Tuesday, May 22, 2012

के हुन्छ जातिय पहिचान सहितको संघिय राज्य भन्ने टुंगो छैन

एल नेम्बाङ.....from , www.nepalplus.com 

के हुन्छ जातिय पहिचान सहितको संघिय राज्य भन्ने टुंगो छैन । धम्की, जबर्जस्ति, बन्द, हडताल, चलखेल, षडयन्त्र, धमिलोपानीमा माछा छोप्ने, यथास्थितिमा राख्ने । यी सबै चलखेल जारी छन् । तर अचम्म लाग्दो कुरो के छ भने जातिय राज्य, जातिय पहिचान सहितको संघिय राज्य, जनजातिलाई अधिकार, सांस्क्रितिक पहिचानसहितको राज्य भन्नासाथ ठूला ठूला बिद्वान भनाउँदामापनि भ्रम देखिन्छ । देश हाँक्ने भनेका राजनितिक दल र तिनका नेतामापनि चेतना र सहि ढंगको बुझाइ देखिन्न । वा तिनले देशलाई यथास्थितिमा राख्न यस्तो नाटक पो गरेका हुन् कि ?पूर्वमा राई र लिम्बुहरुको बहुमत छ । त्यहाँ लिम्बुवान राज्य बनाउनु को अर्थ लिम्बु र राईहरुको एक छत्र रजाई चल्छ । तिनले झापा काण्डमा झैं बाहुन क्षेत्रीका टाउको गिंड्छन् । अरु जात र जातिलाई खेद्छन् । अरुका भाषा बोल्यो कि धुषवाणले हान्छन् । राई लिम्बु भाषा बोल्न बाध्य हुनुपर्छ । तिनैको चाड मान्नुपर्छ । यस्तै बुझिरहेका छन् धेरैले । त्यहि अनुसार हौवा फिँजाइरहेका छन्, लौ जातिय राज्य भो भने अरु जात जातिलाई लखेट्छन् । यो हौवामा अलिकति हावा भर्ने काम केले गरेको छ भने मधेशीहरुले एक पटक शुरु गरेको पहाडे खेद अभियानले । तर यो बास्तवमै हौवा बाहेक केहि होइन ।यो देशको चिन्ता दहाल, खनाल, कोइराला र भट्टचनलाई भन्दा बढि पहिचानबिहिन जनजाति, दबिएका, हेपिएका वर्गलाई अझ बढि छ । बरु यी नेताले देशको राष्ट्रियता बेचेर र छिमेकिको पाउ परेर राष्ट्र बिखण्डन गर्न सहयोग गर्लान् । तर यी जनजातिहरुले त्यसो गर्न दिँदैनन् । उनीहरुले टुक्रिएर आँगन जत्रो सानो मुलुक खोजेका छैनन् बरु सिंगो नेपालमा उनीहरु आफ्नो पहिचान खोजेका हुन् । पहिचान गुमाएर अहिलेका कुनै वर्ग, समोदाय र जनजाति बस्नै चाहँदैनन् । बुद्दिमत्ता हिसावले नभए लडेर, बिडेर र उस्तै परे गिँडेरपनि लिन्छन् । यो वा त्यो नाममा राज्यलाई यथास्थितिमा राख्न चाहनेहरुका आँखा बेलैमा खुलुन् ।जुन ठाउँ र क्षेत्रमा जुन जाति वा जनजातिको बाहुल्यता छ त्यहाँ अवश्यै त्यहि जातिको नाम, सांस्क्रितिक पहिचान अनुसारको राज्य बन्नु पर्छ । त्यसको अर्थ त्यो क्षेत्रमा त्यस जातिको पहिचानसहितको राज्य नामाकरण हो । अन्य जातिलाई लखेट्ने र कुनै एक जाति विशेषको भाषा, संस्क्रिति, चाडपर्व र धर्म लाद्ने भनिएको हुँदै होइन । काठमाडौंमा सबै जात, जाति, भाषा भाषी छन् । नेवारहरुको बहुमत हुनाले काठमाडौंलाई नेवा राज्य बनाउनु उचित हुन्छ । नेवारपछि संभवत बाहुन क्षेत्रीकै बहुमत होला । नेवारहरु बहुमत हुँदा हुँदै अन्य राज्य बनाउनु न त मनासिव हुन्छ । नत अन्य राज्य बनाए टिक्छ । न त त्यो बहुमत नेवार जातिको आत्ममा स्विकार्यनै हुन्छ । पूर्वमा जबसम्म लिम्बुवान राज्य मानिन्न तबसम्म जतिसुकै दबाब र जबर्जस्तिले अर्को राज्य टिक्दैन । जातिय र सांस्क्रितिक पहिचान सहितको राज्य बनाउँदैमा देशको जातिय सद्भाव भड्किने होइन ।बरु जबसम्म सबै जातजाति, भाषा भाषीले आफ्नो संस्क्रिति र पहिचानको सम्मान गरिएको पाउँदैनन् तब सम्म त्यो राज्य ब्यवस्था बलियो हुनै सक्दैन । जातिय पहिचान नदिएकै भरमा हाम्रो राष्ट्रिय एकता बलियो हुने होइन । जातिय सद्भाव भड्किन्छ । जातिय राज्य दियो, जातिय पहिचान सहितको संघिय राज्य बनायो भने देश बर्बाद हुन्छ भन्नु देशलाई कि त यथास्थितिमा राख्ने षडयन्त्र हो । कि त फेरीपनि नेपालमा असफल राज्य व्यवस्थालाईनै प्रयोग गर्ने दुस्साहस हो । त्यो असफल भैसकेको छ।
२०१५, ०४७ र ०६४ साल गरेर दुई दशकजति एकै शासन प्रणालीमा

