Tuesday, May 22, 2012

बि.स १८३१ ताका पृथ्वी नारायण शाहको नेपाल एकिकरणको नाममा खम्बुवानमा आक्रमण हुँदा अरुण पारका खम्बु

by Deepen Yonghang on Sunday, April 29, 2012 at 1:35pm ·
  • Tanka Wanem

    काका जि लिम्बूहरुले आत्मा समिक्षा गरे जस्तै लिम्बूवानमा बस्ने गैह् लिम्बूहरुले पनि आत्मा समिक्षा गर्ने वेला आएकोछ। लिम्बूवानका हाम्रा पुर्खाहरु सहृदयी मरणको शरण नगर्ने भएको भए अहिले लिम्बूवान नामाकरण हुँदैन थियो। मेरै बाबु बाजेले चार दामे र छ दामे बाहुनहरु रैति बसाएका थिए। अहिलेसंम्म गाउँमा सानसंग बसिरहेका छन। लिम्बूहरु त्यस्तो मूर्ख हटवादी र अतिवादी हुने भए रस्ति बस्ति बसाएर दुनियाँलाई आफ्नो किपट जग्गा गैर जातजातिलाई बुझाउँदैनथे। वा अहिलेको लिम्बूवानमा सम्पूर्ण जातजातिको बसोबास हुँदैन्थ्यो।
    बि.स १८३१ ताका पृथ्वी नारायण शाहको नेपाल एकिकरणको नाममा खम्बुवानमा आक्रमण हुँदा अरुण पारका खम्बु वा हालका राईहरु आफ्नो थातथलोबाट विस्थापित हुन पुगेका थिए। विस्थापित भएका राईहरु टाउको माथि पोको पोन्तेरो बोकेर महाभारत डाँडा पार गर्न लहरै ताँती लागेर सिमाना पार गर्न हिँडि रहेका थिए। त्यहाँका स्थानियवासी लिम्बूहरुवीच प्रश्न उत्तर हुँदा प्रश्न गर्नेले भनेछ हौ यी सिङसेबा (बाँदर) जस्तै टाउकोमा पोको पन्तेरो बोकेर कता लागेका हुन हो भनेर सोधेछ। उत्तर दिने लिम्बूले भनेछ मेन्ना हो कन्हाग खम्बुहाङसिनिया हो पेनीहाङले नात्तुसिबा सिङसेबा हेक्के मेघेत्छिङबा (होइन हो यिनीहरु खम्बुहरु हो बाहुन राजाले लघारे पछि बाँदरको हुल झैं प्रदेस लागेका हुन) भनेछ। तिनै राईहरुलाई लिम्बूवानको इलाम,पाँचथरतिर शरण दिए पछि उक्त क्षेत्रमा राईहरुको बसोबास शुरु भएको हो। काका श्रीले भन्नु भए जस्तै लिम्बूहरुमा मानवताको विवेक नभएर लडन भिडन र अरिङगालको गोला जस्ता मात्रै हुन्थे भनेत त्यती वेलाको काँचो लिम्बूहरुले ठोकि हाल्थे नि। अथवा त्यस्तो दया माया र सबै मिलेर बाँचौं भन्ने भावना नहुँदो हो त नागाले कछाडी फाँडे जस्तै फाड्न खेदन सक्थे तर इतिहासमा लिम्बूवानको इतिहासमा बि.स २००७ को अपवाद बाहेक कुनै त्यस्तो जातियतावारे घटना भएको छैन। लिम्बूहरु सोझा सिधा र ख्याल ख्यालमा चार इन्चको हसी मजाक गर्ने सांस्कृतिक परम्परा भएको हुनाले आफ्नो भुमिको अधिकार र सांस्कृतिक साम्राज्यको लपेटामा जलेका हुन। काका जि लिम्बूहरुसंग खुव डराउनु हुन्छ किन होला? जो कि लिम्बूहरुले कहिले पनि घाँटीमा छिनाउने गरि ताक्दैनन्। ताकि हाले पनि ताछने हिसावले मात्र ताक्छन। म पनि जमानामा निकै फौदारीवाले थिएँ। सोल्टी मेलामा सेरजुङगेहरुसंग फौदारी पर्दा तीन काँध्ला नाँघेर फुक्त के उफ्रेको थिएँ। सन्धीको थैली त चोकेमै उनिन पुगेछ। धन्न नपुङसक चाँहि भइएन। यस्ता मामुली फौदारी हुनु वा मेलामा हा हा हो हो गर्ने चलन त लिम्बूवानको सांस्कृतिक परम्परा नै हो नि।
  • Tanka Wanem
