Tuesday, May 22, 2012

की अविस्वास प्रस्ताव सामना गर् की घूँडा टेक्?

Monday, March 5, 2012
स्यालको सिकार गर्न बाघको सारदाम जोहो गर्न नसक्दा बर्तमान अध्यक्ष ज्ञानेन्द्र गदालको जति हरिबिजोग २१ बर्षे अनेसासको इतिहासमा सायद अरु कसैले अनुभव गरेनन । अनि अनेसासमा त् आजिबन कूलपति होमनाथ सुबेदी स्याल जस्ता पनि होइनन, उनि बाघै जस्ता हुन् । बाघलाई ढाल्न स्यालको सारदाम जोहो गरेर गदालले यति ठुलो भूल गरेकी अब उनको अगाडी अविस्वास प्रस्ताब सामना गर्ने की सुबेदीको सामु घूँडा टेक्ने एकमात्र बिकल्प बाँकी छ । अनेसासको तहमा केन्द्रिय कमिटि भनेको बोर्ड अफ ट्रस्टी (बोट) र पुरस्कार समितिको पुच्छर हो । विद्वान कूलपति सुबेदिकै शब्दमा कूकूरले पुच्छर हल्लाउने की पुच्छरले कूकूर हल्लाउने ? भन्ने भनाइलाई बिस्वास गर्यो भने गदाल छाँगाबाट खसे झैँ हुन्छन र नायगरा फल्समा सुतेको उनलाई अनुभव हुनेछ ।अनेसासको बोटमा विद्वान सुबेदी टुप्पामा बस्छन, ठुला मजबूत द्वय हाँगामा डाक्टर स्याम कार्की र सुमन तिम्सिना बस्छन अनि फेदमा झुण्डीन्छन केन्द्रिय अध्यक्ष गदाल । त्यसपछिको महत्वपूर्ण अंग हो पुरस्कार समिति जुन सुमन तिम्सिनाका पिताजी डिल्लीराम तिम्सिनाको सम्पत्ति हो र त्यसमा थपघट धेरथोर डाक्टर स्याम कार्कीको पैत्रिक सम्पत्ति मिसिएर विद्वान सुबेदीको परमादेशमा उनि, तिम्सिना र डाक्टर कार्कीको तजबिजले इछ्याइएको व्यक्तिलाई अनेसास पुरस्कारको नाउमा दिइदै आइएकोछ र संसारभरका पटमूर्ख विद्वान नेपालीहरु अनेसास पुरस्कार भनेर गर्वसाथ् स्वीकार्छन, केन्द्रिय अध्यक्ष गदालले पनि २००४ मा त्यस्तै एउटा पुरस्कार स्वीकारेका हुन् ।यसो भन्दा अनेसासलाई प्रेम गर्ने र त्यसको छत्रछायामा २-४ हरफ कबिता कोरेर, लेख लेखेर कबि साहित्यकार बनी टोपलेका महानुभावहरुको दिमागको पारो चढ्ला नै तर के गर्नु अनेसासको गुह्य कुरो अध्ययन गर्यो भने फिलाडेल्फियास्थित तिम्सिनाको तिम्सिना फाउन्डेसन र न्युयोर्कस्थित डाक्टर कार्कीको इन्दिरा फाउन्डेसन सच्चा अर्थमा अनेसासको आर्थिक जग हो भन्न करै लाग्छ । त्यत्रो आर्थिक स्तम्भहरुलाई बेवास्ता गरेर सन् १९९० मा एउटा मजेत्रो, १ पाथी मकै, १ माना घिउ, १ बटुका कुरौनी, १ दर्जन जनै, आधा दर्जन कछाड बोकेर वाशिंगटन झरेका सुबेदीले २२ बर्षसम्म अर्को पेशा नगरी भर्जिनियाको वुडब्रिजमा घर किन्न, पछी सालिन्दा मोर्डगेज तिर्न, बिजुली, पानी, फोहोर ब्यबस्थापन, सेलफोन, गाडी, ग्यास, खानपान जस्ता दैनिक खर्चहरुको समस्या