"१९ सताव्दी तिर नै आफ्नो ईतिहास लाई कोदो को छोक्रा संगै मुछेर घुटु घुटु
पिएर यती बेला होस् खुले पछी अब उती बेला निकाले को दिशा पिसाब मा खोजे
पछी भटिन्छ?? यदी ईतिहास को खोजी र समरक्षण गर्नु छ भने उहिले का किराती
हरु को मुन्धुम शास्त्र खोजेर लिम्वु को गाउ बस्ती मा लिम्वु सस्कार,धर्म र
लिपी को चेतना फैलाउनु तिर लाग्नु न के को लिम्वुवान राज्य को घोक्रे
स्वार घन्काउदै दुनियाँ जनता लाई दु:ख दिदै बन्द र हड्ताल गर्छौ??"
"हैन लुङा हाम्रो ईतिहास को जग मा उम्रेका हाम्रा सामाजिक सास्कृतिक र
धार्मिक पहिचान कस्ले मार्न खोजेको छ?? एक पल्ट विचार गर्नु लुङा जि ति
कुरा हरु हामी लिम्वु आँफैले मास्दै छौ,,कुनै पनि जतिको सस्कार मा कसैले
पनि हस्तक्षेप गरेको जस्तो लाग्दैन लुङा!"
मित्र मोहन जी,
हचुवाको भरमा लान्छाना लगाउँनु भन्दा तथ्य कुराहरु बुझेर बोल्दा तपाईको
कुरामा वजन देखिन्थ्यो कि भन्छु?अहिलेको स्थितीमा तपाईको कुरा केहि हद सम्म
सहि भए पनि नयाँ पिडीहरुले चुम्लुङमा निहित रहि आफ्नो भाषा,लिपी,धर्म
संस्कृति आदि बारे जान्ने बुझ्ने कार्य गरिरहेको छन्।हिजो नमस्कार भन्नु
नजान्ने लिम्बुको छोराछोरीहरुले "सेवारो" "नोगेन" जस्ता शब्दहरु बोल्न
थालिसकेका छन्।धेरै ठाउँहरुमा किराँत लिपीको प्रयोग भईरहेको छ।चौतर्फी
माङहिमको निर्माण गरी धर्म प्रचार प्रसार भईरहेको छ।दमनमा परेर नाजुक
स्थितिमा पुगेका हाम्रो पहिचानको संरक्षणको लागि सरकारबाट केहि सहयोग नभए
पनि भाषा,लिपी,धर्म,संस्कृतिलाई प्रचार प्रसार गर्न पाउँने स्वतन्त्रताले
पनि आज यी कुराहरुको उत्थान यति सम्म भएको कुरालाई सकारात्मक लिनु पर्छ।
"हाम्रा सामाजिक सास्कृतिक र धार्मिक पहिचान कस्ले मार्न खोजेको छ??कुनै
पनि जतिको सस्कारमा कसैले पनि हस्तक्षेप गरेको जस्तो लाग्दैन"-तपाईको यी
कुरालाई मध्यनजर गर्दै ईतिहासलाई हेर्दा कथित एकिकरण भन्दा पहिले
लिम्बुहरुले आपनो भाषा, लिपि,धर्म, सभ्यता र संस्कृति जोगाएरै राखेको
पाइन्छ।तर,लिम्बुहरुको किरात धर्म, भाषा, लिपि, संस्कृति सभ्यता र
राजनीतिको अपहरण राजा पृथ्वीनारायण शाहको सासनकालबाट सुरु भएको कुरा
इतिहासमा स्पष्ट उल्लेख गरिएको छ।यसरी सबै अपहरण भए पश्चात पनि पछिल्लो
समयमा भाषा र लिपिको उत्थान तथा प्रचार-प्रसार श्रीजंङ्गा थेवेवाट भएको
थियो।यसै निहुमा वि.सं. १८५५ मा उनको हत्या गर्नको लागि षड्यन्त्र पुर्वक
सिक्किमका भोटेहरु प्रयोग भएको अनुमान गरिएको छ।त्यसपछि महागुरु फाल्गुनन्द
लिङदेनले माङहिम निर्माण गरि किरात धर्म, भाषा, लिपि, संस्कृति र सभ्यता
आफ्नो चेला-भुलाको साथमा प्रचार-प्रसार गर्ने क्रममा वि.सं. १९९५ मा
देशद्रोहीको अभियोगमा तत्कालिन श्री ५ को सरकार बाट पक्राउ पर्नु भएको
थियो।यसरी किरात भाषामा वन्देज गर्दै नेपाल सरकारले नेपाली खस भाषाको
जबर्जस्ती प्रयोग गर्न थाल्यो।वि.सं. १९५८ बाट सुरु गरिएको गोर्खापत्र र
वि.सं २००७ मा रेडियो नेपालको स्थापना पछि खस भाषालाइ नेपाली भाषाको संज्ञा
दिदै प्रसारण गरि अन्य भाषालाइ दबाइयो।वि.सं २००७ साल पछि विद्यालयहरुको
स्थापना जताततै हुन थाल्यो तर नेपाली भाषा बाहेक अन्य भाषाहरुको पठन पाठन
हुन दिइएन र खस नेपाली भाषाको एकाधिकार बड्दै गयो।वि.सं २००७ सालदेखि वि.सं
२०१७ सम्म लिम्बु वा अन्य धर्म, भाषा, लिपि, संस्कृति आदिको दमन अत्याधिक
रुपमा भयो।वि.सं २०१७ सालपछि राष्ट्रिय एकताको नारा दिएर पञ्चायति व्यवस्था
लागु गरि आर्य-खस भाषाको एकाधिकारलाइ सुदृढ र लिम्बु वा अन्य भाषाको
उन्मुलन नै गर्ने कोशिष भयो।तर अहिले आएर,निरंकुस पञ्चायतको अन्त्य संगै
लिम्बुहरुको एक मात्र विशुद्द सामाजिक संस्था किराँत याक्थुङ चुम्लुङको
स्थापना गरि नेपालमा मात्र नभएर विदेशमा पनि,जहाँ लिम्बुहरु पुगेर बसेका
छन,त्यहाँ शाखा चुम्लुङहरुको स्थापना गरि आफ्नो भाषा,लिपी,धर्म,संस्कृति
आदिको उत्थान गर्दै संरक्षण तथा सम्वर्दन गर्ने कार्य व्यापक रुपमा भई
रहेको छ।
अब तपाई आफै भन्नुहोस् कि लगभग अढाई शताब्दी लामो
बन्देजको कारणले कुनै पनि भाषा,धर्म,लिपि,संस्कृति आदिमाथि असर पर्छ कि
पर्दैन होला?र अझै पञ्चायतको अन्त्य पछी पनि नेपाल सरकारले अन्य
भाषा,लिपि,धर्म,संस्कृति आदिप्रति कुनै पनि चासो अर्थात ठोस कदम नदेखाएको
अर्थात नगरेको कुरा हामीलाई स्पष्टै थाहा छ।सायद २०४९-५० सालतिर गाउँ
गाउँमा अनौपचारिक रुपमा लिम्बु भाषाको पठनपाठन भएको थियो।त्यो पनि नेपाल
सरकारको सहयोग नभएर क्यानाडा सरकारको सहयोगमा भएको थियो।लिम्बुवानको सवालमा चाहि तपाईले लिम्बुवानलाई लिम्बुसंग मात्र जोडेर
बृहत,समाबेशी,पुर्ण समानुपातिक लिम्बुवानलाई साँघुरो बनाई रहनु भएको छ।अब
लिम्बुवानको जिम्मावारी लिम्बुको पहिचानसंग मात्र नभएर सम्पुर्ण
लिम्बुवानवासीहरुको पहिचानसंग जोडिएको छ।तेसैले लिम्बुवानलाई बारम्बार
लिम्बुसंग मात्र नाम जोडेर लिम्बुवानवासीहरुलाई मुर्ख बनाउँने या बन्ने
कुचेष्टा नगर्नको लागि हार्दिक अनुरोध छ।
जय लिम्बुवान!!
No comments:
Post a Comment