Tuesday, May 22, 2012

मेरा मथिंगलका भाइरसहरु......!!!

FROM: yonghang deepen
TO: Dharam K.C.
Monday, 5 March 2012 1:01 PM
नमस्कार धारम सर....
आज "एनआरएनए साउदी अरबले ‘दलाल पक्राउ पुरस्कार’ दियो, पहिलो दलाल एनआरएनएमै भेटिइन" यो पढेर मैले आफुलाई टोटललि प्रष्ट भएको महसुस गरें,धारम जी यो मेरो टिका टिप्पणी होइन, बर्षौं देखिको मेरो मथिंगलमा गुम्सिएर बसेको सत्य कुरा हो,हामी नेपालीहरु संसारभरी नै छरिएर रहे-बसेका छौं,हामी छरिएर रहे-बसेका लाखौँ नेपालीहरु ९५% आफ्नो गरिबी र आर्थिक झन्जट् सुलभ बनाउन बिदेशिएका हुन्छौं र कष्टकरपूर्ण बिदेशीको गुलामी गर्न बाध्य छौं र गरिरहेका छौं येस्मा न त नेपाल सरकारलाई दोष दिने न त आफैलाई? जहाँ-जहाँ हामी नेपालीहरु छौं त्यहाँ-त्यहाँ हामी नेपालीहरुको संघ-संगठनहरु क्रियाशील छन् येसले हामी गौरवशाली नेपाल र नेपालीहरुको पहिचान बचाउने ठुलो भूमिका खेल्याछ भन्दा सुनमा सुगन्ध नै होला! अझ NRN,NRNA, NCC कै कुरा गर्दा बस्तुपरक होला,बर्षौं पहिले देखि बिदेशिएर संसारभरि छरिएर बसेका गैर आबासी नेपालीहरु लगाएत सबै तह-तप्काका नेपालीहरुलाई समेटी "सयौं थुंगा फूलका हामी एउटाई माला नेपाली" भन्ने हाम्रो राष्ट्र गानको इज्जत राखेको प्रष्ट हुन्छ! झिना-मसिना समस्या बाधा-अड्चन हुनु या आउनु स्वाभाविकै हो मौरी को मह काड्दा एक-दुइ वोटा मौरीले चिल्नु र गाई दुहुन जाँदा गाईले लात हान्नु कुनै अपवादका कुरा होइनन,  NRN,NRNA, NCC मा झिना-मसिना समस्या बाधा-अड्चन हुनु या आउनु त्यसलाई ठुलो मान्नु पनि हुदैन भईरहन्छ त्यस्तो.....तर यहाँ मैले भन्न खोज्या कुरा न त बिरोधको न त रौसको...!! एसियाको धेरै वोटा देशहरुमा मैले औपचारिक, अनौपचारिक अध्यायन गरेकोछु "हामी नेपाली र हाम्रो नेपाली संगठनको", र आज "पहिलो दलाल एनआरएनएमै भेटिइन" "अझै पनि एनसिसीमै राखी संस्थागत संरक्षण दिइरहेको" "मनोनयनका बिरूद्ध कडा आपत्ती जनाउदै कुवेतबाटै एनआरएनएको आइसिसी सदस्यमा मनोनित सदस्य ध्रुब कुमार संग्रौला उर्फ कुमार झापालीले उनलाई एनआरएनएमा मनोनयन गरिए आंफूले राजिनामा दिने बताएका थिए।" "आइसिसि सदस्य ध्रुब कुमार संग्रौलाको राजिनामा स्वीकृत" " "हालै मात्र एनआरएनएलाई दलाल, ठग, शोषक र कमिशनखोरहरूको संस्था भन्दै एनआरएनए साउदी अरबका एनसिसी सचिव सहित ३ जनाले ‘सामुहिक राजिनामा’ पेश"....यहाँ  ध्रुब कुमार संग्रौला जी र साउदी अरबका सचिव सहित ३ जनाल मित्रहरुलाई धन्यबादको पात्र नमान्ने मुर्खाइ  मलाई लाग्छ कमै नेपालीहरुले गर्लान!
