Tuesday, May 22, 2012

अकाट्य येथार्थ........!!!

अकाट्य येथार्थ........!!!
आदिबासी मुलबासी....
जनजाती सबै नेपाली
क्षेत्री बाहुन सबै नेपाली....
सबै-सबै नेपाल आमाकै सन्तान....
तर हिन्दु बरणाश्रम बाहुनबादीहरुको
एक्कल धर्म एक्कल संस्कार
एक्कल भाषा-लिपि मात्र दमनपूर्ण लाद्धियो किन?
एउटै आमाका सन्तान उही थात उही बासका
बहु धर्म, बहु संकर-संस्कृति
बहु भाषा-भाषी लिपि भएका
आदिबासी मुलबासी जनजातिलाई
सौतेनी व्यवहार गरियो र गरिन्छ किन?
हिन्दु  बरणाश्रमका चन्धने हरुलाई
एकात्मक सामन्ती बाहुनबादीहरुलाई
तँ नेपाली होस् भने, हामी सबै
आदिबासी मुलबासी जनजाति सबै नेपाली नै हौँ
तेरो धर्म संस्कार-संकृति,भाषा लिपिको मायाँ लाग्छ भने
आदिबासी मुलबासी जनजातिलाई हेर्ने तेरो आँखा
हाम्रो धर्म संस्कार-संस्कृति भाषालिपिले बिझाएको किन?
२५० बर्ष न चाहियो तँलाई पहिचान न चाहिया थ्यो तँलाई अधिकार?
तर आज,ऐतिहासिक पृष्ठभुमिमा समाहित लिम्बुवानको आहारिषले
ब्राह्मण क्षेत्री समाज खोलेर सडक बजारमा नाङ्गो नाच नाच्छ्स किन?
नानाथरि नाटक गरि भाईचारा तैँले बिर्सेको किन?
पहिचान सहितका खस क्षेत्रीलाई भीरको चिन्डो बनाउँदैछस किन?
खस क्षेत्री आदिबासी मुलबासी जनजातीको सरापले
आफ्नै ऐतिहासिक पृष्ठभुमिमा समाहित लिम्बुवानलाई दिएको कसमले
ध्वस्त हुँदैछस,तेरो दाहा संस्कार तेरै सामुन्ने तँ आफै गर्दैछस....
नभए गएर सोध अरुणपुर्व तराई पहाड हिमाल सबैले गिज्याउँ छन थुक्छन तँलाई.....
खस क्षेत्री आदिबासी मुलबासी जनजातीले खोसिएको अधिकार माग्दैछन
धर्म संस्कार-संस्कृति भाषा लिपि पहिचान वापस माग्दैछन
शान्तिपूर्ण माग्दा-माग्दै बुझ पचाएर बैरो हुन्छस भने
खस क्षेत्री आदिबासी मुलबासी जनजातीले खोसेर भए नि लिनेछन
त्यति खेर तँ आफै शुन्नाराम हुनेछस,बिलखबन्द टुहुरो हुनेछस
भीरको चिन्डो उधो न उभो तँ आफै फल्नेछस.....
============दिपेन================

No comments:

Post a Comment