Thursday, May 24, 2012

चिहानको थोरै नाप बाँकी रह्यो I : नारीदर्पण डट कम

चिहानको थोरै नाप बाँकी रह्यो I

चरी आयो उडी गयो पञ्जा छाप बाँकी रह्यो !
उजाड वनका पाखा भित्ता ठुटा काप बाँकी रह्यो !!

प्रकृतिको गहनालाई मान्छेले नै लुटे पछी !
सन्ततीको छाती पोल्ने तातो राप बाँकी रह्यो !!

भाईचारा र मानवता मरेपछी दुनियाँमा !
पापी सँगै यो धर्तीमा केवल पाप बाँकी रह्यो !!

ए मनुवा धन कमाई थाक्यौ भने यता आउ !
अब केवल चिहानको थोरै नाप बाँकी रह्यो !!
.
मीरा थापा
माइधार झापा
हाल,  इजराइल

No comments:

Post a Comment