टार्न सकिन्छ ? निस्चित रुपमा सकिन्न, अनि अनेसासलाई मागी खाने भाँडो बनाउनु सिबाए अर्को बिकल्प पनि छैन नि उनीसंग । ''देश पनि हेर्ने मुख पनि फेर्ने'' यत्रो रणनीति सफल भएको छ उनको अनि अहिले उनको पछाडी तिम्सिना र डाक्टर कार्की मात्र होइनन लामै लगाउँदा पनि १५ सय जति त् उनले फ्यान बनाएका छन । हेर्दै जाऔ सुबेदीको सति जाने पनि १ सय वटा च्याप्टरका कम्तिमा १ सय नेपाली मूलका मानिसहरु हाम्रै आँखाले देखिनेछ ।घुम्दै फिर्दै रुम्जाटार भने झैँ सुबेदीको बोट र पुरस्कार समितिको कुरो छोडौ, कुनै दिन हाम्रै पालामा कोहि नेपालि अनुहारको मनुवा सुबेदीलाई काउन्टर दिन तम्तयार होला नै, बोटलाई ढाल्न सबभन्दा पहिले बन्चरो छुरा भएर होइन, चलाउने मान्छेको पाखुरो, नाडी र छातीमा दम चाहिन्छ, आशा गरौ कोहि जन्मिएला नै तर यो दम बिना नै बोट ढाल्न गदालले प्रयास गरेर अहिले उनलाई अनेसासको केन्द्रिय अध्यक्ष पद ''खाउ भने डेढ बर्षको शिकार नखाउँ भने कान्छो बाउको अनुहार'' भयो । उनि संगै डेढ बर्ष अघि बरिस्ठ उपाध्यक्ष पदमा निर्बाचित भएका गदालका सहकर्मी कृष्ण बजगाई, जो उसबेला गदालका फ्यान थिए अहिले उनी गदाललाई ''या चुपचाप काम गर् या त् अविस्वास प्रस्ताब सामना गर्" भन्न बाध्य भए । यस्तो चरम अबस्था किन सिर्जना भयो होला? एकछिन अनेसास केन्द्रिय समितिका बरिस्ठ उपाध्यक्ष कृष्ण बजगाईको बक्तब्य हेरौ:
आदरणीय साथीहरु,
अध्यक्ष गदालले भनेको कुरामा भ्रममा नपर्नु होला । कार्यसमितिको बैठकमा बहुमतले यो विधान दुइपटक पराजित भैसकेको छ । र तेस्रोपटक उहाँले पहिले बनाईएका विधान संशोधन समितिका संयोजकलाई घटुवा गरेर अर्को विधान संशोधन समितिमा सदस्य बनाएर अर्कै संयोजक बनाउने प्रस्ताव बहुमतद्धारा अस्विकृत मात्र भएन उहाँले प्रस्ताव गरेका सदस्यले नै राजिनामा दिनु भयो । बृहत छलफल नगरि कार्यसमितिका पदाधिकारीहरुलाई अल्मलाएर र कार्यसमिति बाहिरकालाई भ्रममा राखेर यो विधान संशोधनको नाटक गरेकोले यसको तिब्र बिरोध भएको र पारित हुन नसकेको हो । विधान समय अनुकुल संशोधन हुनुपर्दछ भन्ने कुरामा कसैको पनि विरोध छैन् तर प्रस्तुत यो विधानका धेरै कुरा अनेसास विरोधी र अनेसासको अन्तर्राष्ट्रिय विस्तारलाई पूर्णत रोक्ने कुरा भएकोले यसको बिरोध भएको हो ।
प्रस्तावित विधानका केही बुँदा हेरौं:
-आजिवन सदस्यता १०० डलरबाट बढाएर २०० डलर
-हरेक च्याप्टरले केन्द्रमा दर्ता हुनुपर्ने र सो बापत ५० डलर तिर्नु पर्ने ।( च्याप्टर दर्ता भएबापत केन्द्रबाट के पाउने ?)
