Wednesday, May 30, 2012

संघीय राज्य र खोटा विचारहरुको खण्डन....

  दिपेन योङहाङ


by Jwajalapaa Sakasita on Wednesday, May 30, 2012 at 9:05pm ·

१) संघीयताले देश टुक्रिंदैन
संघीय राज्य हु“दैमा पनि देश टुक्रिंदैन । संघीय राज्य भएका अमेरिका, भारत, क्यानाडा आदि कही पनि देश टुक्रयाउने अधिकार छैन । संघीयताले देश टुक्रिएको उदाहरण छैन बरु संघात्मक देशमा सबै जाति, जनजातिले समान अधिकार र अवसर पाउने भएकोले जाति जनजातिबीचको एकता बलियो भएर तीव्र विकास भएको छ ।
 २) संघीयताविरोधीहरु अमेरिकी साम्राज्यवादका दलाल
साम्राज्यवादी अमेरिकाले हस्तक्षेप गर्ने बहाना बन्ने गरेको छ– जातीय शोषण । नेपालमा पनि बहाना हुन सक्थ्यो जातीय शोषण अमेरिकी हस्तक्षेपको लागि । तर यहाँका महान जनताले त्यसो हुन दिएन जातीय मुक्तिलाई वर्गीय मुक्तिसंग जोडेर नेपाली महान जनताले अमेरिकी हस्तक्षेपलाई “बाई बाई” गरिसकेको छन् । नत्र जातीय शोषणलाई बहाना बनाएर हस्तक्षेप गर्न अमेरिकालाई सजिलो हुन्थ्यो । त्यसैले अहिले पनि एकात्मक राज्य प्रणाली कायम गरिराख्नु, यो वा त्यो नाममा जातीय शोषण–उत्पीडन राखीराख्नु भनेको अमेरिकी हस्तक्षेपलाई स्वीकृति दिनु हो । यस अर्थमा संघीय राज्य र जातीय राज्यको विरोधीहरु अमेरिकी साम्राज्यवादको सेवा गर्दछन् ।
३) विभिन्न प्रकारका शोषण छन् नेपालमा
शोषणमा आधारित अन्य समाजमा जस्तै नेपाली समाजमा पनि धेरै प्रकारमा शोषण र उत्पीडन बिद्यमान छन् । वर्गीय शोषण, जातीय शोषण, क्षेत्रीय शोषण, लैंगिक शोषण, तथाकथित बर्ण व्यवस्थाको शोषण उत्पीडन आदि आदि । मानिसलाई मानिसले गर्ने सबै प्रकारका शोषणको विरोध हरेक सचेत नागरिकले गर्नेपर्छ । शोषणहरु एकआपसमा जोडिएका पनि छन् । नयाँ नेपाल भनेकै ती तमाम शोषणहरुबाट मुक्त समृद्ध नेपाल हो ।
४) भ्रमका आविष्कारकहरु, राजनीतिक त्रिशुल बाबा
हिजो संविधानसभाले देश टुक्रिन्छ भनी संविधानसभाको विरोध गर्नेहरु आज जातीय राज्यले देश टुक्रिन्छ भन्दैछन् । हिजोका संविधान सभाका विरोधीहरु आज पनि भित्रभित्रै त्यसको विरोध गर्दैछन् । हिजोका क्रान्तिकारीहरु आज पनि क्रान्तिकारी नै छन् । हिजोका षड्यन्त्रकारीहरु आज पनि षड्यन्त्रकारी नै छन् । हिजो माओवादीलाई कहिले अमेरिकाबाट सञ्चालित, कहिले भारतबाट सञ्चालित, कहिले राजाबाट सञ्चालित भन्नेहरु संविधान सभाले देश टुक्रिन्छ भन्नेहरुका भनाइ कति झूट, भ्रम र वद्नियतप“र्ण छ भन्ने कुरा त व्यवहारले सिद्ध गरिसकेकै छ नि । त्यस्ता भ्रमका आविष्कारकहरुलाई राजनीतिक त्रिशुल बाबा नभनी के भन्ने ?