र अर्कोतिर NRN,NRNA, NCC लाई नराम्रो संज्ञा दिनु पनि अर्को मुर्खतासिबाय केहि होइन,तर NRN,NRNA, NCC को इज्जत र पहिचानको धज्जी उदाएका छन ब्याक्तिहरुले, बलात्कार गरया छन NRN,NRNA, NCC लाई NRN,NRNA, NCC  नामको बुर्खा ओढेर ब्याक्तिहरुले, सानो-ठुलो,धनि-गरिब, बर्ण-बर्ग, हाक्किम-लेबर भनेर छुट्टयाएकाछन ब्याक्तिहरुले, हास्यास्पद कुरा एउटा येस्तो छ "येस्ता लेबर काम गर्ने कामदारसंग संगै   बसेर कसरि खाने?" ल हेर्नुस त विचार....?मेरो गोरुको बाह्रै टक्का भन्ने, मेरै कुरा सहि हो र मेरै कुरा मान्नु पर्छ भन्ने, मै हुनु पर्छ अध्यक्ष भन्ने, अरुको प्रतिक्रिया-विचार विमर्शको औचित्यै नभएको ठान्ने,तल्ला स्तरमा काम गर्ने कुक, वेटर,वेट्रेस,लेबर र सर्बसाधारण काम गर्नेहरुलाई मान्छे नगन्ने,मिटिंगमा बिभिन्न बहाना गरेर नआउने तर डान्स बारमा गएर मस्ती गर्न भ्याउने, कुनै नेपाली दाजु-भाई दिदि बहिनीहरुले कारणबश दुख पाए भनेर सहयोग गरौँन २/४ डलर भन्दा दस वोटा कुरा फलाक्ने तर डान्स बारमा गएर बियर-ह्विश्की र बेश्यामा ५०० डलर उडाएर आनन्द लिने,सर्बसाधारण आफ्नै नेपाली साथीहरुलाई धम्काउने,दुख पाएका-दलालले ठगेका नेपालीहरुलाई सहायो गर्नु पर्ने ठाउँमा धम्काएर या झुठा आस्वासन दिएर अरु ठग्न पछी नपर्ने,अर्काको कुरा काटेर आनन्द मान्ने,अरुको मान मर्यादा माथि खेलबाड गर्ने, अर्काको आत्मसम्मान लथालिंग पार्ने,हाक्किम र पैसावालाहरुको लागि मात्र हो यो NRN,NRNA, NCC?
धारम सर, कुवेतको एनआरएनएबाट शुरूभएको राजिनामाको लहरले एनआरएनए साउदी अरबलाई पनि प्रभाव पारया होइन सत्य लाई असत्यको खुराक नपच्या भन्दा चाही तर्कसंगत हुने थ्यो कि? ९०% येस्तई गयेगुज्रेका चिन्तनले  NRN,NRNA, NCC लाई कप्लक्कै निलेको छैन भन्दा त्यत्ति अत्युक्ति नहोला.....
र तपाई को कार्यकाल र तपाई को उत्तोरत्तर प्रगति र साउदी अरबको NRNA, NCC मा बिबादरहित आयामको कामना गर्दछु! धन्यबाद....!!!

