पिपलपाते एमाले नेत्रित्व । चमेरो जस्तो । आफ्नो कुनै अडान छैन । जता काफल पाक्यो उतै एमाले चरी छमछम नाच्ने गर्छ । नीति एकथोक छ काम अर्कै थोक । एमालेले न लेखेको आदर गर्छ । न बोलेको ख्याल गर्छ । न जनताको आकांक्षा के छ बुझ्छ । न देशलाई के कसरि निकास दिन सकिन्छ भन्ने हेक्का राख्छ । न कांग्रेसलाई निकट पार्छ न त माओवादीलाई खुशि पार्न सक्छ । उसको काम भनेको गोलमडोल बोल्ने । समय परिस्थिति अनुसार जतिखेर जे बोल्नुपर्छ बोल्ने । पार्टीको दस्ताबेजमा जेसुकै होस् । संविधान सभाको निर्वाचनमा एमालेले जनतालाई भन्यो “हामी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री कार्यकारी प्रमुख हुने र संसदवाट छनौट गरिने आलङकारिक राष्ट्रपतीका पक्षमा”। तर अहिले ति दुईबिच शक्ति बाँडेर मिश्रती बनाउने रे । हेर एमालेको घोषणा !आफ्नो चुनावी घोषणामा त्यहि फलाक्दैमत लियो । तर अहिले घरि माओवादीतिर फर्केर खुट्टो उचाल्दा घरी कांग्रेसतिर फर्केर साउती मार्दा मिश्रती ब्यवस्थामा ल्याप्चे ठोक्यो । जनताले मत हालेर जिताउने कार्यकारी प्रमुखमा अडान लिन सकेन । तर जिउँदै रहेछन् है एमालेमापनि केहि त । ४२ भाइ सभासद निस्किएर एमालेको चमेरे नेत्रित्वलाई चुनौति दिएका छन्, खबरदार पाइन्न पार्टी अडान छोड्न र जनताको मतलाई कुल्चिन भन्दै । तिनलाई स्यावासी दिनै पर्छ ।
जानी बुझ्ने भन्छन् कांग्रेसलाई डर छ, जनताले चुनेको कार्यकारी राष्ट्रपतीलाई अधिकार सम्पन्न बनायो भने माओवादी प्रचण्डले झ्याम पार्छन् । प्रचण्डलाई टक्कर दिने कसले ? प्रचण्डले जित्ने भएकोले त्यसलाई नत्थी लगाउन प्रधानमन्त्री र राष्ट्रपतीलाई अधिकार बाँडेर दुई गोरुले बयलगाढा तानेझैं समनान्तर शक्ति सम्पन्न बनाउनुपर्छ । यसको अर्थ हो, प्रचण्डले जितेर राष्ट्रपती भए प्रधानमन्त्रीले नत्थी तानोस् । बरु अस्थिरता भए होस् । नत्र संसारमै कहिँ नभएको यस्तो प्रणाली नेपालमा किन कार्यकारी अधिकार नै प्रधानमन्त्री र राष्ट्रपतीलाई बाँड्ने ? ठिकै छ, संसारमा कहिँ नभएको झण्डा जस्तो होला रे हाम्रो प्रणाली । तर दुई शक्तिकेन्द्र बनाएर कसरि चल्छ ? कसरि स्थिरता हुन्छ ? खै जनतामा स्पष्ठ पार्न सकेको कांग्रेसले ?
लौ राष्ट्रपती अधिकार सम्पन्न बनाउन मन लागेन रे । उसो भए आलंकारिक राष्ट्रपती वा संवैधानिक राष्ट्रपती चुनौं र अधिकार सम्पन्न जनमतबाट प्रधानमन्त्री चुनौं भने हुन्न ? त्यो दुबै हुन्न रे । अनि अधिकार बाँड्ने रे । हे दैव, यो कहिँ नभएको जात्रा हाँडी गाउँमा प्रचण्डकै हाउगुजीले गर्दा नेपालमा देख्नु पर्ने ?
लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र के के हो के के नाम राखेका छन् । यो सबैको अर्थ जनता सर्बोपरी भन्ने हो । तर हाम्रा नेता जनता सर्बोपरी देख्नै चाहन्नन् । कस्तो खालको पद्दती अपनाउने भन्नेमा त कांग्रेसलाइ झन टाउको दुखेको पो देखियो त । सकभर संघियतामानै नजाने भन्दै थिए । अहिले जाति जनजातिलाई अधिकार दिनै नहुने भन्छन् । अब जनताले निर्वाचन गरेको ब्यक्तिलाई कार्यकारी प्रमुख बनाउँदा हुन्छ के ? लोकतन्त्रमा कसैसित संझौता गरिन्न भन्छन् कांग्रेस नेताहरु । तर लोकले सिधा मत दिएर छान्ने कार्यकारी प्रमुख चाहिँ हुन्न रे । अनि कसरि भएछ लोकतन्त्र ? कसरि भएछ लोकमाथि विश्वास ? कसरि भो लोकको कदर ? जनताको मतमा त विश्वास र भरोसानै रहेनछ । कि संविधान सभाको निर्वाचनमा प्रमुख पार्टी बनाइदिएनन् भनेर तिम्रा मतको के भर भन्न खोजेको हो कि ?
संविधान सभामा जनताले दिएको मत हेर्दापनि जनताले प्रत्यक्षरुपमा निर्वाचित गर्ने कार्यकारी राष्ट्रपतीको बढि छ । त्यो नारा माओवादीको भयो जसमा २९ दशमलव २ प्रतिशत । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भन्ने एमालेको पक्षमा २० दशमलव ३ प्रतिशत । उता कार्यकारी राष्ट्रपतिकै पक्षमा रहेको मधेशी जनअधिकार फोरमको ६ दशमलव ३ प्रतिशत मत थियो । संसदले निर्वाचित गर्ने प्रधानमन्त्री भन्ने नेपाली कांग्रेसको पक्षमा भने २१ दशमलव १ प्रतिशत । त्यहि प्रणाली रोजेको तराई मधेश लोकतान्त्रिक पार्टीको ३ दशमलव २ प्रतिशत मत थियो । यसरि हेर्दा कार्यकारी राष्ट्रपतीको बढि हुन्छ । एमालेका ४२ सभासदले अन्तत राष्ट्रपतीय प्रणालीमैपनि सहमती गर्न सकिने भनेछन् । यसमा बहुमत नै पुग्ने देखिन्छ । सहमती अनुसारनै चलौं नत भन्दापनि मिल्ने स्थिति देखियो । तर यो नबुझेर एमालेका ढ्याके लम्पट नेताहरु आफुले चुनावमा जे देखाएर भोट मागेको हो त्यसलाई कुल्चिएर दुइवटा शक्ति केन्द्र बनाउन हिँहिँ गर्दै लागेका छन् ।
त्यसलाई सानोतिनो चुनौती दिएर ४२ सभासद जसरि उत्रिएका छन् त्यो प्रशंसनिय छ । एमालेमा केहि न केहि रैछन् है आफ्नो बिचारलाई आदर गर्नुपर्छ, जनताका अगाडि बोलेको कुरो बिर्सनुहुन्न । देशमा अस्थिर प्रणाली अपनाउनुहुन्न, जनताको मतलाई मान्नुपर्छ भन्नेहरु । यीनले ढोँडको खुट्टो टेकेका छन् कि रक्त सञ्चार हुने, हाड र मासुले जेलेर बनेको दह्रा खुट्टा टेकेका छन् । त्यो चाहिँ हेर्न बाँकि छ । साँच्चिकै मानव खुट्टाले टेकेका हुन् भने यीनको प्रशंसा गर्नै पर्छ ।

No comments:
Post a Comment