दिपेन योङहाङ
टंक सम्वाहाम्फे
केहि समय अगाडी लिम्वूवान शिर्षकमा एउटा कविता लेखे पछि लिम्वूवान सम्वन्धिका कुराहरुले मलाई
पछ्याई
रह्यो । मनमा पहिले देखि नै विदेशमा वसेर पनि लिम्वूवानको आन्दोलनलाई कसरी
सहयोग गर्न सकिन्छ होला भनेर सोच्दै थिए । लिम्वू भएको हैसियतले आफ्नै
क्षेत्रवाट केहि योगदान दिन सके राम्रो हुने थियो भन्ने लागि रह्यो । तर
गर्ने कसरी ? कुनै गतिलो उपायसंग साक्षातकार हुन सकेको थिएन । गर्ने मन,जोस
जाँगर भएर पनि कहिले कहिँ यस्तै हुदो रहेछ । केहि समय मैले यसरी नै गतिशील
समयलाई त्यसै खेरो फाली रहेको थिए । वास्तवमा समय अत्यान्तै महत्वपूर्ण
हुन्छ यदि सदुपयोग गर्न सकियो भने । दिनहरु वित्दै जादा अचानक लिम्वूवान
सम्वन्धि एउटा व्लगसाईट निर्माण गर्ने योजना वन्यो । योजना वनाएर मात्रै
अवश्य काम पुरा हुने होईन । पाठकहरुको लागि गतिलो सामग्री चाहियो तव न
व्लगको यात्रामा आउने हुन् । यस्तै आदि र्इत्यादि कुराहरुले त्यसै सताई
रह्यो । तर जसोतसो लिम्वूवानको नाममा लिम्वूवान व्लगस्पोट डटकम(
http://www.limbuwan.blogspot.com/)
वनाएरै छाडे । विस्तारै लिम्वू सम्वन्धि विविध जानकारी मुलक कुराहरु
सम्प्रेषण गर्दै लैजाने उदेश्य र योजना सहित यो व्लगसाईट तपाईहरुको सामु
आएको हो । आखीर व्लगसाईट नै किन ? वेबसाईट नै बनाउन सकिन्थ्यो तर हंगकंग
जस्तो समय अभाव हुने ठाउँलाई मध्यनजर गरेर अलि सजिलो उपाय राजेको हुँ । यहा
व्लग सन्चानल गर्ने समय नै नभएको वेला वेबसाईट कहिले निर्माण गरेर
पाठकहरुको सामु ल्याउने ? यिनै कारणहरुले गर्दा पनि व्लगलाई अगाडी बढाउनु
परेको हो । तर आजको साईवर भिलेजमा व्लगसाईट र वेबसाईट उस्तै ढङ्गले अगाडी
बढी रहेछ । अहिले विश्वमा व्लगको प्रयोगकर्ता दिनानुदिन वढ्दै गएकाछन् ।
किनभने वेबर्साईटको जस्तो वेब डिजाईन,डोमीन नेम र र्सभरको झन्झट व्यहोरी
रहनु पर्दैन । जसरी पनि पाठकहरुको सामु सम्प्रेषण गर्नु पर्ने सामग्रीहरु
सम्प्रषण भएरै छाड्छन् । वेबसाईटमा जस्तै विभिन्न आकर्ष डिजायनहरु देखाउन
नसकिएला तर वेबसाईट भन्दा कमजोरी व्लगसाईट अवश्य हुदैन । संसारमा
ब्लगसाईटहरुको लोकप्रियता बढेकोले वेबसाईट कर्ताहरु तर्सिएकाछन् । कतिपय
ठाउँहरुमा ब्लगसाईटहरुले सोच्दै नसोचेको लोकप्रियता हाँसील गरेको छ ।
त्यसैले साथीहरु वेबसाईट धमाधम बनाई रहनु भएको वेला म भने ब्लगसाईटतिर
लोभिएको छु । लिम्वूवान सम्वन्धि अन्य वेबसाईट र व्लगसाईटहरु अवश्य नभएका
