Tuesday, May 22, 2012

समाजबादका बिरुद्ध पुनराबृत्तिबाद....

by Deepen Yonghang on Wednesday, May 9, 2012 at 11:40am · 

शशी पौडेल / बेलायत

 प्रिय कपील जी,
तपाइले मलाइ खास गरी तीनवटा प्रश्न इमेल मार्फत सोध्नु भएको थियो । तपाइका प्रश्नहरु मैले पूर्ब र पश्चिम जर्मनीको स्वास्थ्य निती, सन्चारको अवस्था, शिक्षाको अवस्थाका साथै पूर्ब जर्मनीका कमजोरीहरु र पश्चिम जर्मनीको आकर्षण के के थिए भनेर बुझें । यसबारे एक एक गरेर उत्तर लेख्दा सायद ठूला देखि साना मसिना कुराहरु लेख्नुपर्ने हुन सक्छ जुन एउटा ल्बगमा लेख्ने लेखमा कति सम्भव होला ? त्यसैले त्यहाँको तत्कालिन राजनैतिक अवस्था साथै बिश्व कम्युनिष्ट आन्दोलनमा देखा परेका कमजोरीहरु बारे एक तस्वीर  उतार्ने प्रयास गरेको छु । कत्तिको सफल हुन्छु खवर पाउन सकेको खण्डमा धन्य हुनेछु ।जर्मनीको पुनराबृत्ती ब्रिटेनको फेबियसबाद र जर्मनकै परिवर्तित परिस्थितीले ल्याएको थियो । जर्मनी र पूर्बि युरोपकै पनि समाजको स्वरुप सामन्तबादी प्रबृत्ती थियो । तर राज्य प्रजातान्त्रिक भनिए पनि एक प्रकारको निरंकुश थियो । त्यस कारणले कार्ल मार्क्सले सर्व प्रथम समाजवादी क्रान्ति पूँजीवादको बिकाश भएको मुलुकबाट शुरु हुने तर्क गरी ऐतिहाँसिक भौतिकबादको ब्याख्या गरेका थिए । उन्नाइसौं सताब्दीको शुरुसम्म यहाँको सामाजबादी एवं कम्युनिष्ट आन्दोलन उग्र क्रान्तिकारी थियो । तथापी उनिहरुमा मार्क्सबादको प्रभाव भने थियो । राजनैतिक र सामाजिक परिवर्तनसंगै जर्मनीमा पूँजीको बिकाश हुन थाल्यो । उद्योग धन्दाहरु मैलाउन थाले । सर्बहारा वर्ग बिस्तारै मध्यम बर्ग तिर उक्लन थाले । औद्योगिक उन्नती हुन थाले । ब्यक्तिगत एवं राजनैतिक अधिकार स्वीकार गरिन थाल्यो । फलस्वरुप “सामाजीक प्रजातान्त्रिक पार्टी” (Social democratic Party) स्थापना भयो । र यसको प्रभाव निकै बढ्यो ।  सामाजीक प्रजातान्त्रिक पार्टीले सरकारको प्रतिनिधित्व मात्र गरेनकि सरकारको नेतृत्व गर्न थाल्यो । सामाजीक प्रजातान्त्रिक पार्टी जर्मनीले एकातिर कार्ल मार्क्सको “पूजी”को सिद्धान्त निति एवं मार्क्सबादलाइ स्वीकार गर्ने भन्यो भने अर्को तिर ब्यवहारमा सुधारबादी हुँदै गए । एडुवार्ड वर्नस्टाइन नामक एक जर्मन दार्शनिकले उक्त बास्तविकतामा मार्क्सबादलाइ सुधार गर्नु पर्छ भन्ने चिन्तन सार्वजनिक गरे ।बर्नस्टाइन सामाजिक प्रजातान्त्रिकबादका मूख्य चिन्तक थिए।
कार्ल मार्क्सका अनुसार आर्थिक संकटका कारण पूंजिबाद एवं मध्यम बर्ग संकटमा फस्दै जान्छन् र मजदूर वर्ग निर्धन र दुखि सिद्धान्त निति एवं मार्क्सबादलाइ स्वीकार गर्ने भन्यो भने अर्को तिर ब्यवहारमा सुधारबादी हुँदै जान्छन् जसका कारण उनिहरुमा एकता बढ्छ । क्रान्तिकारी संगठनको निर्माण हुँदै जान्छ । यसरी निर्माण भएको क्रान्तिकारी संगठनद्वारा निर्देशित क्रान्तिले समाजबादको बाटो हुँदै साम्यबाद सम्म पुग्न सक्षम गराउँछ र साम्यबाद दीर्घजीबी रहन्छ भन्ने थियो । तर बिश्वमा क्रान्तिको अवस्था अलग्गै रह्यो ।