  • अर्को प्रसङगमा जाऔ है काका अलि लामो पो भयो कि हो?त्रिशुली देखि मेची नदीसंम्म किरात प्रदेश माग्ने राईहरुले के बुझेका छन भने योक्नेहाङका छोराहरु दुई भाई थिए। लेलिसोका संन्तानहरु लिम्बू भए र खामसोसोका संन्तानहरु राई भए। त्यसो भएको हुनाले यी दुवै वंश एउटै किरातका संन्तान हुन। तर काका जि यो बुझाई गलतछ। हाम्रा इतिहासकारहरुले यो इतिहासवारे गहिरो खोज अनुसंन्धान गरि जन समक्ष ल्याएका छैनन्। कुरो के हो भने लिम्बूवानमा लेलिम्सोको संन्तानहरुको रक्त मिश्रण छ तर लिम्बूवानमा भएका सबै लिम्बूहरु लेलिम्सोका संन्तानहरु मात्र छैनान। मतलव किरात राईहरुले अनुमान वा अध्यन गरे जस्तो वंश मात्र छैन। इ.पु २२०० बर्ष अघि देखि नै महाफेदापमा यक्के–नावा सावा येत्हाङ वंशी मानवहरुको बसोबास थियो। ति मानवहरु ढुङगाको ओढार बनाएर बस्ने गर्दथे। ति ढुङगाका ओढारहरु यद्यपि महाफेदापमा छदैछन। इ.पु ५०० तिर लुकथोयोको नेतृत्वमा हाल सिम्राङगढबाट महाफेदापमा आई नक्के नावा वंशसंग मिश्रण भए पछि भुइँ फुट्टा महा वंशमा रुपान्तर भएको थियो। बि.स २५० तिर योक्नेहाङको जेठा छोराका कुल कविला काठमाण्डौ पूर्व लागि तत्कालीन महाफेदापमा आए पछि ति तिन वंशको महा वंश याक्थुङबा भएको हो।
    यदी लिम्बूवानको लिम्बूहरु लेलिम्सोका संन्तान मात्र हुँदो हो त लिम्बूहरुले गर्दै आएको तङसिङ अनुष्ठानको मुन्धुमी शब्दहरु कुनै न कुनै राई थरका वंशले केही न केही बुझ्ने थिए। त्यसकारण यो बुझाइमा राई मित्रहरु स्पष्ट हुनु पर्छ। हामीलाई समानन्तर इतिहासको गोर्‍याटोमा डोर्‍याउँने किरात शब्द मात्र हो। भनाईको अर्थ लिम्बूहरु किरात प्रदेश प्रति अनिच्छुक हुनुको भित्रिया कुरा पनि यही हो भन्ने मेरो ब्याक्तिगत अनुमान हो। अन्त्यमा जसरी हामी तागा वा जनैधारीहरुलाई पर्यावाची शब्द एकात्मकवादी शब्द प्रयोग गछौं त्यस्तै लिम्बूहरुलाई लिम्बूवानवादी वा खम्बूहरुलाई खम्बूवानवादी भन्न र सुन्नमा केही सभ्य र शालीन सुनिन्छ। सिधै लिम्बू शब्दको प्रयोगले Chalenge को फिलुङगो सल्काउँछ। त्यो भनेको जातिय आक्षेपको शुरुवाति द्धन्द्ध भन्ने बुझीन्छ। नेपालमा जातिय पहिचान सहितको सङघियता हुनु पर्छ वा पर्दैन भन्ने वहस हो तर जातिय आक्षेप लाग्ने हिसावले शब्दहरुको प्रयोग नगर्नु राम्रो होला। तपाई काका मुसाफिर हुनु हुन्छ फेरी आफ्नै दाजु भाइलाई लाप्पा खेलाउने शिखण्डी वा शकुनिको पाठमा शन्त मुसाफिर त हुनु भएन नि कि कसो काका? तपाईले सारा संसारलाई सङघियताको सवालमा वहस गराउँनु होस,नकि जात जातिवीच होइन।मुसाफिर काका
  • भनेपछी वानेम सरसँग मैले नसक्ने रछु । गुरु माने .. बल्लबल्ल एक जना लिम्बु गुरु भेट्टाए खुशी लाग्यो ।मैले त सोचेको थिए राइ र लिम्बुहरुको पुर्खा त एउटै थिय होलान तर हाम्रो नातो त किराँत शब्द सँग मात्रै पो रछ .. हेत्तेरिका .. यस्तो थाहा हुन्थ्यो भन्ने जानेको भयता यो इतिहाँसनै नजानेको भए हुन्थ्यो जस्तो लाग्यो ।अन्तमा त्यो राइलिम्बु लडाउने मुसाफिर सन्त भन्ने शब्द चाँही तुरन्तै फिर्तालिनु होला भन्ने अनुरोध गर्छु । तपाईंहरुले बाँदर भनेपनी म सिङ्सेवानै हुँ सान्तिप्रेमी युद्ध नचाहने, त्यसैले त मेरोपुर्खाहरु सान्ति र अमनचैनको खोजिमा टाउकोमा पोको बोकेर हिंडे र आजपनी हाम्रो बँसजमा प्रेमभाबनै छ सबैमा ।हा हा हा .. शिखन्डी , शकुनी .. नारायण .. नारायण .. नारायण .. यस्तो जनैको जुम्रा भन्दापनी तल्लोछरिको उपनाम चाँही नदिउन हाउ साथी हो ..

No comments:

Post a Comment