From: Dharam K.C. <dharamkc></dharamkc>
To: NRNA- NCC Saudi Arabia <nrna-saudi>; "nrna-ncc@yahoogroups.com" <nrna-ncc></nrna-ncc></nrna-saudi>
Sent: Sunday, 4 March 2012 6:39 PM
Subject: [nrna-ncc] एनआरएनए साउदी अरबले ‘दलाल पक्राउ पुरस्कार’ दियो, पहिलो दलाल एनआरएनएमै भेटिइन
 एनआरएनए साउदी अरबले दलाल पक्राउ पुरस्कार दियो, पहिलो दलाल एनआरएनएमै भेटिइन
४ मार्च २०१२..NRNA साउदी अरब
गैर आवासीय नेपाली संघ साउदी अरबले यस अघिको सातौं बैठकबाट महिला बेच बिखनमा संलग्न  अबैध दलालहरू तथा अबैध दलाली गर्ने बैध दलालहरूको पहिचान गरी पक्राउ गर्न मदत पुर्याउने बढीमा १० जनाका लागि पुग्ने गरी कूल रू. १ लाख पुरस्कार दिने निर्णय गरेकोमा गतः २ मार्च २०१२ मा सम्पन्न आठौं बैठकबाट साउदी अरबको हफर अल बातेन शहरमा कृयाशिल स्थानीय नौलो नेपाली युवा संघ र नेपाली जनप्रगतिशिल मञ्च साउदी अरबलाई संयुक्त रूपमा पहिलो पुरस्कार (रू. १० हजार) दिने निर्णय गरेको छ ।
नौलो नेपाली युवा संघले कुवेतबाट साउदी अरब पठाइएकी पीडित नेपाली महिला इन्दिरा दंगाल रहेको हफर अल बातेन स्थित साउदीको घर पत्ता लगाउन तथा उक्त घरबाट इन्दिरालाई भगाउन (मुक्त गराउन) मदत गरेको थियो भने नेपाली जनप्रगतिशिल मञ्च साउदी अरबका कमल पाठकले जुबैलबाट गाडी भाडामा लिई करीब ५०० कि.मी. टाढा रहेको हफर अल बातेनमा पुगी इन्दिरालाई साथमा लिई दूतावास पुर्याउन खटिएका थिए । सो कार्यका लागि नेपाली दूतावास रियादको पत्र समेत लिएका कमललाई बाटैमा नारिया स्थित साउदी प्रहरीले पक्राउ गरी एक रात थुनामा राखेको थियो, पछि दूतावासकै पहलमा उनी रिहा भएका हुन । स्मरण रहोस कि हफर अल बातेन साउदी अरबको रियाद तथा दमामबाट ५०० कि.मी.को समदूरीमा अवस्थित शहर हो तर कुवेतको बर्डरबाट यो मात्र १०० कि.मि. टाढा रहेको छ ।
इन्दिरा दंगाललाई नेपालबाट कुवेत ल्याउने दलाल हाल कुवेतमा रहेकी कमला खत्री हुन । उनले इन्दिरालाई नेपालकै बिमानस्थलबाट नेपाल सरकारको श्रम स्वीकृति समेत लिएर कुवेत ल्याएको भएता पनि त्यहां केही महिना मात्र राखेर साउदी पठाउनु श्रम सम्झौताको उलंघन थियो । हफर अल बातेनमा साउदीहरूका घर घरमा सारी सारी भोक भोकै हरेक दिन १८-२० घण्टासम्म काम गराउनु, कुटपिट गर्नु, तलब नदिनु, श्रम शोषण, ठगी र अत्याचारको पराकाष्ठा हो । कमलाले यो सबै स्वीकार गर्दै आखिर कुवेतबाट उनले नै नेपाल फर्काएकी हुन ।
इन्दिरालाई बेच्ने दलाल कमला भएको प्रमाण जुटाउने नेपाली जनप्रगतिशिल मञ्च हाल इन्दिरालाई न्याय र क्षतिपूर्ति दिलाउन तथा कमलालाई कानूनी कार्बाहि दिलाउने प्रयत्नमा छ । कमलाका बिरूद्ध नेपाली दूतावास कुवेतमा उजुरी परेको र पीडित इन्दिराले बैदेशिक रोजगार बिभाग र ए.ने.क.पा. माओवादी पार्टी कार्यालयमा पनि न्याय र क्षतिपूर्ति तथा दलाललाई कानूनी सजायको माग गर्दै उजुरी दिन लागेको सम्बद्ध शूत्रले जानकारी दिएको छ ।यहां स्मरणीय यो पनि छ कि कमलालाई एनआरएनए एनसिसी कुवेतले हालै मात्र आफ्नो महिला प्रतिनिधि (एनसिसी सदस्य) मा मनोनित गरेको हो । त्यसको लगत्तै उक्त मनोनयनका बिरूद्ध कडा आपत्ती जनाउदै कुवेतबाटै एनआरएनएको आइसिसी सदस्यमा मनोनित सदस्य ध्रुब कुमार संग्रौला उर्फ कुमार झापालीले उनलाई एनआरएनएमा मनोनयन गरिए आंफूले राजिनामा दिने बताएका थिए । तर एनआरएनए आइसिसीले उल्टै आफ्नो आइसिसि सदस्य ध्रुब कुमार संग्रौलाको राजिनामा स्वीकृत गरेको छ तर कमलालाई भने अझै पनि एनसिसीमै राखी संस्थागत संरक्षण दिइरहेको छ ।
यसैले कुवेतको एनआरएनएबाट शुरूभएको राजिनामाको लहरले एनआरएनए साउदी अरबलाई पनि प्रभाव पार्यो । हालै मात्र एनआरएनएलाई दलाल, ठग, शोषक र कमिशनखोरहरूको संस्था भन्दै एनआरएनए साउदी अरबका एनसिसी सचिव सहित ३ जनाले सामुहिक राजिनामा पेश गरे । यसरी एउटी कमलालाई एनआरएनएले च्यापी रहंदा समग्र एनआरएनए नै बदनाम हुने, यस संस्थाको छबि र प्रतिष्ठामा गम्भीर आंच आउने र एनआरएनएले नैतिक र सामाजिक धरातलमा ठूलै सांगठनिक क्षति ब्यहोर्नुपर्ने अप्रिय परिस्थिती पैदा भएको छ । संस्थाका जिम्मेवार निकाय तथा जिम्मेवार पदाधिकारीहरूले गम्भीर बिचार बिमर्श गरी उचित निर्णय लिन ढिलो भैसकेको प्रतित हुंदैछ ।
 http://www.nrnaksa.org/?p=8667
 Best regards
 Dharam K.C.
Project Champion
Foreign Employment Information Center
NRNA-ICC
President
NRNA-NCC-Saudi Arabia
Mobile: 00 966 (0)567659775
Web: www.nrnaksa.org

No comments:

Post a Comment