Wednesday, May 30, 2012

आदिवासी जनजाति एकता जिन्दावाद !! जिन्दावाद !!!



 बिगतका ४ वर्ष र अन्त्यमा २०६९।२।१४ को संविधान सभा भंग सम्मको घटनाक्रमले हामी आदिवासी जनजातिहरुलाई एउटा ऐतिहासिक पाठ सिकाएको छ । आगामी दिनहरुमा आफ्नो हक अधिकार पहिचान संबिधानमा स्थापित गर्नको लागि हामीहरुको एकता अझ सुढृद हुनु जरुरि भएको सबैले महसुस गरेको कुरा हो । एकता नै बल हो भन्ने कुरा हामीले बुझिसकेका छौं ।
हाम्रा मूख्य ५ कुराहरू; जातिय पहिचान, भाषा, सँस्कृती वा धर्म र अधिकारहरू हुन । यसको प्राप्तिको लागि हामीले आ-आफ्नो ठाऊँबाट , स्थानबाट, तहबाट ब्यक्तिगत हिसावमा, संगठनात्मक हिसाबमा के कस्तो भूमीका योगदान गर्न सकिन्छ भन्ने कुरा पनि महत्वपुर्ण हुन जान्छ ।
हामी आदिवासी जनजाति संयुक्त संघर्ष समिति संग ऐक्यबद्धता र आवद्धता जनाउँदै, आफ्नो सदस्यहरुले अवलम्बन गर्नु पर्ने नियम, शर्त वा आचार संहिता , कार्य निति, कार्य योजना बनाउन कोशिश गरिएको छ ।
अवलम्बन गर्नु पर्ने नियम, शर्त वा आचार संहिता :
१. हामीले आ-आफ्नो जातिगत हक हित र अधिकारका लागि अगाडि बढ्ने हुनाले, कसैले पनि राजनैतिक बाद संग सम्बन्धित कुरामा आफुहरु बहस नगर्ने ।
 २. कुनै पनि राजनैतिक पार्टि वा दलको सिद्धान्तको समर्थन वा बिरोध नगर्ने ।
 ३. आ-आफ्ना जातिका बिभिन्न संघ संस्थाहरुको को अलग अलग समर्थन वा बिरोध नगर्ने । सबैको सामुहिक समर्थन गर्ने।
४. आ-आफ्ना जातिय नेताहरुको सबैको सामुहिक समर्थन गर्ने,  ब्यक्तिगत बिरोध नगर्ने
 कार्यनिति र कार्ययोजना :१. आ-आफ्नो गाऊँ, ठाऊँमा टोल टोलमा "आदिवासी जनजाति एकता" नाममा एउटा समिति खोल्ने । भएका संघ,  संस्था वा क्लबलाई माथिको शर्त वमोजिम आबद्ध पनि सकिने ।प्रत्येक सदस्यबाट मासिक रु ५।- शुल्क उठाउने ।
२. नजिकको जातिय नेतालाइ बोलाइकन माथिका शर्तहरु उल्लङ्घन नहुने गरि बिशुद्ध जातिय हक-अधिकार पहिचान संघियता संबन्धि छलफल, प्रशिक्षण र प्रश्नोत्तरको कार्यक्रम गर्ने ।
३. आदिवासी जनजाति सघर्ष समितिको नजिकको एकाइ संग समन्वयात्मक सम्बन्ध राख्ने ।
४. फेसबुक बिदेशमा बस्ने सदस्यहरुको हकमा आगामी कार्यक्रमको फेशबुकमा छलफल गर्ने ।
..............................................................................................

No comments:

Post a Comment