Sunday, May 27, 2012

नाकको आकार हेरेर गरिने व्यवहार कहिले सम्म?


  
 दिपेन योङहाङ
 
प्रकृतिको सुन्दर देश नेपाल जहाँ बिश्वमा नभएका धेरै मनोरम हिमाल, पहाड़, तराई, बन, जंगल अनि बिभिन्न जातजाती, धर्म, भाषा र संस्कृतिहरुले भरी पुर्णछ मानौ नेपाल एउटा शयौ फुलहरुको बगैचा हो तर जब कथा-कथित एकाताको शुत्रपात भो तब नेपालको त्यो सौदर्यतामा एक किमिसको बलात्कार को शुत्रपात भयो। बलात्कार यस कारणकी त्यस बेला देखि बिभिधता लाई एक पछि अर्को गर्दै पुर्ण रूपमा नेष्तेज र प्रतिबन्ध गर्दै लगियो । बिभिधताको बगैचा लाई निमोठियो, भिन्न बिचार, भाषा, धर्म र संस्कृती भएकाहरुलाई क्रमबद्द रुपमा उन्मूलन को निति अख्तियार गरियो । अनि २४० वर्ष भन्दा बढ़ी एक पछि अर्को गर्दै शासन र शासकहरु त परिवर्तन भए, केवल अनुहार फरक तर भाषा, जात र बिचार उही सन्कुचित भएकाहरु जस्ले त्यही एकल शासन र प्रबिर्ती निरन्तरता दिदै लगे परिणाम आज देश मागीखानेमा परिणत भएकोछ ।
धेरै आन्दोलनहरु भए, उपलब्धिहरु पनि भए र शाशन ब्याबस्थाहरु पनि धेरै बदलीए तर ती परिवर्तन केवल शाशकहरु मै सिमित रह्यो। प्रजात्रन्त्र पनि आयो र अहिले लोक तन्त्र पनि छ तर अझै पनि त्यो परिवर्तन साधरण जनता सामु पुग्न सकेछैन; छ त केवल मुठ्ठी भरका नेताहरुको लागी र उही शासकहरुको लागी मात्र । नयाँ ब्याबस्था र नेताहरु त धेरै आए तर अझै पनि सोचमा परिवर्तन छैन र सदिऔकाल देखि पीड़ित आदिवासी, सीमान्तकृत, दलित,र मधेसीहरुलाई नेपालको मुल धारमा ल्याउने छाटकाट छैन ।
आन्दोलनको समयमा नेताहरु ठुला-ठुला कुरा गर्छन र जब उनिहरु सिंगदर्बारको गेट भित्र छिर्छन त्यस दिन देखि कहिले पछि फर्केर हेर्दैनन उनिहरु अनि भुल्छन सारा बचन र बाधाहरु । तर पनि हामी जनताहरु चुपचाप सहेर बसेकाछौ ख़ासगरी आदिवासीहरु आफ्नै थाक-थलो, धर्म संस्कृती अनि आफ्नै देशमा दोश्रो दर्जाको नागरिक भएर पनि प्रतिकारको निति अपनाएको छैन अहिले सम्म । आखिर यो कहिले सम्म ? कहिले सम्म हामी शासित हुनु पर्ने आफ्नै जन्म थलोमा? के शासक बर्ग र हामीहरुको रगतको रंग भन्नछ की ? नत्र होईन भने नाकको आकर हेरेर गरिन्ने ब्याबहार कहिले सम्म ?
हामीले आश गरेको थियौ २४० वर्षको शाहहरुको पतन पश्चात सबै नेपाली नागरीकहरुले समान अधिकार पाउनेछ, सबैको पहिचान स्वीकार गरिनेछ तर यहाँ त उल्टो पो भै रहेको छ। हिंजो आन्तरिम संबिधान मै घोषणा गरिएको संघियतालाई अहिले संस्थागत गर्नुको सट्टा एक पछि अर्को खेल भै रहेकोछ जनतालाई अधिकार दिन नचाहनेहेरुले ६२/६३ को जनआन्दोलनको ले दिएको म्यान्डेट भुलेर । ठुला पार्टीका नेता भनाउदाहरु उही पुरानो सोचले ग्रसित छन मानौ अझै परिवर्तनलाई आत्मसाथ गर्न सकेको छैन उनिहरु । अझै पनि आफ्नै हाली-मुहाली कायम गर्ने घृणित खेलमा लागेकाछन उनिहरु ।
लगभग ८०-८५% जनताहरुलाई राज्यको मुलधार बाट बन्चित गरीएको अवस्थाछ, सरकार र कर्मचारीको त कुरै नगरौ, राजनीतिक पार्टी अनि सन्चार 
                                                                     दिपेश लिम्बु 