हाम्रो देश चल्यो । भारतीयको अन्ध नक्कल थियो त्यो । भारतीयले बेलायती शाषकबाट नक्कल गरे। तर बेलायती प्राजतान्त्रिक ब्यवस्था भनिएपनि यो नेपालमा असफल भयो । यसले न स्थिरता दियो न त अल्पसंख्यक जनजातिका सम्स्या हल गर्न सक्यो। न दलित, जनजाति, महिला, मधेसी, मुस्लिम, गरिब, मजदुर, किसानका समस्या हल गर्न सक्षम देखियो। यी वर्ग शासन सत्ता बाहिर रहे।तिनलाई कहिल्यै समावेश गरिएन शासन सत्तामा। बरु पीडित बनिरहे।बहुमत भनेर सत्ता चलाएपनि त्यो कहिल्यै बहुमत सिद्द रहेन। बरु त्यो वास्तबमा अल्पमत थियो बहुमतका नाममा। किनभने सरकारमा बहुमत प्राप्तले शासन गर्‍यो न कि देशको कूल जनसंख्याको बहुमतमाथि। र नढाँटी भन्नु पर्दा प्रिथ्वी नारायण शाहले राज्य गरेदेखिनै नेपाल बाहुन क्षेत्री बादी रह्यो ।




 

 

यो मुलुक कुनै एक जातजाति, कुनै धर्म मान्ने, एकै खाले संस्क्रिति भएकाको बिर्ता होइन । आफ्नो भाषा, संस्क्रिति, पहिचान र जातिय पहिचानको आदर र सम्मान हुनै पर्छ । सांस्कितिक पहिचान सहितको संघिय राज्य हुँदैमा, जातिय पहिचान सहितको राज्य हुँदैमा राष्ट्र बिखण्डन हुने होइन । जबसम्म सबै जातजाति, भाषा भाषी र अलग संस्क्रिति भएकाले यो मेरोपनि मुलुक हो भन्ने आत्मियताकोजनता टाठा र सचेत भैसकेका छन् । न त मलाया र बर्मामा बन्दुक बोकेकै भरमा बहादुर मानेर बस्ने पक्षमा राई, लिम्बु, गुरुङ र मगर छन् । नत हिमाली भरियाकै सिमिततामा मात्रै शेर्पाहरु रहन चाहन्छन् कलम र कापी मिल्काएर । नत बिरालो बाँधेर श्राद्द गर्ने कसैकसैलाई यो बाहुन क्षेत्री बिरोधी लाग्ला । तर वास्तबिकता त उल्लेख गर्नै पर्छ । किनभने राजा प्रिथ्वी नारायण शाहले राज्य चलाएदेखिनै शासन सत्तामा मुलत बाहुन र क्षेत्री छन् । नेपालको शासन सत्ता मुलत बाहुने क्षेत्रीकै नेत्रित्वमा चल्यो । तर ईतिहासले के देखायो ? यो मुलुक झन गरिब भयो । राष्ट्रियता झन कमजोर बन्यो । महिलामाथिका भेदभाव यथावत रहे । छुवाछुत, असमानता, गरिब, किसान, अल्पसंख्यक जनजाति कसैका समस्या हल भएनन् । तिनलाई शासन ब्यवस्थामा समावेशनै गरिएन । देश झन झन गरिब बन्दै गयो । देशमा भ्रस्टाचार झन आकासिँदै गयो । समग्रमा यो देशको शासन सत्ता हातमा लिनेहरु असफल भए । अहिलेपनि सरकार र मुख्य पार्टीका खम्बा बाहुन क्षेत्रीनै छन् । भएका जनजाति, मधेशी, महिला र फाट्टफुट्ट अल्पसंख्यक भनिएकापनि तिनैबाट, पुरानै परिपाटीबट निर्देशित छन् । त्यसैले कुनैपनि हालतमा जनजाति, जातिय पहिचान, सांस्क्रितिक पहिचान भयो भने राष्ट्र बिखण्डन हुन्छ भन्नु नै राष्ट्रलाई बिखण्डन गर्नु हो । देश पुरानै मान्यता, प्रणाली र शासकिय स्वरुपमा अब चल्नै सक्दैन ।अनुभुति गर्न सक्छन्, तिनलाई राज्यले समान रुपमा समेट्न सक्छ तबसम्म राज्यलाई न त कसैले बिखण्डन गर्न सक्छ । नत जातिय हिंसानै भड्किन्छ । तर जब तिनले राज्यबाट पूर्ण रुपमा बिमुख भएको, राज्यद्वार हेपिएको, दबिएको र आफ्नो संस्क्रिति र पहिचानलाई मेटाउन खोजेको महसुस गर्छन्, आफ्नालागि राज्यबिहिनताको निर्क्यौल गर्छन् त्यो बेला कसैले रोक्न सक्दैन ।

 पुरेत्याइँको जमाना छ । नत त झलनाथ खनाल, सुशिल कोइराला, पुष्पकमल दहाल, पूर्व राजा ज्ञानेन्द्र र कमल थापाकै हाउगुजीमा जातिय पहिचान गुमाएर जनजातिहरु बस्न चाहन्छन् । न त डा क्रिष्ण भट्टचन जस्ता अतिवादीकै नारामा जनजातिहरुले टाउको थाप्न अघि सर्छन् ।

No comments:

Post a Comment