Tuesday, May 22, 2012

"संघियताको बिषयमा खुल्ला बहस"

सबैले आफुलाई लागेको कुरा,आफ्नो विचार र बिषयगत विमर्श गर्ने थलो हो यो भानुम क्यारे....तर यो रत्यौली खेल्ने ठाउँ चाहिं होइन, "संघियताको बिषयमा खुल्ला बहस"मा मलाई लागेको कुरा र मेरो महसुस....१) तनमनले इज्जत गरेका ब्याक्तित्वहरुले अन्जान भएर बुर्काधारी बहस गरि संघियताको बिरोध गर्न पछी नपरेको देख्दा अच्चम्म लागेर आउछ!
२) संघियताले देश टुक्रिन्छ संघियता भनेको जातियता हो भनेर भ्रम फैलाउने मित्रहरुसंग अच्चम्म लाग्छ !
३)जात-जातियता,संघीय-संघियता, राष्ट्र-राष्ट्रियता,बाहुन-बाहुनबाद,लिम्बु-लिम्बुवान,खम्बू-खम्बुवान,आदिबासी-मुलबासी आदिको अध्यायन र सुझबुझबिना किन बुर्कुसी मारया होला?
४)संघियता र MNO अनि गोपाल गुरुङ र कृष्ण तामांग लाई किन झोल र चोक्टा एउटाइ हो भनेर मुर्ख्याइ गर्या होलालन?
-------------------------------------------------------------------------------------------
संघियता भनेके के हो?थाहा नहुनेले अध्यायन गरौँ,संघियताले कुनै पनि एउटा-दुइटा जातलाई नेतृत्व गरेको या समेटेको छैन संघियताले लिम्बुवानभित्र बसोबास गरेका सारा जात-जातिलाई समानरुपले नेतृत्व गरेको छ र सकिन्छ भने संघियताको इज्जत गरौँ सकिन्न भने कम से कम चुप लागेर बसौं बेअर्थमा संघियताको अपमान नगरौं, भ्रमको खेति नगरौं,लिम्बुवानी सन्तानले लिम्बुवानी जन्मभूमिको लाज राखौं,जुन थालमा खाइन्छ त्यहि तहमा नथुकौं, बाहुनबाद भनेको के हो? तपाई एस्लाई आफ्नो जात सम्झिन्दै हुनु हुन्छ?भने गलत गर्दै हुनु हुन्छ अझ अध्यायन गर्नुस, तब सम्म अध्यायन गर्नुस जबसम्म यो बाहुनबाद भनेको जात होइन रहेछ भनेर बुझ्नु हुन्न....?!
देश टुक्रिन्छ रे...कसरि टुक्रिन्छ संघियताले? जहिले तहिले मक्करे र बक्थक्के भएरै बस्ने त?बिना धर्म संस्कृति अर्काको जबर्जस्ति लादिएको धर्म संस्कृतिले लाज छोप्ने त?धेरै कुरा नगरौं मात्र अमेरिका र इन्डिया को मात्र कुरा गरौँ यी देशहरु कति स्टेट हरुमा विभाजित छन?स्रिब भारु र डलर मा अडिग र सिमित छन एस्लाई देश टुक्रिएको भन्ने?करेला को होस् कि पन्जाबको आखिर उसको राष्ट्रियता त इन्डियन नै हो नि, टेक्सास को होस् या वाशिंगटनको त्यो अमेरिकन नै हो,सारा देशको आय एक ठाउँ जम्मा गरेर भुँडी भर्न पल्केका यी सामन्ती बहुनबादिहरुको पक्षपोषण गर्नको सट्टा तपाईको गाउँ-बस्ति जल्लामा खानेपानीको सुबिधाछ?बिजुली पुग्याछ?आबस्यक स्वस्थ सेवा छ?नखोक्नुस छैन....तपाइको जिल्ला गाउँ बस्ति बाट सरकारको नाममा एक बर्षमा कति कर जम्मा हुन्छ?तपाईलाई थाहाछ?त्यो तपाई को जिल्ला गाउँ बस्तीमा उठेको कर त्यहि तपाई को जिल्ला गाउँ बस्तीमा खर्च गरे त्यो तपाइको जिल्ला गाउँ बस्ति अष्ट्रेलियाको सिड्नी र इन्डियाको दार्जिलिंग हुन्न र? बुद्धिभ्रष्ट तपाई संघियताको बिरोध के गर्नु हुन्छ?तपाई मक्करे र बक्थके भन्दा कम हुनु हुन्न, बुद्धिभ्रष्ट तपाई जनजाती शोषित-पंडितको मुक्तिको नाममा बर्ग संघर्ष र समाजबादको के गर्नु हुन्छ? तपाईले न मार्क्स को सिद्दान्तको इज्जत राख्नु भा छ न त लेनिन र माओ कै विधाको लाज राख्नु भा छ??
MNO ले संघियताको बिरोध किन गर्ने?यदी MNO ले जातजाति,धर्म संस्कार,संस्कृति,भाषालिपि आदीत्यादी को नेतृत्वमा सम्बर्दन र प्रबर्दको लडाई लड्या हो भने संघियतासंग हातेमालो गर्नु पर्ने बेला र ठाउँमा  संघियताको उल्टो अर्थ लागएर दहीचिउरे किन हुने?
गोपाल गुरुङ र कृष्ण तामांग....ब्याक्तिगत अन्बन, मन मुताबलाइ लिएर MNO लाई किन बेइजती भाँडो बनाउने?घरको मुद्दा घरमै नमिलाएर संघीयतालाई किन तगारो हाल्ने दुष्प्रयास?
===================================================
बुर्काधारी मित्रहरु.....मेरो चुनौती सहित खुलस्त भन्छु, संघियताको बिरुद्धमा पाहाडको सिर्जना गर्नुस तर रोक्किदैन अब संघियता हवार हुण्डरीमा परिणत भइसक्याछ....संघियताको अगाडी उभिएर तगारो नबन्नु होला,लिम्बुवान प्रेमी,संघीय प्रेमी जनताले कुल्चिएर टुक्रा-टुक्रा हुनु होला तपाईले संघियताले देश टुक्रिन्छ भने जस्तै.....संघियताको बिरुद्ध अगुल्ठो हान्ने दुष्प्रयास नगर्नुस संघियता त आगोको ज्वाला हो,जलेर ध्वस्त हुनु होला,संघियता एउटा शान्त समुन्द्र हो भत्काउने दुष्प्रयास नगर्नुस सुनामी आउला, संघीयतालाई लडाई झगडाको निम्तो नगर्नुस तपाइको काल भएर आउला.... तपाई चिच्याई रहनुस संघियताको बिरुद्धमा, तपाइको चिच्याहट सदियौं सदिसम्म बिलखबन्द टुहुरो चिच्याहटसिबाय केहि हुने छैन.......! कोइ छस खोक्ने???जय लिम्बुवान....जय मंगोल.....जय संघीय अभिबादन....!

No comments:

Post a Comment