Tuesday, May 22, 2012
के हुन्छ जातिय पहिचान सहितको संघिय राज्य भन्ने टुंगो छैन
के हुन्छ जातिय पहिचान सहितको संघिय राज्य भन्ने टुंगो छैन । धम्की, जबर्जस्ति, बन्द, हडताल, चलखेल, षडयन्त्र, धमिलोपानीमा माछा छोप्ने, यथास्थितिमा राख्ने । यी सबै चलखेल जारी छन् । तर अचम्म लाग्दो कुरो के छ भने जातिय राज्य, जातिय पहिचान सहितको संघिय राज्य, जनजातिलाई अधिकार, सांस्क्रितिक पहिचानसहितको राज्य भन्नासाथ ठूला ठूला बिद्वान भनाउँदामापनि भ्रम देखिन्छ । देश हाँक्ने भनेका राजनितिक दल र तिनका नेतामापनि चेतना र सहि ढंगको बुझाइ देखिन्न । वा तिनले देशलाई यथास्थितिमा राख्न यस्तो नाटक पो गरेका हुन् कि ?पूर्वमा राई र लिम्बुहरुको बहुमत छ । त्यहाँ लिम्बुवान राज्य बनाउनु को अर्थ लिम्बु र राईहरुको एक छत्र रजाई चल्छ । तिनले झापा काण्डमा झैं बाहुन क्षेत्रीका टाउको गिंड्छन् । अरु जात र जातिलाई खेद्छन् । अरुका भाषा बोल्यो कि धुषवाणले हान्छन् । राई लिम्बु भाषा बोल्न बाध्य हुनुपर्छ । तिनैको चाड मान्नुपर्छ । यस्तै बुझिरहेका छन् धेरैले । त्यहि अनुसार हौवा फिँजाइरहेका छन्, लौ जातिय राज्य भो भने अरु जात जातिलाई लखेट्छन् । यो हौवामा अलिकति हावा भर्ने काम केले गरेको छ भने मधेशीहरुले एक पटक शुरु गरेको पहाडे खेद अभियानले । तर यो बास्तवमै हौवा बाहेक केहि होइन ।यो देशको चिन्ता दहाल, खनाल, कोइराला र भट्टचनलाई भन्दा बढि पहिचानबिहिन जनजाति, दबिएका, हेपिएका वर्गलाई अझ बढि छ । बरु यी नेताले देशको राष्ट्रियता बेचेर र छिमेकिको पाउ परेर राष्ट्र बिखण्डन गर्न सहयोग गर्लान् । तर यी जनजातिहरुले त्यसो गर्न दिँदैनन् । उनीहरुले टुक्रिएर आँगन जत्रो सानो मुलुक खोजेका छैनन् बरु सिंगो नेपालमा उनीहरु आफ्नो पहिचान खोजेका हुन् । पहिचान गुमाएर अहिलेका कुनै वर्ग, समोदाय र जनजाति बस्नै चाहँदैनन् । बुद्दिमत्ता हिसावले नभए लडेर, बिडेर र उस्तै परे गिँडेरपनि लिन्छन् । यो वा त्यो नाममा राज्यलाई यथास्थितिमा राख्न चाहनेहरुका आँखा बेलैमा खुलुन् ।जुन ठाउँ र क्षेत्रमा जुन जाति वा जनजातिको बाहुल्यता छ त्यहाँ अवश्यै त्यहि जातिको नाम, सांस्क्रितिक पहिचान अनुसारको राज्य बन्नु पर्छ । त्यसको अर्थ त्यो क्षेत्रमा त्यस जातिको पहिचानसहितको राज्य नामाकरण हो । अन्य जातिलाई लखेट्ने र कुनै एक जाति विशेषको भाषा, संस्क्रिति, चाडपर्व र धर्म लाद्ने भनिएको हुँदै होइन । काठमाडौंमा सबै जात, जाति, भाषा भाषी छन् । नेवारहरुको बहुमत हुनाले काठमाडौंलाई नेवा राज्य बनाउनु उचित हुन्छ । नेवारपछि संभवत बाहुन क्षेत्रीकै बहुमत होला । नेवारहरु बहुमत हुँदा हुँदै अन्य राज्य बनाउनु न त मनासिव हुन्छ । नत अन्य राज्य बनाए टिक्छ । न त त्यो बहुमत नेवार जातिको आत्ममा स्विकार्यनै हुन्छ । पूर्वमा जबसम्म लिम्बुवान राज्य मानिन्न तबसम्म जतिसुकै दबाब र जबर्जस्तिले अर्को राज्य टिक्दैन । जातिय र सांस्क्रितिक पहिचान सहितको राज्य बनाउँदैमा देशको जातिय सद्भाव भड्किने होइन ।बरु जबसम्म सबै जातजाति, भाषा भाषीले आफ्नो संस्क्रिति र पहिचानको सम्मान गरिएको पाउँदैनन् तब सम्म त्यो राज्य ब्यवस्था बलियो हुनै सक्दैन । जातिय पहिचान नदिएकै भरमा हाम्रो राष्ट्रिय एकता बलियो हुने होइन । जातिय सद्भाव भड्किन्छ । जातिय राज्य दियो, जातिय पहिचान सहितको संघिय राज्य बनायो भने देश बर्बाद हुन्छ भन्नु देशलाई कि त यथास्थितिमा राख्ने षडयन्त्र हो । कि त फेरीपनि नेपालमा असफल राज्य व्यवस्थालाईनै प्रयोग गर्ने दुस्साहस हो । त्यो असफल भैसकेको छ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment