नश्ल
खोजेर संघियताको बहस पार लाग्दैन | त्यसमाथि नेवार जातिमाथि पुर्वाग्रह
राखेर नश्लको प्रश्न उठाउनेले आफैमाथि मानसिक सास्ती मात्रै थोपर्नेछ्न किन
कि नेवार जातिको नश्लतिर घोतलिन थाल्दा कैयोउ शोधकर्ताले बित्थामा वर्षहरु
चपाउन पर्या छ | त्यसको मूलकारण के हो भने नेवार जाति नश्ल एक्सपान्सन भएर
बनेको जाति हैन - यो जाति धेरै नश्लहरुको मिश्रणबाट बनेको हो | अपमान गर्न
चाहनेले यसैलाई इस्यु बनाएर अपमानबोधक टिप्पणी गरेको पनि देखेको छु, त्यो
तिनकै बिबेकको कुरो भो |
उद्गमस्थल खोजेर पनि संघियताको बहस पार लाग्दैन | अवसरको खोजीमा होस् वा ज्यान बचाउन होस् मानव समुदाय यता उता हिडीरहने गर्छ | त्यो ठुलो कुरो भएन, ठुलो कुरो के हुन्छ भने (१) ती घुमुवा समुदाय निर्जन ठाउमा बस्ति बसालेर सभ्यता बिकास गर्छ भने आदिवासी पहिचानको हकदार हुन्छ, (२) ती घुमुवा समुदाय अर्को आदिवासी समुदायको ठाउमा आक्रमणकारी वा शरणार्थी वा ब्यबसायी बनेर जान्छ, मिलेर बस्छ र स्थानीय समुदायको सभ्यता संस्कृतिलाइ आदर गर्दै तिनको भासा अङ्गीकार गर्छ भने तिनले पनि आदिवासीकै पहिचान प्राप्त गर्छ, (३) ती घुमुवा समुदाय अर्को आदिवासी समुदायको ठाउमा शरणार्थी वा ब्यबसायी बनेर जान्छ, मिलेर बस्दैन, एकले अर्कोलाई समाप्त गर्न खोज्छ भने तत्काल संघर्ष शुरु हुन्छ, आक्रमण प्रत्याक्रमणको सिलसिला जारि रहन्छ र अन्त्यमा जो शक्तिशाली छ तिनको वर्चश्व रहन्छ | यदि आदिवासी समुदायकै बर्चस्व रह्यो भने तिनको आदिवासी पहिचान कायम नै रहने भयो र घुमुवाहरु छिन्नभिन्न हुन्छन, यदि घुमुवा समुदायको वर्चस्व रह्यो भने तिनले आदिवासी पहिचान पाउन या त अघिल्ला आदिवासीको समुल नस्ट गर्न सक्नु पर्छ, या त घुमुवा समुदायकै प्रभावशाली वर्चस्व निकै लामो कालखण्डसम्म कायम राख्न सक्नु पर्छ | (४) ती घुमुवा समुदाय अर्को आदिवासी समुदायको ठाउमा आक्रमणकारी बनेर जान्छ, लडाई जित्छ, राजनीतिक नियन्त्रण कायम गर्छ तर समाजिक नियन्त्रण कायम राख्न सक्दैन | यस्तो अबस्थामा घुमुवा समुदायले राजनीतिक नियन्त्रणको आडमा सामाजिक नियन्त्रण र बर्चस्व कायम राख्न बिभिन्न विभेदकारी नीति अख्तियार गर्छ तर आदिवासीको अस्तित्व छउन्जेल घुमुवा समुदाय आदिवासी पहिचानको हकदार बन्दैन | (५) ती घुमुवा समुदाय अर्को आदिवासी समुदायको ठाउमा जान्छ, मिलेर बसेको स्वांग रच्छ, सानो तिनो छिटफुट संघर्ष बाहेक ठूलो स्तरको मास्ने मासिने खालको संघर्ष गर्दैन, तर पछिल्तिरबाट आदिवासी समुदायको अस्तित्व मेट्न हरदम प्रयत्नरत रहन्छ | घृणा र द्वेसलाइ प्रयोग गरेर आदिवासी समुदायमा फुट ल्याउने, तिनलाई जीविकोपार्जनका उपायबाट बिमुख बनाइ घुमुवाको पिछलग्गु बन्न बाध्य पार्ने एउटा लामो योजनामा बिस्तारै बिस्तारै लट्ठ पार्दै आदिवासी समुदायलाई भित्र भित्र निकम्मा र खोक्रो पारि बर्चस्व कायम राख्ने नीति घुमुवा समुदायको हुन्छ | यस्तो अवस्थामा घुमुवा समुदाय र आदिवासी समुदाय दुवैको अस्तित्व कायमै रहने हुनाले समाज लामो समयसम्म तनाबबाट गुज्रिन्छ |
माथिको ५ अवस्थामध्ये नेवार समुदायको अबस्था (२) नम्बरको जस्तै हो | धेरै तिरबाट घुमुवाहरु आ-आफ्नो संस्कृति लिएर आए तर नेवार समुदाय भित्र मिलेर बसे, अघिल्लो कालखण्डमा कताबाट कुन कुन समुहले के के बोकेर आए त्यसमा बिस्त्रित विश्लेषण नगरे पनि पछिल्लो कालखण्डमा आएका ठकुरी मल्लहरु मैथिल संस्कृति र भाषा बोकेर आएका पक्कै हुन्, तर तिनले नेवार भाषा नै अंगालेर यहाको नेवार समुदायमै घुले र ज्यापुले जस्तै आदिवासी दावी गर्न अधिकार पाए | तर त्यसपछि पृथ्विनारायण शाह र उनको रैतीहरुको प्रवेश भने माथि भनिएको मध्य अवस्था नम्बर (४) जस्तै हो | खस भाषा बोल्ने घुमुवा समुदायले नेवार भाषा बोल्ने आदिवासी समुदायलाइ परास्त गरेर राजनीतिक नियन्त्रण कायम राखेपनि सामाजिक नियन्त्रण कायम राख्न सकेको छैन, सामाजीक नियन्त्रण राख्न विभेदकारी नीति लिदा पनि सफल हुन नसकी हाल अबस्था नम्बर (५) जस्तै खालको लामो संघर्ष तर्फ यी दुइ समुदाय उन्मुख छ र यो संघर्ष जारि छ | यस्तो संघर्ष समाप्त हुन् या त एकले अर्कोलाई समाप्त बनाउन सक्नुपर्छ, या त सह अस्तित्वलाइ स्विकार्नु पर्छ |
माथिको ५ अवस्थामध्ये आदिवासी खस समुदाय को अबस्था पनि (२) नम्बरको जस्तै हो | घुमुवा आर्य बाहुन समुदायले करिब ७०० बर्ष अगाडी तिर नै खस समुदाय माथि वर्चस्व कायम राख्न सफल भए | तिनले खस भाषालाई नोक्सान गरेनन तर खस जनजातीका प्राकृत धर्म र संस्कृति खर्लप्पै निल्दिए र खस समुदायलाइ नै घुमुवा खस समुदायको रुपमा परिवर्तन गरिदिए | त्यसपछि त्यो घुमुवा खस समुदाय बिस्तारै मगर र गुरुङ समुदाय तिर अघि बढे | ती आदिवासीलाई परास्त गर्न नसकेको हुदा अवस्था (३)को नतिजा देख्न परेन, तर अबस्था (४) र (५) को नतिजा भने मगर, गुरुङ र तामांग समुदायमा यथेस्ट देखिन्छ | मगर गुरुङ भाषा संस्कृतिमाथि पूर्ण हावी हुन् नसकेता पनि राजनीतिमाथि हावी भएको हुनाले तीनलाइ सेना बनाइ घुमुवा खस समुदाय अन्य क्षेत्र तिर पनि तिब्र गतिमा फैलिन थाले | नेवार भाषा बोल्ने समुदाय माथि राजनीतिक नियन्त्रण कायम गरिसकेपछि लिम्बु, खम्बु, थारु र मधेशका मैथिल, भोजपुरी, अबधि समुदायतिर पनि फैले जुन धेरै जसो अवस्था (४) मुताबिक छन |माथिका (५) मध्य (४) अबस्थाहरु प्राचिन र मध्ययूगमा धेरै देखिए तर अब यूग परिवर्तन भयो | मध्ययूगमा जस्तो एकले अर्कोलाई हतियारको भरमा दमन गरेर समाप्त पार्न पछिल्लो कालखण्डमा झन् झन गार्हो हुदै गयो | त्यसपछि खस समुदायले अन्य आदिवासी समुदायलाई समाप्त पार्ने हतियार भनेको तिनको भाषा र संस्कृति नष्ट पार्ने हो भन्ने नीति लिए | जाली र स्वाँठ भाषा भन्दै सार्वजिनक प्रयोगमा प्रतिबन्ध लगाउने नीति लिए | अर्थोपार्जनका गतिविधिमा अनावस्यक नियन्त्रण गरि अर्थोपार्जनको निमित्त परनिर्भर बनाइदिने नीति लिए | परम्परागत उत्पादन व्यापार व्यवसाय माथि नियन्त्रण गर्दै अब्यबहारीक नियम लगाए र त्यसको उल्लङ्घन गर्नेलाई निर्मम संजाय दिन थाले | यस्तो गर्दा बाच्नको लागि नै थातथलो छोडेर भौतारिन पर्ने बाध्यता हुन् थाल्यो | परदेश लागेपछि न आफ्नो भाषा बोल्न पाइयो, न आफ्नो संकृति पालन गर्न, र बिस्तारै सबै कुरो बिर्सिए पछी आदिवासी समुदाय कम्जोर हुदै गयो | यसरि आदिबासी समुदायलाइ झन झन कम्जोर बनाइ राज गर्ने सपना देखेका घुमुवा खस-समुदाय सफलता तिर लम्केको देखिन्छ |
उदाहरणको रुपमा भन्ने हो भने लिम्बु, मगर, तामांग समुदाय पनि बन्द व्यापार गर्थे, हतियार उत्पादन गर्थे, निर्माण कला तथा प्रविधिको बिकास गरेका थिए, तिनले इतिहासमा लडेका लडाईहरु मुड्कीको भरमा लडेको त हैन नि - पक्कै हतियार बनाउने सिप थियो तिनीसित, तिनका पुर्खाहरु जंगली घाँस खाएर हुर्केका त हैन नि-पक्कै उत्पादनका सीप थियो तिनीसित, तिनका पुर्खाहरु ओढार र गुफामा बसेका त हैन नि-पक्कै निर्माण प्रबिधि थियो तिनीसित, तर तिनको परम्परागत सीप कला, प्रविधि, व्यापार ब्यबसायको अस्तित्व खोइ? कहाँ छ? के के बाँकी छ? निकै थोरै मात्रै बाकि छ, कसरि समाप्त भयो होला? जसरि नेवार राज्य माथि विजय प्राप्त गरेपछि पृथ्वीनारायण शाहले नेवार कालिगढ़हरुमाथि दमन गरे, भत्केको मन्दिर र घर पुननिर्माण गर्न समेत रोक लगाए , त्यसरी नै अन्य समुदायमाथि पनि दमन भयो होला भन्ने सहजै बुझ्न सकिन्छ |
म छक्क पर्थे, छोरीलाई पुजा गरेपछि मात्रै मूल पुजाआजा शुरु गर्ने तामांग समुदायमा नै चेलीबेटी बेचबिखनको समस्या किन बिकराल छ भनेर | परम्परागत प्रचलनको आधारमा भन्ने हो भने तामांग जातिमा महिलालाइ निकै उच्च स्थान छ | तर तामांग चेलीहरुलाई जबर्जस्ति ब्रिटिश मालिक खुशी पार्ने काममा खस-शासकले पो पठाउन थालेको रैछ, त्यसमाथि तामांग जातिलाई अर्थोपार्जनको सम्पूर्ण ढोका बन्द गरेर भारि बोक्ने काममा मात्रै सिमित गरिदिएको रैछ, अनि त्यसपछि गरिबीको चपेटामा सम्पूर्ण तामांग समाज नराम्ररी पिल्सियो र धमाधम तामांग समाज अपराधोंमुख हुन थालेको रहेछ | थोरै पैसाको लागि चेलीबेटी बेच्ने, शरीरको अंग प्रत्यंग बेच्ने काममा लाग्न बाध्य बनाएर तिनको समग्र पहिचान बद्नाम बनाउने र तामांग युवालाइ तामांग हुँ भन्न पनि लाज लाग्ने परिस्थिति श्रीजना गर्ने र त्यसपछि तिनले भाषा पनि आफै छोड्छन अधिकार पनि आफै छोड्छन भन्ने खालको नीति पो रहेछ |
मगर गुरुगं राई लिम्बु लाइ गोर्खा फौजमा पठाएर तिनको तलबबाट काटेको पैसो दर्बारले दस्तुरको रुपमा बुझ्दै गरेको कुरो त सबैलाई थाहा नै छ | अहिले दरबार नै डिजोल्भ भएपछी एकातिर दस्तुर आउन छोड्यो, अर्कोतिर गोर्खा फौजमा गएकाहरु आर्थिक रुपमा सशक्त देखिन थाल्यो, अनि त्यसको डाहा गर्दै अब गोर्खा फौजमा नै नपठाउने रे, भर्ति गर्नै नदिने रे भन्ने कुरो आयो |
त्यस्तै जीवन निर्वाहको निमित्त बिदेशिन बाध्य पार्ने र विदेशमा पुगेपछि भाषा संस्कृति बिर्सिन्छ भन्ने ठानेकाहरु अहिले विदेशमा पनि आदिवासीहरु एकीकृत भै आफ्नो पहिचानको लडाई लड्न प्रतिबद्द देखेर आत्तिएका छन | अब तिनले उद्घोष गरेका छन बिदेशमा कमाएको सम्पत्तिमा ५०% कर लगाउने रे | यस्तो हल्ला चलाएर बिदेशिएका आदिबासी जनजातीबाट भै रहेको भाषा संस्कृति र पहिचानको पुनर्जागरण अभियानमा चोट पुर्याउने लक्ष लिएका छन, नतिजा भविष्यले देखाउला तर नियत बर्तमानमा छर्लंग देखियो |
यसरि भाषा राजनीतिमा अन्तर्निहित मुद्दाहरु अहिले संघियताको बहसमा पनि सान्धर्भिक छ | संघियताको बिरोध गरिटोपलने कतिपय बहसकर्ताहरु पहिचान जनाउने नाम मात्र हटाउने भए पनि तुरुन्त समर्थन गर्छु भन्छन | नाममा आपत्ति किन भन्दा उनीहरु पहिचानको अस्तित्व रहेको देख्न चाहदैन, किन कि त्यसले उनीहरुलाई सह-अस्तित्व स्विकार्न बाध्य पार्ने कुरो उनीहरुले बुझेका छन | तर संघियताको समर्थकहरु भने नाम हैन सह-अस्तित्व खोज्दै छन | ल ठिकै छ, एकै छिनको लागि यसो भनेर हेरुम "लिम्बुवान होस् वा अन्य नाम होस्, यदि त्यो क्षेत्रले लिम्बुपहिचान बोकेको ऐतिहासीक क्षेत्र समेट्छ भने, यदि लिम्बु भाषा संस्कृतिले पनि खस भाषा संस्कृतिकै बराबरी सरकारी हैसियत, सुबिधा, बजेट, मान्यता र प्रचलन पाउँछ भने - जे नाम राखेपनि हुन्छ, ल मन्जुर छ ?" यसो भन्यो भने मन्जुर छ भन्ने जवाफ आउछ होला त? आउदैन पक्कै आउदैन | त्यसपछि फेरी यस्तो प्रतिक्रिया आउनेछ - लिम्बु जनसंख्या थोरै छ, लिम्बु भाषा अरुले बुझ्दैन, लिम्बुमा किन चाहियो बरु हिन्दि वा अंग्रेजीमा गरौ अरुलाई नि सजिलो हुन्छ, भाषालाइ जोड नदिऔ त्यो त माध्यम मात्र त हो नि, लिम्बु जानेको अफिसर कहाँ खोज्ने, न्यायाधिस कहाँ खोज्ने, ऐजन ऐजन ... यी सबै ख्यांचे प्रतिक्रियाको मूल मर्म के हो भने "भाषा पहिचानको मियो हो र पहिचानको मियोलाइ स्विकार्न खस-बाहुन समुदाय र संघियता बिरोधिहरु अझै तयार छैनन्" | मैले दिएको लिम्बुको उदाहरण अन्य भाषा बोल्ने आदिबासीको हकमा पनि उस्तै हो | अहिले भाषा चेतनाको हिसाबले हेर्दा नेवार, लिम्बु, खम्बुको प्रतिरोध तुलनात्मक रुपमा सशक्त छ, र तिनले अन्यलाई पनि उर्जा र प्रोत्साहन दिदै छ | मगरात र तमुवानमा घुमुवा खस समुदायको प्रवेश अलि अगाडी भएको हुँदा त्यहाको आदिवासी मगर र तमु हरु तुलनात्मक रुपमा कम्जोर छन् | त्यस्तै गरि तामांग क्षेत्रमा तिब्र विभेद र दमन भएको हुदा त्यहाँ पनि आदिवासी समुदाय कम्जोर छन | मधेश भने हिन्दि र खसको दोहोरो अतिक्रमणमा फसेको छ | त्यहाँको आदिबासिमाथी खस समुदायले राजनीतिक हतियार प्रयोग गरि विभेद गरेको प्रतिकार गर्न तिनले हिन्दिलाइ साथ् लिएको देखिन्छ, जसले गर्दा मधेशको आदिबासी पहिचान हिन्दि छातामुनी चेप्पिने खतरा छ | यो भाषा चेतनाको अभिब्रिद्दी संग संगै पहिचानको तिर्खा पनि बृद्दी हुँदै छ र यसले नै संघियताको मुद्दालाई सहि निचोड तर्फ डोर्याउने देखिन्छ | त्यसैले मलाई लाग्छ कि भाषा राजनीति (दमन, विभेद, संरक्षण र पुनर्जागरण) लाइ राम्ररी बुझ्न बहस गर्दा नै संघियताको बहस सार्थक होला | नश्ल होइन |

No comments:
Post a Comment