सुख्मिंको र हाम्रो घर नभयाको हो हाम्रो भलो मानिस र चौधरिले बोल कुरा गरी गरी गयेको छ उनैबाट कुराको विस्तार बुझयौंला मिलि तिमीहरुको आँपै आँप आँपुगी खैँन पैँन माथी लेखेवमोजिंम जिमीं भूमि जानी चलंन गरी खानु हामीले खोसी मांस्ये मानी पूजी ल्याएको देउताले हाम्रो राजकाज भंङ नासोस भन्या ताँम्ब्राँ पत्र वाचाको तंसली मुलुको लालमोहर वाधी माथी लेखिन्ये लिम्बू कुल भाईलाई दिञ्युं इतिसम्बत १८३१ साल मिति श्रावण सुदि २२ रोज २ वार मुकांम कान्तिपुर राजधानि सुभये स्वम .........................
पृथ्वी नारायण शाहद्धारा बि.स १८३१ श्रावण २२ गते लिम्बूहरुलाई दिइएको लालमोहर । माथिका यथेष्ट प्रमाणहरु र सत्य कुराहरुलाई पनि ढाक छोप गर्दै झूठोसावित गर्न खोज्नु ब्राम्हणवादीहरुले गैरब्राम्हण प्रतिभाहरुलाई उठ्न नदिनु हो । आफै उठेकाहरुलाई पनि घोर तिरस्कार गरी विस्मृतिमा धकेलिदिएका इतिहास उल्लेख गरि साध्य छैना । छुट्टै ग्रन्थ नैं तयार गर्नु पर्छ । इमानसिंद्धारा संङकलीत लालमोहरलाई लाञ्छना लाग्नु पनि त्यसैको नमुना हो । युग -युगमा गैहृ ब्राम्हण विभूतिहरु नेपालमा अवतरित नभएका होइनन् तर यहाँका राज्य सत्ताभारी क्षत्रिय र धार्मिक सत्ताधारी ब्राम्हण बर्गको मिलेमतोमा "ब्राम्हण" मात्र महामानव,जननायक,राष्ट्रिय विभूति,विद्धान,इतिहासकार हुन्छन् भन्ने देखाउँन गैरब्राम्हण प्रतिभाहरुको मुल्याङकन गर्न हिचकिचाउँछन् । यही ब्राम्हणवादी शैली अपनाएर डा.स्वामी प्रपन्नाचार्यले पनि इतिहासकार इमानसिं चेमजोङले संङकलन गरेका लाल मोहरहरुलाई जाली फर्जी भनेर आफ्नै विद्धता प्रदर्शन गरेका छन् । तर फलामको मूर्तिलाइ सुनको जलप लाएर २,४ दिन सुनकै मूर्ति भनिए पनि अन्त्यमा त्यो फलाम नैं ठहर्छ । त्यो जाली फर्जी लाल मोहरको सन्दर्भ पनि उक्त माथिकै भनाई झैं भएको छ । ४० बर्ष लगाएर संङकन गरेको इतिहास कहाँसंम्म सत्यताको तौलमा छ भन्ने कुरा एउटै लेखले स्पष्ट गर्दछ । अर्को शब्दमा पूरानो ब्राम्हणवादी चिन्तन र सोंच कहाँसंम्मको उत्पिडक र अभिजाति छ भन्ने कुरा वेद पुराण र मनुस्मृतिका ऋचाहरुले आफै गजवसंग बोलेका छन् । त्यही ढाँट छलकपट कुराको वेद्धान्ति विद्धान डा.प्रपन्नाचार्यले पनि जाली फर्जी लाल मोहर भनेर सिकेकै जाली सुत्र लागु गरेको हो भन्न सकिन्छ । यि माथीका दस्तावेज इतिहास र लाल मोहरहरुको अध्यनबाट पाठकहरुले मनन् गर्नु हुने नैं छ को महाजाली हो ? कस्ले सक्कलीलाई नक्कली हो भनेर झुठो इतिहासको बिरुवा उर्मादै छ । अरुको धज्जी उडाउँदा आफ्नो विद्धताको धोती फुस्के पछि र्सबाङग देखाउँन लाज लाग्छ कि लाग्दैन ? डा.स्वमी प्रपन्नाचार्यलाई थाहा भएको हुनु पर्छ । ब्राम्हणवादी शामन्त इतिहाकारहरुले अहिले मात्र यसरी शब्दको जाल बुनेर फुटको खेति गरेका होइनान् । युगौं अघि देखि ढाट्ने काम शुरु गरेका थिए । एउटा उदाहरणलाई मनन् गरौं । राजकुमारी भृकुटी (खुचुन) को विवाह तिब्बती राजा श्रङचङगम्पोसंग भएको थियो । नेपाल जोगाउँन भोटमा विवाह गरेर पुगेकी भृकुटीले नेपालबाट अक्ष्योभ्मय मैत्रय र ताराको बुद्धमूर्ति ल्हासामा लगी स्थापना गरेकी थिइन । त्यहीबाट तिब्बतमा बौद्ध परम्पराको शुरुवात भएको विश्वास गरिन्छ । अर्कोतिर शामन्त ब्रामहणवादी इतिहासकारहरु लेख्छन् । भृकुटीको बाबु अंशुबर्मा हिन्दु थिए । यस्तो इतिहासलाई कसरी पत्याउँने ? १८ बर्षी छोरी भृकुटी बुद्धिष्ट हुने तर बाबु भने हिन्दु हुने ? त्यो पनि राज घरानामा ? बाहुन इतिहासकारहरुले यस्तै धुत्याई र फट्याईका कुरा लेखेर आफ्नो ब्रम्हणवादी चिन्तनमा मल हाल्दै आएका छन् । त्यही मल हाल्ने काममा डा.स्वामी प्रपन्नाचार्य पनि एक कदम अघि बढेर लागेका छन् । ब्राम्हणवादी सोंचाईका इतिहासकारहरुलाई त्यतीले नपुगेर किरातकालीन किराती मूर्ति विरुपाक्षलाई ब्राम्हण पुत्र भनियो । किरातीका किरातेश्वर पशुपतिनाथलाई हिन्दुहरुको मात्र भनेर पेडेण्ड लिन लागि परेकै छन् । शायद यही झुठो ब्राम्हणवादीहरुको सोंच र चिन्तनलाई बुझेर जोसमनी सन्त ज्ञानदिलले ब्राम्हणवादीहरु प्रति यस्तो सवाई कथ्न पुगे ।
पशुघात आफै गर्छन् ब्राहृमण जाति
पत्थरमा सिंन्दुर घसी चढाउँछन् पाती ।।
भान्सामा बाख्री पाक्यो धोती पाटा फेर्छन
सुझ न बुझ उसै बकबाद गर्छन् ।।
यसरी यो देशको सत्तामा ब्राम्हणवादीहरु संधै Legitimizer (वैधता प्रदान) गर्ने जात भएपछि आफ्नै पक्षमा इतिहासको मसी खर्ची रहेका छन् । सक्कलीलाई नक्कली र जाली फर्जी भनेर हुँकार गर्नु पनि त्यही ब्राम्हणवादी रागमा लिप्त हुनु हो । डा.स्वामी प्रपन्नाचार्यले त्यो चिन्तनको लयमा राम्ररी तबला बजाएका छन् । हेरौं इतिहासले उनको इतिहास लेखनलाई कसरी धुन हाल्दै जाँदो रहेछ । नेपालको इतिहासमा यस्तो गजडी ढाँट इतिहास खोज्न थाल्यो भने ठूलै चाङ लाग्छ र भनी साध्य र लेखि साध्य छैना । त्यही लेखि साध्य नभएको ढाँट इतिहासको डोरोमा झुण्डिएर डा.स्वामी प्रपन्नाचार्यले संस्कृत भाषामा लेखिएका महत्वपूर्ण ग्रन्थरत्नहरुको अध्यन,अनुसंन्धान तथा विश्लेशण गरी नेपाली समाजको धर्म संस्कृतिको सम्वर्दन तथा रक्षा गर्ने उपायको खोजी गर्नु पर्ने आजको आश्यकतालाई विर्से बाहुनवादी चिन्तन र सोंचलाई नैं सर्वोपरी ठान्दै तिनै ग्रन्थलाई पवित्र,अकाट्य र अपौरुषीय ठानेर अक्षरसः पालन गर्ने लिढे ढिपीमा पोख्त हुँदै किराती इतिहासमा गर्व र किराती हु भन्ने गौरव गाथालाई निमट्यान्न बनाई खाडलमा पुर्दै रमाएका छन् । इतिहासकार इमानसिं चेमजोङको त धर्ज्ज उडाए उडाए अन्य किराती विद्धान इतिहासकार किरात संम्बन्धी चासो राख्ने पाठकहरुको अभिमतसंग डा.स्वामी प्रपन्नाचार्य ठिक उल्टो पाटोमा उभिएर टक्कर लिन्छन् । किराती समुदायले जुन कुरोको सहि वकालत गर्छन् त्यो डा.स्वामी प्रपन्नाचार्यको विपरित रथको पाग्रा भएर गुडिरहेको हुन्छ । उनको भेडीको रागमा कुनै भिन्नता आउँदैन् ।
भौतिकवादी लेखक र साम्यवादी विचारधाराका साहित्यकार मोदनाथ प्रश्रीत आदिआर्य बारे लेख्छन् । गोरो,अग्लो तथा शूरो हाम्रो जातीय गौरव
हामी संसारमा सारा जातिमा श्रेष्ठ आर्य हौं ।
काला,नेप्टे,लुरे,फुच्चे सबैलाई जितीजिती
धपाएर नयाँ ठाउँ खोस्ने हाम्रो परम्परा ।
.........लड्ने लुट्ने,लखेट्ने त यो हाम्रो अधिकार हो
यस्तो सून्दर पृथ्वीमा गोरो नैं बाँच्नु पर्दछ
"काला" कलंक धर्तीका हुन,सारा मास्नु पर्दछ ।.