होईनन् तर हंगकंगबाट भने त्यस्तो प्रकारको गतिविधी सन्चालन गर्ने कुनै
साईटहरु नभएकोले पनि म यो काम गर्न तम्सिएको हुँ । हंगकंगमा पहिले देखि नै
लिम्वूहरुको उपस्थिती उल्लेख्य छ । त्यसैले आफ्नो भाषा संस्कृति जगेर्ना
गर्न यो ठाउमा पाईला टेके देखि नै लागि परेका छन् । तर ती कुराहरुलाई
दुनियाको सामु वा विश्व सामु पुर्याउँने माध्यम र ब्यक्ति नभएकोले त्यो
रित्तो स्थानलाई मैले ठाउँ भर्ने काम गरेको हुँ । आजको युगमा वेबर्साईट र
व्लगसाईट यति लोकप्रिय भएर गयो प्रत्येक मान्छे त्यहि साईटहरुमा सधै
रमिरहेको पाईन्छन् । किनभने मोवाईल इन्टरनेट प्रणालीले हरेकको गोजी मै
विश्व गतिविधीलाई पुर्याई दिएको छ । चाहेको वेला विश्वको घट्ना तुरुन्तै
जानकारी लिन सकिन्छ । त्यहि अनुरुप हंगकंगको गतिविधीलाई अन्य मुलुकमा छरीएर
रहनु भएका लिम्वू दाजुभाई दिदीवहिनीहरुको समक्ष पुर्याउनु यस व्लगसाईटको
उदेश्य भित्रका कुरा हुन् । मुल उदेश्य भने लिम्वूवान स्वायत राज्य पुन
स्थापनाको लागि जनसमर्थन जुटाउनु हो । उदेश्य भित्र कै उदेश्यहरु भाषा
संस्कृति भेषभुषा विकास साथै संरक्षण सम्वर्द्घन गर्नु पनि हो । तर सवै
सेवाहरु यो व्लगसाईटले दिन सक्छ वा सक्दैन म अहिले नै भन्न सक्दिन तर सक्दो
प्रयास भने निरन्तर जारी रहने नै छ । यसको लागि एक्लो प्रयासले कहिले पनि
सम्भव हुदैन । तसर्थ तपाई हामी लिम्वू दाजुभाई दिदीवहिनीहरु जुट्नु
अनिवार्य छ । हातमा हात र साथमा साथ भए मात्र सवै कुरा सम्भव भएर जान्छ ।
समयसापेक्ष मानिसले आफ्नो पाईला चाल्दै लानु पर्ने भएकोले हरेक पक्षलाई
हामीले मनन् चिन्तन गर्दै लानु हाम्रो कर्तव्य भित्र पर्दछ । हामी लिम्वू
जातिहरु नेपालको परिप्रेक्षमा निक्कै पछाडी परेका छौ । यसो हुनुको प्रमुख
कारण राज्यले उपेक्षा गर्नु हो । हामी संग पनि सीप क्षमता छ तर त्यसलाई
राज्यले उपयोग गरी दिएको छैन । जुनवेला नेपालमा फुटाउ र शासन गर भन्ने निति
लागू गरीएको थियो अप्रत्यासीत रुपले तर त्यो निति सवै जनताले थाहा पाए पछि
धेरै समय टिक्न सकेन । फलस्वरुप विभिन्न चरणका आन्दोलनहरु भए नेपालमा र
भैरहेकाछन् । निरन्तर चलिरहन्छ नेपालका जनताले चाहे अनुरुप शासन प्रणाली जव
सम्म नेपालमा आउदैन । वरु आन्दोलनको स्वरुप वढ्दै जान्छ फेरिदै जान्छ ।
तिनै आन्दोलन भित्रको आन्दोलन लिम्वूवानको आन्दोलन पनि एक हो । संयुक्त
राष्ट्र संघले समेत अनुमोदन गरेको निती जातिय उत्थानको लागि आत्मनिर्णयको