बर्नस्टाइनले अघि सारेको चिन्तन सामाजिक प्रजातान्त्रिकबाद जर्मनीका पूजिबादीहरुले जर्मनी  कम्यूनिष्ट आन्दोलनमा मात्र नभै बिश्व कम्यूनिष्ट आन्दोलनका बिकल्पका रुपमा प्रयोग गरे । बर्नस्टाइनले क्रान्तिकारी वर्ग संघर्षको सट्टा तत्कालिक समाज सुधार र समाजको आमुल परिवर्तनका निम्ति वर्ग संघर्षको स्थानमा आपसी सहयोग एवं सम्सदनात्मक सम्बैधानिक बाटो तर्फ जोड दिएका थिए । बर्नस्टाइनको उक्त बिचारलाई पुनराबृत्तिबाद भनेर चिनिन्छ । जर्मनीमा पुनराबृत्तिबाद हाबी हुँदै गयो एकातिर भने अर्को तिर पूर्व जर्मनीमा सत्तामा आसिन ब्यक्तिहरुले माक्र्सबाद लेनिनबादको मुख्य शन्देश पुर्‍याउन असफल भए । उनिहरुले माक्र्सबाद लेनिनबादलाई मानव समाजको आवश्यकता एवं जीवन दर्शनका रुपमा प्रस्तुत नगरी जवर्जस्तीका रुपमा अगाडी बढाए । जनतालाई बिचार, वाक र छलफल गर्न पाउने स्वतन्त्रता जस्ता न्यूनतम आवश्यकताबाट बन्चित हुनुपर्ने अवस्था सिर्जना भयो ।समाज परिवर्तनशिल छ भन्ने बुझ्दाबुझ्दै पनि परिवर्तित परिस्थिती, परिवर्तित भौतिक संरचना, परिवर्तित प्रविधी र परिवर्तित सन्चार प्रक्रियालाई राज्यले स्वीकार गर्न र त्यस अनुसार आफुलाइ ढाल्न सकेन । तर सर्बसाधारण जनतामा यसले प्रभाव पर्नु स्वाभाबिकै थियो । राज्य जडसुत्रबादी भै कार्ल मार्क्सले ब्यास्या गरेको निषेधको निषेधको सिद्धान्तलाई आत्मसात गर्ने नाममा पानी जमेर वरफ बन्छ र वरफ पग्लेर पुनः पानी बन्छ भन्ने बैज्ञानिक सिद्धान्तलाई बुझन सकेनन् । यद्दपी यसलाई बुझनु वा स्वीकार गर्नु कार्ल मार्क्सले ब्यास्या गरेको निषेधको निषेधको सिद्धान्तलाइ स्वीकार नगर्नु भन्ने थिएन । समाजबादलाई देश काल र परिस्थिती अनुसार मानव समाजको बिकाश संगसंगै बिकाश गर्दै लैजानु पर्ने आवश्यकतालाई ब्यवहारमा उतार्न सकेनन् ।विचार गरौं, यदी हामी कुनै बाटो अगाडी हिंडीरहेका छौं, जाँदा जाँदै यदी बाटो बिरायौ भने एउटा विन्दूमा पुगेपछि बाटो टुंगिन्छ अर्थात अगाडी अजंगको पर्खाल छ । यतिखेर हाम्रा अगाडी दुईवटा विकल्प रहन्छ । प्रथम र सजिलो विकल्प त्यहाँबाट फर्किने र दोस्रो अनी अली कष्टकर विकल्प पर्खाल फोरेर पारी जाने । पूर्बि जर्मनी एवं पूर्बि युरोप र रसिया समेतका समाजबादी सत्ताका अगाडी असीको दशकको अन्त्य तिर यही अवस्था सिर्जना भयो । उनिहरुले सजिलो विकल्प रोजे ।उक्त अवस्था सिर्जना हुनुमा माथी चर्चा गरेको पुनराबृत्तिबाद मात्र जिम्मेवार थिएन । अर्को महत्वपूर्ण कडी के पनि थियो भने जव अस्सीको दशकमा बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचर, जर्मनीका चान्सलर हेल्मुट कोल र अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको संयुक्त चिन्तनबाट प्रतिपादित नव उदारवादी सिद्धान्तले पनि निकै ठूलो भूमिका खेलेको छ । उनिहरुले नवउदारबाद भित्र गास, बास, कपास, स्वस्थ्य र शिक्षाको निश्चितताका कुरा मात्र उठाएनन् कि यसका साथ चिन्तनको स्वतन्त्रता एवं सामाजिक सुरक्षा र स्वतन्त्रताका कुराहरुमा उनिहरु उदार भएर प्रस्तुत भए । जसका कारण धेरै मार्क्सवादी चिन्तक, कार्यकर्ता एवं पथ प्रदर्शकहरु समेत नवउदारबाद र पुनराबृत्तिबादबाट आकर्शित हुँदै गए । किनभने त्यो ब्यवहारमा लागु भैसकेको थिएन तर सिद्धान्त भने चुस्त, दुरुस्त र अझ बिकशित जस्तो देखियो ।मानौं, यदि हामी गाडी खरिद गर्न कुनै पसलमा गयौं र हामीले एउटा गाडी मन पराएका थियौं । जसको दुइवटा ढोका, दुइवटा पछाडी बत्ती अर्थात ब्रेक लाइट अनि कम शक्तिशाली र थोरै स्पेश अर्थात कम ठाउँ भएको तर ब्यपारीले अचानक तपाइलाइ हेर्दा अली आकर्षक ढोका पनि चारवटा भएको पछाडी ब्रेक लाइट पनि तीनवटा भएको गाडी एउटै मुल्यमा दिने प्रतिबद्धता गर्‍यो भने तपाइ के गर्नु हुन्छ ? अवश्य पनि नौलो र आकर्षक गाडी प्रति हाम्रो आकर्षण बढ्ने छ । यही अवस्थाको सिर्जना भएको हो युरोपका माक्र्सबादी चिन्तक, कार्यकर्ता एवं पथ प्रदर्शकहरुमा ।

No comments:

Post a Comment