......के पीर - बीर हौं हामी कि मछौं युद्ध भूमिमै
कि जितेर लिइछाड्छौं" बीरभोग्या बसुन्रा ।
महाकवि लक्ष्मी प्रसाद देवकोटा समेत आर्य सोंच र चिन्तनमा मुछिएका छन् । उनी लेख्छन् । बृक्ष,वन,घाट,नदी समेत आर्य रे ! (महाकवि लक्ष्मी प्रसाद देवकोटाको वन कुसुम) युगौं युग अघि जङ्गलको आवादी गरी आदीबाशी भएका मान्छेहरुको संम्बन्ध यो धर्ती माटोसंग पूरानो संम्बन्ध र इतिहास हुन्छ कि ? उत्तर वैद्धिककालमा यज्ञ- याज्ञादि र धार्मिकपूजा पाठ गर्ने ब्राम्हणहरु कालान्तरमा लखेट्टीए पछि विन्ध्या पहाड र उत्तरहिमालतर्फआईपुगेकाहरुको यो धर्ती माटोसंग नजीकको संम्वन्ध गाँस्छ ? यि यस्ता झुट इतिहास काब्य रचनाको बारेमा एक शब्द खर्चेका छैनान् । आर्य ब्रम्हणहरु जबरजस्ति आफ्नो इतिहासको निर्माण गर्न तल्लीन छन् । डा.स्वामी प्रपन्नाचार्य किरातीहरुले निर्माण गरेको इतिहास र दस्तावेज भत्काउँन र जाली लाल मोहर भन्दै कुर्लिन छाड्दैनान् । यसै मन्त्रलाई जप्दै अर्को हिन्दु पण्डित केशवशरण आफ्नो मत प्रकट गर्दछन् । हिन्दु शब्दको अर्थ सभ्य हो अनादीकालमा किरातहरु सभ्य थिए । त्यसैले किरातहरु आर्य हिन्दु हुन । यो लेखमा जाली फर्जी लाल मोहरको विषय लिएर किन यति लामो प्रसङ्ग तन्काउँनु परेको हो भने डा.स्वामी प्रपन्नाचार्य जस्ता पण्डितहरुले अरुको इतिहास,सांस्कृति र धर्ममाथि धावा बोलेर सक्कलीलाई नक्कली र नक्कलीलाई सक्कली वा किरात इतिहासलाई आर्य सांस्कृतिक धरोहरमा मिसाउँन भर मग्दुर प्रयास गर्दै छन् । यो पक्तिकारको भनाई यो आधुनिक एवं वौद्धिक युगमा मनपरि वेदका ऋचा थपे जस्तै वनावटी इतिहासहरु थप्नु र जप्नु हुन्न । जनैधारी र तागाधारी ब्रम्हण क्षत्रिय र ठकुरीहरुको इतिहास भन्दा भिन्नै किरात इतिहासको जग बसेको छ । त्यही कुरामा किरातहरु रमाउँन चाहान्छन् र आफ्नो अस्तित्व स्वीकार गर्छन् भने किन जबरजस्ति जनै भिराउँने र तिमीहरु जनै धारीको संन्तान हौ भनेर इतिहास रटाउँने - इतिहासको कुरामा बहुमतको अवश्यकता हुँदैन भनेर झुट्टो बहाना बनाउँने - महाभारतको वन पर्वमा क्षत्रिय अर्जुन र किरातेश्वर महादेवको संग्राम सहित ति दुइवीच भएको संम्वादलाई उदारहरण लिने हो भने पनि महादेव पदवी लिने किरातेश्वरका संन्तानहरु आर्य क्षत्रिय हुन सक्दैनन् । तर डा.स्वामी प्रपन्नाचार्य आफ्नै झुठो अडानको थुम्कीमा बसेर यिनै झुठो इतिहासको खेति गदै किरात विद्धान बुद्धिजिवी र इतिहासकारहरुबाट लिखित दस्तावेज,इतिहास लाल मोहर र प्रमाणीत तत्थ्यहरुको विरुद्धमा आफ्नो सम्पूर्ण जीवनको भेडी राग अलाप्दै भेडी गोठालोले पालेको बाघ बनी रहेका छन् । उनका आँखामा चरुरभरी भेडाहरु भ्याँय ....भ्याँय ...गर्दै चर्दै गरेका हुन्छन् । बल गरेर डा.स्वामी प्रपन्नाचार्य पनि गतिलै स्वर निकाल्छन् खैर !त्यो भेडीकै राग हुन्छ । सबैले जानी लिया र डा.स्वामी प्रपन्नाचार्यलाई चेतना भया । tankawanem@yahoo.co.uk
No comments:
Post a Comment