Saturday, May 26, 2012

छरपस्ट क्षेत्री समाज बलियो पश्चिमे बाह्मण ....

 
  दिपेन योङहाङWritten by Kirat   
Saturday, 26 May 2012 15:28
काठमाडांै । जातीय पहिचानसहितको संघीयताविरुद्ध सशक्त आन्दोलन गरिरहेको संगठनको नेतृत्व कसले गरिरहेको होला सबैलाई लाग्न सक्छ- क्षेत्री समाज अध्यक्ष डा। दिलबहादुर क्षेत्रीले । तर वास्ताविकता भने अर्कै पाइएको छ ।
बाहिरबाट हेर्दा पोखराको पृथ्वीनारायण क्याम्पस प्राध्यापक रहेका क्षेत्री र सोही क्याम्पसमा पढाउने बाह्मण समाज अध्यक्ष नारायण अधिकारीले आन्दोलनको नेतृत्व गरिरहेका छन् । राजनीतिक आन्दोलनको त्यति धेरै ज्ञान नभएका यी दुईको रणनीतिक योजना भने कांगे्रस र एमालेका क्षेत्री-बाहुन नेताहरुले बनाएको बुझिएको छ । संघर्ष समितिमा सहभागी एक सदस्यका अनुसार आफूआफूबीच नै कुरा नमिलेपछि छरपस्ट भएको क्षेत्री समाजलाई मिलाएर आन्दोलनमा लगाउन कांग्रेसका खुमबहादुर खड्का प्रकाशशरण महत नारायण खड्का तथा एमालेका वामदेव गौतम र भीम रावलले विशेष भूमिका खेलेका थिए । उनका अनुसार आन्दोलन गर्नुअगाडि नयाँ बानेश्वरस्थित संविधानसभा हलपछाडि रहेको एक घरमा रावल महत र खड्का बसेर आन्दोलनको रणनीति तय गरेका थिए । आन्दोलरत क्षेत्री समाज राष्ट्रिय महासंघ महासचिव विष्णुबहादुर खड्का कांग्रेसका चर्चित भष्टाचारी नेता खुमबहादुर खड्काको व्यक्तिगत सहायक पिए भएको महासंघ मिडिया संयोजक रवीन अधिकारीले बताए । दाङ घर भएका विष्णुले भने आफूहरुको समर्थन भए पनि प्रत्यक्ष सहभागी नभएको बताए ।
कांग्रेस-एमालेको साथ पाएर आन्दोलन सशक्त देखिए पनि आन्दोलनको मोर्चामा लडिरहेको महासंघमा अध्यक्ष र अन्य सदस्यबीच भाँडभैलो मच्चिएको छ । त्यही कारण मोर्चा अध्यक्ष केबी रावतले छुट्टै मोर्चा बनाएका छन् । महासचिव खड्काले रावत १४ महिनादेखि गायब भएको कारण उपाध्यक्ष अनुराधा थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको बताए । ुउहाँ अहिले विधानविपरित काम गर्दै हिँड्नुभएको छ ।ु ०६७ चैत ७ गतेको बैठकपछि अध्यक्ष रावत गायब भएको दाबी गर्दै महासचिव खड्काले भने ुसुनेअनुसार उहाँ आफैँले छुट्टै समिति बनाउँदै हिँड्नुभएको छ रे !ु
क्षेत्रीहरु भित्रै पनि खस क्षेत्री र क्षेत्रीबीच विवाद चुलिएको छ । सरकारले आन्दोलनरत पक्षसँग सम्झौता गरेर खस क्षेत्री क्षेत्री र बाह्मण सबैलाई खस आर्यका रुपमा पहिचान दिने सम्झौता गरेपछि खस क्षेत्री एकता समाज अध्यक्ष युवराज कार्कीले प्रेस विज्ञप्ति जारी गर्दै यसविरुद्ध सशक्त आन्दोलन गर्ने बताएका छन् । कार्कीको नेतृत्वमा रहेको क्षेत्री समाजले करिब दुई वर्षदेखि कर्णालीका खस क्षेत्रीलाई आदिवासीको सूचीमा राखिनुपर्ने माग गर्दै आन्दोलन गरेका थिए । यसको नेतृत्व सर्वप्रथम विद्वान् भनिने डा। सुरेन्द केसीले गरेका थिए । केसी यसको संस्थापक अध्यक्ष हुन् ।
क्षेत्रीहरुकै संस्था भनेर एमाले उपाध्यक्ष वामदेव गौतमको दाहिने हात मानिने सभासद् डीबी कार्कीले पनि छुट्टै संस्था बनाएका थिए । नेपाल प्रहरीको इन्स्पेक्टरमा जागिर लगाइदिन्छु भनेर खोटाङका राजकुमार राईबाट दुई लाख रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ परेपछि कार्की निलम्बनमा परेका हुन् । संगठन र नेतृत्व यति धेरै छरपस्ट भइरहँदा पनि सडक आन्दोलन भने सशक्त हुनुमा कांग्रेस र एमालेका क्षेत्री-बाहुन नेताहरुको साथ रहेको स्पष्ट देखिन्छ ।
इता आन्दोलनको नेतृत्व गरिरहेको बाहुन क्षेत्रीहरुमा अनौठो एकरुपता देखिएको छ । उनीहरु सबै पश्चिम क्षेत्रमा बसोबास गर्ने देखिएको छ । बाह्मण समाज अध्यक्ष अधिकारी राष्ट्रिय महासंघ मध्यमााचल उपाध्यक्ष रवीन अधिकारीलगायत अधिकांश पदाधिकारीसहित क्षेत्री समाज अध्यक्ष दिलबहादुर क्षेत्री सबै पश्चिमतिरका हुन् । क्षेत्रीको घर बाग्लुङ हो । भने खड्का दाङका हुन् । जातीय संघीयताको चर्को विरोध गरिरहेको राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी पनि पश्चिमकै हुन् । यसले तुलनात्मक रुपमा पूर्वका भन्दा पश्चिमका बाहुन क्षेत्री बढी रुढीग्रस्त छन भन्ने पनि पुष्टि गरेको छ ।

No comments:

Post a Comment