Saturday, May 26, 2012

दोषीहरु निर्दोष हुन्छन.....

दोषीहरु निर्दोष हुन्छन
दोष दिनेले दोष दिन जान्दैनन्
क्यार्ने र आकाश धर्ति एउटै देख्छन
उ,म, तिमि एउटै त हो नि काली.....
कुरौटे मुखहरुले अनायसै छुट्याउछन
टुटेको होस् या फुटेको होस् सिसा जस्तै
टाढा हुन् क्षितज पारि आफ्नो आफ्नै हुन्छन
निलगगनको घुम्टो भित्र हराउनु कहाँ हो कहाँ आफै हराउछ्न
मायाँ ममताहरु टुहुरो झैं भौतारिएका छन
दुखेर बिगतहरु मनमस्तिष्कमै चिच्यायेका छ्न
वियोगको घाउहरुले खाटा परेर पनि भत्-भत् पोल्दैछ्न
संयोगको मह्लम खै कहाँ हो कहाँ कचलटेको पिलो झैं झन् चर्किंदैछ्न
ठिकै छ काली...बिवशताको जेलबाट छिट्टै तालाहरू खुल्दैछन
खप्नै नसकेर होला अतित र वर्तमानले मितेरी गाँसेछन
खुच्यौं पर्यो....मेरा हातहरुबाट बाध्यताको नेलहरु खुल्दैछन
सम्भाल है काली दराज भित्र एल्बममा फोटाहरु छन
ति फोटाहरुको हरेक कपिहरुमा हाम्रो अतितको कथाहरु छन
----------------दिपेन योङहाङ---------------------

No comments:

Post a Comment