-अनेसासको केन्द्रियी समितिका अध्यक्ष, महासचिव जस्ता पदमा अमेरिका बाहिरकाले उम्मेदार हुन नपाउने(अमेरिकाका मान्छेलाई जिताउन अमेरिका बाहिरकाले किन १००–२०० डलर तिर्ने ?)
आदि बुँदाहरु भएको यो संशोधित विधानका बारेमा अहिले ब्यापक छलफल चलाउन पर्याप्त समय नभएकोले प्रस्तुत विधानका राम्रा बुँदा, पदाधिकारीहरुबाट आएका राम्रा सुझावलाई समेटर अर्को कार्यसमितिलाई विधान संशोधनको जिम्मा दिने कुरा कार्यसमितिका साथीहरुबाट पहिले नै आएको हो र यो कार्यकाल सकिन लागेकोले अहिले निर्वाचन समिति गठन गरेर निर्वाचनको तयारीमा जानु पर्ने बहुमत सदस्यको राय त्यतिबेलै बुझाई सकेकोमा अहिले फेरि यो विवाध झिकेर गदालजीले आफ्नो कार्यकाल लम्ब्याउने चाल खेलिरहनु भएको छ ।
गदालजीको इमेल हेरौं, विधान सम्बन्धी सुझाव होमनाथ सुवेदी, गदाल र गीता खत्रीलाई मात्र पठाउन भनिएको छ र हामी कार्यसमितिका अन्यले थाहा नपाउन भन्न खोजिएको छ । साधारण शभाबाटै हामी निर्वाचित भएर आएका हौं । कार्य समितिले थाहा नपाई विधान संशोधन गरिन्छ भने त्यसमा कस्तो षड्यन्त्र होला ? कार्यसमितिलाई यसरी अलग्याएको पहिलो पटक भने हैन ।
संस्थालाई मर्यादित तरिकाले बहुमत कार्यसमितिका पदाधिकारीहरुको भावना अनुरुप चलाउनु पर्नेमा गदालजीको एकल निर्णय र ब्यक्तिवादी प्रवृत्तिले अनेसासको ईतिहासमा यो भन्दा ठूलो विवाद र अध्यक्ष अत्पमतमा कहिल्यै परेका थिएनन् । गदालजीको हठ र अहंम र कसैसँग सम्वाद गर्न नचाहेको कारण गत निर्वाचनमा केही साथीहरुले अर्कै संस्था जन्माउन पुग्नु भयो । कार्यसमितिलाई नसोधी आफैं संयोजक नियुक्त गर्ने, आफै विरोध र कार्यक्रम बहिष्कार गर्ने, पैसा बुझाईसकेका झण्डै ६० जना आजीवन सदस्यहरुलाई आजिवन सदस्यताको मान्यता नदिने, संस्थाको कोषाध्यक्ष बाहिर रहेकोले संस्थाको लेखापरिक्षण हरेक ३ महिनामा गरि कार्यसमितिलाई दिनु पर्ने निर्णय प्रथम बैठकले गरिसकेकोमा पटक पटक कार्यसमितिले मागेकोमा अहिलेसम्म कुनै जानकारी नदिई आर्थिक हिनामिना गरेको थाहाहुन आएको थियो । र उहाँ प्रति बहुमत कार्यसमितिका सदस्यहरुको विश्वास नरहेकोले उतिबेलै उहाँप्रति विश्वास नरहेको भन्दै उहाँको बिरुद्धमा अविश्वासको प्रस्ताव ल्याउन तयारी भैरहेको बेलामा संस्थाको छविको लागि उक्त कदम स्थगित गरिएको थियो तर अध्यक्ष जस्तो गरिमामय पदमा बसेको ब्यक्तिले संस्थाको छवि बिगार्ने गरि सार्वजनिक संचारमाध्यममा अन्तवार्ता दिँदै हिँड्नु, फेसबुकमा कुरा राख्दै हिँड्नु र त्यहाँ बिना तर्कका बहशमा सहभागी हुनु शोभनिय कार्य हैन । अतः अध्यक्ष गदालजीलाई अनुरोध छ -अहिलेलाई विधानको विवादलाई थाँति राखि निर्वाचन समिति गठन गरि आजिवन सदस्यताका विवाद सल्टाउने, आर्थिक पारदर्शिता कायम राखि सबै साथीहरुलाई हिसाबकितावको जानकारी र बैक स्टेटमेन्टको स्क्यान कपि उपलब्ध गराउनु होला । कार्यसमितिका बहुमत साथीहरुको भावनालाई कुल्चि आफ्नो हठ कायम राखेर जर्बदस्ती गर्न खोज्नु भयो भने तपाई माथि हाम्रो विश्वास नहुने भएकोले तपाईं उपर प्रस्तुत हुने अविश्वासको प्रस्ताव सामना गर्न तयार रहनु होला ।
कृष्ण बजगाईं
वरिष्ठ उपाध्यक्ष
अनेसास केन्द्रीय समिति
अनेसास केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र गदालले अनेसासका सम्पूर्ण आजीवन सदस्य महानुभावहरु र अन्तर्राष्ट्रिय नेपाली साहित्यसमाज, केन्द्रिय कार्यसमितिलाई सम्बोधन गरि फेब्रुअरी २१ मा अत्यन्त गोप्य रुपले पठाएको पत्रको प्रतिउत्तरमा फेब्रुअरी २२ मा माथि उल्लेखित चेतावनी दिएका हुन् ।
पहिलो गाँसमै झिङ्गो
अनेसास केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र गदालको सपथ ग्रहणले गदालको पहिलो गाँसमै झिङ्गो हालिएको देखाएको थियो तर झिङ्गो हालिएको तथ्यलाई चुपचाप पन्छाएर गदालले गाँस हालेको त्यो बेला प्रमाणित भयो जुनबेला अनेसास निर्बाचनका न्यायाधिस अनि पछी सपथ खुवाउने उही इन्दिरा फाउन्डेसनका डाक्टर स्याम कार्कीले अंग्रेजी भासामा बिसुद्द नेपाली संस्था त्यो पनि संसारभर नेपाली भाषा र साहित्यको लागि समर्पित अनेसासको "ओथ स्क्रिप्ट" पढेर गदाललाई खुवाउँदा थाहा भयो । अंग्रेजीका किरो अनि नेपालीमा जिरो डाक्टर स्याम कार्कीको सपथ खाँदै गर्दा गदालको पछिल्तिर झुण्डीएको ब्यानरले बताईरहेथ्यो नेपालीमा बोल्न र लेख्न जिरो नेपाली साहित्यका मुर्धन्य पुरुष डाक्टर कार्कीलाई सपथ ख्वाउन सहज भएन । डाक्टर कार्कीलाई आजिबन कूलपति सुबेदीभक्त एक पत्रकारले नेपालीमा अन्तर्वार्ता लिएकामा डाक्टर कार्कीले अंग्रेजीमा जबाफ दिएको व्यहोराले पनि नेपाली साहित्यका शिखर पुरुष डाक्टर कार्कीको नेपाली साहित्य लेखन र साहित्य सेवा प्रस्ट हुन्थ्यो, यो दुर्दशापूर्ण सपथ ग्रहण समारोह केन्द्रिय अध्यक्ष गदाललाई अहिले भोगीरहनु परेको चुनौतीको बिजारोपण थियो तर के गर्नु त्यसबेला भूइमा खुट्टो नभएका गदालको यस्तो दुर्गति अहिले पार्लान भन्ने अनुमान गर्ने ठाउ थिएन । तर चौतर्फी घेरामा पारेर ज्ञानेन्द्र गदाललाई ''डु अर डाई'' चुनौतीमा फस्न उनको आफ्नै असि प्रतिशत भूमिका तथा बोट, पुरस्कार समिति र केन्द्रिय समितिको बिस प्रतिशत दबाबले काम गरेको सर्बत्र अनुमान गरिदैछ ।

No comments:

Post a Comment