सुकदेव चामलिङ राई/बाहुनवाद
र अन्धजनजातीय प्रवृत्तिका कारण राज्य पुनर्संरचनाको सवाल जटिल हुँदैछ। राज्यको
पुनर्संंरचना उच्चस्तरीय सुझाव आयोगले पारित गरेको ११ प्रदेशको सुझाव प्रतिवेदनलाई
निकम्मा बनाउन बाहुनवादी चिन्तन हाबी भएको देखिन्छ। किनभने राजनीतिक निर्णयको मूल
स्थानमा बाहुनको संख्या अत्यधिक छ।
नेपाली समाजमा हाल दुई
खतरनाक प्रवृत्तिबीच संघर्ष भइरहेको छ। पहिलो लामो समयदेखि समाजमा प्रभाव जमाउन
सफल र त्यसबाट फाइदा लिँदै आएको बाहुनवादी प्रवृत्ति र अर्को राजसंस्थाको पतनपछि
विकसित संक्रमणकालीन परिस्थितिमा एकनश्लीय हैकमको मात्रै वकालत गर्ने अन्धजनजातीय
प्रवृत्ति। यी दुई प्रवृत्तिबीच टकरावले गर्दा राज्यको पुनर्संंरचना र शक्तिको बा " डफा " टमा असर
परिरहेको छ।
अढाई शताब्दीसम्म ' मनु ' विचारधारामा निर्मित
अमानवीय नीति वा व्यवस्थाद्वारा मुलुक सञ्चालन हुनु नेपाली समाजको निम्ति विडम्बना
थियो। राणा शासनको पतन नहुन्जेलको कालखण्डमा अँगालिएको ' जातप्रथा ' नै ' मनु विचारधारा ' द्वारा निर्मित राजकीय
कानुन थियो। त्यसलाई सन् १८५४ मा जंगबहादुर राणाले प्रचलनमा ल्याएका थिए। आदिवासी
जनजातिको स्वतन्त्र राज्य अन्त्यपछि नेपालमा प्रयोगमा ल्याइएको प्रथम कानुनै त्यही
थियो । त्यही मुलुकी ऐनको रुपमा परिचित छ।
राणा शासनविरुद्ध
व्यापक राजनीतिक क्रान्ति भएपछि २००७ सालमा प्रजातन्त्र प्राप्ति भयो। तर , त्यही ' मनु विचारधारा ' का प्रभाव शासक वर्गमा
अर्को स्वरुपमा प्रकट भएको देखिन्छ जसको उदाहरण २०१७ सालको शाही ' कु ' मान्न सकिन्छ। त्यो
बेला निर्वाचित प्रतिनिधि मण्डललाई नियन्त्रणमा लिई राजा महेन्द्र शाहले सत्ता
लिएका थिए। यसपछिका वर्षहरु पनि समाजको बहुल चरित्र र जनआकांक्षाभन्दा धार्मिक
आडमा सामन्ती सत्ता टिकाएको देखिन्छ। राजसंस्थाको पतन नहुन्जेल धूर्तहरुको इशारामा
मुलुकले लामो समयसम्म दुरावस्था भोग्नुपर्यो । त्यसमा ' मनु ' विचारधाराको प्रभावमा
बनाइएको जातप्रथाले काम गरेको थियो। कालान्तरमा त्यही जातप्रथा बाहुनवादको रुपमा
विकसित भएको हो। त्यो नेपाली सामाजिक विकासको बाधक थियो। समाजमा जबर्जस्ती लादिएको
निरंकुश र सामन्ती राज्यको सञ्चालनमा बाहुनवाद हाबी थियो। त्यो कति अमानवीय , अन्यायपूर्ण र
विभेदपूर्ण थियो भन्ने राजसंस्थाको पतनपछि उठेका स्वतःस्फूर्त आक्रोशहरुले
अभिव्यक्त गरिरहेको छ।
सारांशमा बाहुनवाद पेसा
वा कार्यको आधारमा पाइने सामाजिक पदवी वा सम्मान हो। प्राचीन हिन्दू शास्त्रअनुसार
ईश्वरद्वारा प्रदत्त मानवबीचको वर्गीकरण अर्थात् सृष्टि हो। लेखपढ गर्ने , धर्मग्रन्थ प्रवचन र
राज सल्लाहकारका रुपमा ब्राह्मणलाई सृष्टिकर्ता ब्रह्माले मुखबाट जन्माएको विश्वास
छ। त्यसैले ब्राह्मण समाजको सर्वश्रेष्ठ र उच्च श्रेणीका मानव वा जात हुन्।
त्यसैगरी राजकाज सञ्चालन , युद्ध वा राज्यको सुरक्षानिम्ति ब्रह्माको पाखुराबाट जन्माइएका क्षेत्रीय हुन्।
उनीहरु राज्यको दोस्रो तहका जाति हुन्। राज्यमा व्यापार / व्यवसाय र कर तिर्ने
वैश्य र शासित वा सेवकका रुपमा शुद्रलाई ब्रह्माद्वारा क्रमशः तिघ्रा र पैतलाबाट
जन्माएको हुन् भन्ने काल्पनिक र अव्यावहारिक व्यवस्थाको वकालत गर्ने ' वाद ' नै ' मनुवाद ' थियो। उल्लेखित जात र
कर्म गर्न ईश्वरले धर्तीमा जन्म दिएको भन्ने अन्धविश्वासी कुराको आधारमै राज्य , शासक र शासित ( जनता ) भएका हुन् भन्ने गलत
विश्वासमा आधारित धारणा नै बाहुनवाद हो। त्यसकै आडमा समाजमा चरम शोषण थियो।
अझै पनि बाहुनवादी
चरित्र मानिसहरुले त्याग्न नसक्दा मुलुकले चाहेको परिवर्तन सम्भव नभएको हो।
अर्कोतिर जनजातिहरुबाट आएको विचार पनि कम अतिवादी छैन। उनीहरुका अनुसार ' बाहुन / क्षेत्रीले बाहिरबाट
आएर रैथाने आदिवासी जनजातिलाई भूमिहीन बनाए। त्यसैले उनीहरुलाई बहिष्कार
गर्नुपर्छ। देशका सबैभन्दा प्राचीन जाति मंगोल नश्लका हुन्। शासन पनि मंगोलले नै
गर्नुपर्छ। बाहुन / क्षेत्रीलाई लखेट्नुपर्छ ' भन्ने किसिमको जनजातिबाट विचार पनि खतरनाक छ जसलाई
अन्धजनजातीय प्रवृत्ति भन्न सकिन्छ। यसखाले विचारको नेतृत्व मंगोल नेसनल
अर्गनाइजेसनले गरिरहेको छ। झट्ट सुन्दा र दुई सय ३८ वर्षसम्मको उत्पीडन सम्झँदा
ठीक लाग्न सक्छ। तर , यस्तो खाले अतिवादी र अन्धजातिवादी विचार व्यावहारिक देखि " दैन। किनभने
समाज विकासक्रमको प्रारम्भिक चरणमा एक समुदायले अर्को समुदायमाथि हमला गरी
शासनाधिकार जमाउनु स्वाभाविक थियो। साथै स्थायी राज्यको विकास र चेतना नहुन्जेल यो
क्रम जारी थियो। स्थायी राज्यको विकासपछि नै सामन्ती राज्य व्यवस्थाको उदय भएको
पाइन्छ। नेपालमा पनि सामन्ती राज्यको उदयपछि मात्रै जाति - जनजातिबीच लडाइँ समाप्त
भएको पाइन्छ। बरु , यसपछि राज्यको वैधानिक निकाय सेना , प्रहरी , न्यायालयमार्फत शासक वर्गले शासन गर्न थालेको हो। त्यसको
चरम मारमा नेपालका आदिवासी जनजाति परे। यसो भन्दैमा विगतलाई सम्झेर अतिवादी सोचबाट
समाधान खोज्नु मूर्खता हो। त्यस्तो विचार समयसापेक्ष छैन।
सुखद भविष्य
निर्धारणनिम्ति इतिहासबाट शिक्षा लिनु आवश्यक छ। सबैबीच सहकार्य , सद्भाव र सहिष्णुता
विकास हुनुपर्छ। त्यसका लागि दुवैखाले अतिवादी विचारको नियन्त्रण हुनुपर्छ। शासक
वर्गले जनजातीय उत्पीडन बुझिदिनुपर्छ। जनजातिले तत्कालीन वस्तुस्थिति बुझ्न
सक्नुपर्छ। एकअर्काले आपसका पीडा , दुःख र वेदना बुझ्ने कोसिस गरेनौँ भने समृद्धितिर
नभई दुर्गतितिर धकेलिनुपर्छ।
No comments:
Post a Comment