Bhimsen Limboo
मलाई
पनि यो चाहिँ नौलो कुरा लाग्यो है पदमजी । यलम्बरका सन्तान लिलिमहाङ
पूर्वतिर गएको भन्ने चाहिँ अलि पत्यारिलो नभएको जस्तो लाग्दछ ।
इसापूर्व ८०० तिर काठमाडौँ उपत्यकामा यलम्बरहाङ र उनका उत्तराधिकारीहरुको शासन थियो भनिन्छ । यलम्बरसमेत कसैले ३२, कसैले २९, कसैले १६ पुस्ताले त्यहाँ राज्य गरे भन्ने पाइन्छ । उहिले पूरै नेपाल र यस वरपर विभिन्न किरात राजाहरुको राज्य थियो भन्ने चाहिँ प्रेमबहादुर माबोहाङ र भुपेन्द्रनाथ शर्मा ढुङ्गेलको पुस्तक तथा इमानसिंह चेम्जोङका इतिहाससम्बन्धी ग्रन्थहरुमा उल्लेख भएको पाइन्छ । एकछत्र राज्य त हैन शक्ति र सामथ्र्य अनुसारको छरपस्ट राज्य थिएछ ।
उपत्यकामा राज्य चलाउने यलम्बरपछिका राज्याधिकारीका नामहरुमा लिलिमहाङ रहेको देखिँदैन । तर ती बाहेक यलम्बरहाङपछि का छत्तीसौँ किरात राजा यक्नेहाङका छोराहरु लिलिमहाङ र खाम्सोहाङ थिए भनिएको छ । अर्थात् यलम्बरभन्दा धेरै समयपछि किनभने बीचमा सोमवंशीहरुले किरात राज्यलाई विस्थापित गरी राज्य गरे र पछि सोमवंशी भास्कर ब्रम्हाको पालामा मुरेहाङ वा सिङयुक हाङले राज्य चढाइ गरी उपत्यकामा सोमवंशीहरुलाई विस्थापित गरी पुनः किरात राज्य खडा गरे भन्ने उल्लेख गरिएको छ ।
प्रेमबहादुर माबोहाङका अनुसार सेन्छेन्हाङ नामका एक किरात राजाका दस सन्तान थिए र तिनै दस सन्तानका सन्ततिहरु नै हाल नेपालका मगर, गुरुङ, याक्खा, थारु, दनुवार, सुनुवार, याङफु, लहरुङ आदि हुन् भनिएको छ । ती दस सन्तान मध्ये जेठो योक्तुम्बाहाङको सन्तान याक्थुङबा हालका लिम्बूहरु हुन् कि । किनभने लिम्बूहरुले आफूलाई याक्थुङबा भन्दछन् ।
किरात लिम्बूका पूर्खाहरु गढीका मालिक वा राजा हुन्थे र गढीको जेठो वा अगुवालाई 'यक्तुम्बा' भनियो र यक्तुम्बा बाटै "याक्थुङबा" भएको पनि भनिएको छ ।
इसाको बाह्रौं शताब्दीतिर आठ आपुङ्गी राजाहरुलाई हराइ दस सरदारहरुले सङ्घीय राज्य खडा गरे । उनीहरुले आफुलाई लिम्बू र राज्यलाई लिम्बुवान घोषणा भन्ने इमानसिंहको पुस्तकमा वर्णित छ ।
किरात लिम्बूहरुको उत्पति पूर्वी नेपालतिरै भएको भन्ने मुन्धुमी आख्यानहरु र त्यसमा वर्णित स्थलहरु र ढुङ्गामाटोहरुले पुष्टि गरेको बुझिन्छ । जस्तो, लाहादोङना र सुहाम्फेबाका बीच विवाह भई सन्तानहरु जन्मेको ठाउँ ताप्लेजुङको लेलेप हो भनी उल्लेख भएको पाइन्छ । त्यसआधारमा किरातहरु पूर्वबाट पश्चिम, उत्तर दक्षिण चारैतिर फैलिएको देखिन्छ । नेपालमा चाहिँ पूर्वदेखि पश्चिमतिर काठमाडौँतिर फैलिएको र राज्यविमुख हुँदै गएपछि पूर्वतिर मात्रै सीमित रहन गएको बुझिन्छ ।
आधुनिक नेपालमा लिम्बू र लिम्बुवान भन्ने अवधारणा स्थापित भएको हो । खासमा लिम्बूहरु आफूलाई याक्थुङबा भन्छन् । परस्पर याक्थुङ पान्दाङ (लिम्बू भाषामा) कुराकानी गर्दा लिम्बू भन्ने उल्लेख गर्न सकिँदैन ।
कुनै लिम्बूलाई तिमी लिम्बू कि क्षेत्री हाउ भनी सोध्दा "खेने? याक्थुङ् बि पेनी हाउ ?" भनिन्छ । तर "खेने? लिम्बू बि पेनी हाउ ?" भनिँदैन । किनभने याक्थुङ पाःन (लिम्बू भाषा)मा र मुन्धुममा पनि लिम्बू भन्ने शब्द पाइँदैन ।
तैपनि समग्रमा लिम्बू जातिलाई चिनाउने र चिनिने अर्थ यसले बोक्न पुग्यो । हामीलाई लिम्बू र लिम्बुवान भन्न सजिलो लाग्दछ तर याक्थुङ र याक्थुङलाजे भन्न असजिलो लाग्दछ ।

No comments:
Post a Comment