अधिकार सहित स्वायत राज्य पाउने भएकोले लिम्वूहरु पनि जातिय उत्थानको लागि
लिम्वूवान स्वायत राज्य पुन प्राप्तिको लागि आन्दोलनमा होमीएका हुन् ।
हालको अन्तरीम सरकारले त्यतातिर खासै ध्यान नमोडे पनि कुनै न कुनै दिन
सरकारले लिम्वूवान स्वायत राज्य घोषणा गर्न बाध्य हुनुपर्छ । यदि सरकारले
यसो गरेन भने लिम्वूहरु भोलि गएर अन्य शसस्त्र गतिविधीमा समेत उत्रन सक्छन्
। त्यसको लागि समय मै सरकारी पक्षले आफ्नो ध्यान जातिय स्वायत राज्यको
पक्षमा मोड्नु पर्ने हुन्छ । केन्द्रिकृत सरकारले नेपालका जनजातिहरुलाई
सदियौ देखि थिचोमिचोमा पार्दै आएका छन् । तसर्थ अव त्यो थिचोमिचो
जनजातिहरुले सदासदाको लागि अन्त्य चाहान्छन् । तसर्थ सरकारले चाडो भन्दा
चाडो लिम्वूवान स्वायत राज्य घोषण गरोस् भन्ने सम्पूर्ण लिम्वानवासी
लिम्वूहरुको चाहाना हो । अन्यथा जति यो घोषणलाई पछाडी सार्दै लगिन्छ उति
उति जटिल समस्याहरु थपीदै जान्छन् । विश्वको अन्य मुलुकहरुमा पनि जातिय
स्वायत राज्यहरु भएको थुप्रै उदाहरणहरु छन् । तर नेपालमा भने पुरानो
मानसिकता पालेका नेताहरुले जातिय स्वायतता माग गर्नु देशलाई बिखण्डन तिर
धकेल्नु हो भन्ने सोच्दछन् । हामीले कहि पनि सुनेका छैनौ जातिय स्वायत
राज्य घोषणा गरेर देश बिखण्डीत भएको त्यो मात्र तानाशाही मनोवृति हो ।
किनभने सम्पूर्ण शक्ति आफ्नै हातमा लिएर अरुलाई उठ्न नदिने महत्वकांक्ष
पाल्नु मात्र हो त्यो । अहिलेको विश्व परिस्थितीमा धेरै विषयबस्तु र
नितीनियम हेरफेर भैसकेको छ । त्यसलाई पनि हामीले मध्यनजर गर्नु पर्ने हुन्छ
। आफुलाई जे लागेको छ त्यहि निती मात्र अख्तियार गर्ने हो भने देश पुन
विद्रोहको दलदलमा फस्न सक्छ । देश विकास र जातिय उत्थानको लागि नेपालको
परिवेशमा संघीय राज्य अन्तर्गत जातिय स्वायत राज्यहरु हुनु युग सुहाउँदो नै
हुनेछ । पृथ्वी नारायण शाहको पाला देखि ज्ञानेन्द्र शाह सम्मको
केन्द्रिकृत शासन तपाई हामीले देखेकै हौ भोगेकै हौ तर खोई काहा जातिय
उत्थान भयो र ? वरु उल्टै शाषीत पीडीत दमीत उपेक्षित वन्नु पर्यो । त्यहि
क्रुरता र तानाशाही भएकै कारणले जनआन्दोलन मार्फत जनताले शाही शासनलाई
अन्त्य गरीदिएकाछन् । तसर्थ अव वन्ने नयाँ लोकतान्त्रिक सरकारले संघीय शासन
अन्तर्गत जातिय स्वायत राज्य दिई हरेक जातिहरुलाई सम्वोधन गर्नुपर्दछ । आज
सम्म हामी नेपाली जनताले चाहेको पनि त्यहि नै हो जस्ले गर्दा सम्पूर्ण देश
र जनताको भलाई हुन्छ ।
No comments:
Post a Comment