माध्यमहरुमा पनि उनिहरु कै पकड़छ । मुस्किलले २३% भएकाहरुले देशको शासन, सरकारी कामकाज, न्यायलय, सेना र प्रहरहीको उच्च तहमा उनिहरुको ८६% उपस्थितिछ, त्यसैले त स्वच्छ ब्याबसाय र निष्पक्ष समाचार लेख्ने कलम पनि उही घृणित र सन्किर्ण मानसिकता बाट ग्रसितछ जुन कुरा में ७,८,र ९ मा आदिवासी-जनजातीहरुको बन्दको बेला शिर्ष नेताहरुको भनाई र पत्रकारहरुका रूपधारण गरेका अहन्कारहरुको ब्याबहार बाट प्रष्ट भएकोछ । न्यायको लागी लड्छौ, बिभेद भयो,र समनाता हुनु पर्यो के भनेका थिए आदिवासीका नेताले: कलम चलाएर उजागर गर्ने बचन गरेका खकारले बोल्नै दिएन र हाम्रो आवज सुन्ने सम्म धैर्य गरेनन । के यो बिभेद होईन न ? अचम्मको कुरा के हो भने पश्चिममा अखण्डको नाममा १९ दिन बन्द हुँदा एउटा झिंगा मरेन रे, बन्द भब्य रूपमा सफल भयो र तर त्यही ठाऊमा आदिवासी थारुहरुको लाखौ जनताको सहभागिता भएको आन्दोलनको समाचार सम्म छापीएन अझ आदिवासीहरु को आम हड़तालमा बन्दसुरु अगाबाई काठमान्डू को गोदाममा आलु कुहियो रे ! अनि समाचारको शिर्षक पनि केवल भडकाऊपाराको मात्र । के यो सन्चार माध्यमले गरेको बिभेद होईन हामी माथी ? के हामी लाई बिभेदको बिरुद्द बोल्लने अधिकार सम्म छैन देशमा ?
भन्छन उनिहरु नै हामी सबै नेपाली, एक नेपाली, एक नेपाल अनि अखण्ड नेपाल रे ! सायद उनिहरुले भनेको अखण्ड उनिहरुकै हाली-मुहाली, उनिहरु मात्रै हुनु पर्ने होला क्यारे ! नत्र संघीयता जस्तो समसामयिक माग र आवश्यकता लाई देश टुक्राऊन पाईन्न, संघियता चाहिन्न भन्नुको के अर्थ? अनि सदियौ वर्ष शोषित आदिवासीहरु लाई पहिचान देऊ भन्दा अत्तालिएर सामजिक सदभाब बिग्रियो रे, देश टुक्रिने भो रे ! नबुझ्ने ले त यी कुरा गर्छन नै तर प्रजातन्त्रको वाकलत गर्ने, उत्पीडनका बिरुद्द आवज उठाऊछौ भन्नेहरु नै आज आदिवासी, मधेसी र दलितहरुको बिरुद्द किन ? के प्रजातन्त्र उनीहरूले भनेको कुरा यस- यस गर्दै गए मात्रै हुने हो ? गाई राष्ट्र जनवार हुनै पर्ने, अनि हिन्दु पर्वको मात्र मनोमानी हुनु पर्ने सायद यही होला उनीहरूले भनेको अखण्ड ।३८ प्रतिसत भन्दा धेरै जनसंख्या भएको आदिवासीहरुको त कुरै छैन, न राज्य ले सम्मान गरेको न मीडियाले लेखेकोछ । उल्टो बल-बुताले भ्याए बिरोध गर्नमा खर्चेकाछन देशको ढीकुटी र पत्रकारका कलमहरु ।
अब तपाईहरु आफै भन्नु होस के यो सम्भबछ एउटा चक्का बिगारेर दौड जित्छु भन्नु? यही कारणले आज प्रकृतिको सुन्दर देश र बिभिधताले भरी पुर्ण नेपाल बिकास होईन पछौटे पनमा गुज्रिराहेकोछ । कसरी सम्भव छ लंगड़ोले एक्लै हिमाल चढ़नु ? यही वास्तविकता लाई बुझेर आदिवासी, मधेसी, दलित र मुस्लिमहरुले अधिकार र पहिचानका कुरा उठाएका हुन । यथार्त पनि हो समाजमा सबै जात, धर्म र भाषाको समान रूपमा सहभागिता भयो भने त्यो समाज समृद्द र विकसित हुन्छ ।
अन्तमा लामो समय पश्चात बिभिन्न आरोह, अवरोह पार गर्दै नेपाल नया संबिधानको संघारमा आईपुगेकोछ । यस एकदमै सम्बेदनशील घडीमा नेपाल सरकार, शासक वर्ग, राजनितिक पार्टीहरु, स्वच्छ पत्रकारहरु र तमाम सजन नेपालीहरुलाई आवहान गर्द छु अब एकल सासन सम्भब छैन, यसले देशको भलो गर्दैन र देश झन-झन उधोगतीमा लाग्ने हुँदा संघीय गणतन्त्र नेपालको संबिधान मा आदिवासी, मधेसी, दलित र मुस्लिमहरुका पहिचानलाई सुनिस्चता गरियोस र नेपाल र नेपालीहरु लाई मुख र धम्कीले होईन स्वच्छ मन र भावनले एकता गरियोस तब मात्र हाम्रो देश नेपालको बिकास सम्भब छ, तब मात्र एकता र सदभाब सम्भबछ किन भने नेपाल ४ जात ३६ वर्णको फुलबारी मात्र होईन बरु बिश्वको सबै भन्दा धेरै आदिवासीहरुको थाक-थालो हो नेपाल र सयौ जातिहरूको स्वाभिमान भएको देश हो हाम्रो नेपाल ।

(लेखक नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (फिपना) का महासचिव हुनुहुन्छ)

No comments:

Post a Comment