५) एकतात्मक राज्य प्रणालीले देश टुक्रिन सक्ने
बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देशमा एकात्मक राज्य प्रणाली लागू गर्दा र जातीय अधिकार नदिइँदा देशै टुक्रिएका धेरै उदाहरण छन् । युगोस्लाभियाको विखण्डन, श्रीलंकाको द्वन्द्व, पूर्वी टिमोरको जन्म सबै एकात्मक राज्य प्रणाली लागू गर्दा र जातीय अधिकार नदिइँदा भएको हुन् । त्यसैले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक देशमा जातीय, भाषिक र सांस्कृतिक अधिकारसहितको संघीयताले मात्र देशलाई एकताबद्व बनाउन सक्छ । एउटै भाषा, जाति र संस्कृतिले अन्य भाषा, जाति र संस्कृतिलाई थिचोमिचो, शोषण–उत्पीडन गरेपछि जातीय द्वन्द्व र विद्रोह निम्तिनु स्वभाविक हो ।
६) जातीयमुक्ति राष्ट्रिय एकताको आधार
जातीय राज्यले देश टुक्रिने नै हो त ? हौइन । जातीय राज्यले देश टुक्रिदैन, जहाँ उत्पीडन हुन्छ, त्यहाँ विद्रोह हुन्छ भने जस्तै जातीय शोषण– उत्पीडनले पो जातीय द्वन्द्व र विद्रोह निम्त्याउँछ त ।
 देशको स्वाधिनताको निम्ति राष्ट्रिय एकता, राष्ट्रिय एकताको निम्ति जातीय एकता, जातीय एकताको निम्ति जातीय समानता, जातीय समानताको निम्ति जातीय मुक्ति, जातीय मुक्तिको निम्ति जातीय राज्य आवश्यक हुन्छ ।जातीय राज्यले राष्ट्रिय एकता र स्वाधीनता मजबुत पार्छ । जातीय टुक्रिदैन, जहाँ उत्पीडन हुन्छ, त्यहाँ विद्रोह हुन्छ भने जस्तै जातीय शोषण– उत्पीडनले पो जातीय द्वन्द्व र विद्रोह निम्त्याउँछ त ।
देशको स्वाधिनताको निम्ति राष्ट्रिय एकता, राष्ट्रिय एकताको निम्ति जातीय एकता, जातीय एकताको निम्ति जातीय समानता, जातीय समानताको निम्ति जातीय मुक्ति, जातीय मुक्तिको निम्ति जातीय राज्य आवश्यक हुन्छ । जातीय राज्यले राष्ट्रिय एकता र स्वाधीनता मजबुत पार्छ । जातीयमुक्ति राष्ट्रियता, एकताको आधार हो ।
७)नामाकरण ऐतिहासिकताका आधारमा, शासन जनसंख्याको समानुपातिक आधारमा
गणराज्यको नामाकरण ऐतिहासिकताको आधारमा गरेपनि जनसंख्याको समानुपातिक प्रतिनिधित्व गरी शासन गर्ने भएकोले गणराज्यमा एउटै जातिको शासन हुन्छ भन्नु भ्रममात्र हो ।
८) गुणात्मकरुपमा फरक
एक दुई जना व्यक्ति पदमा पुग्नु र पूरै जातिलाई जातीय अधिकार हुनु गुणात्मक रुपमा र राजनीतिक रुपमा धेरै फरक कुरा हो । बेइमान नेवार छन् भने इमान्दार नेवार पनि हुन्छन् । कुनै जातिलाई धोखा दिई बाहुनवादी नेवार हुन्छन् भने जातीय मुक्तिवादी नेवार पनि हुन्छन् । नेवारले नेवारलाई शासन गर्दा राम्रो हुन्न भन्नु त नेपाली प्रधानमन्त्री भएर देश विकास भएन अब विदेशी प्रधानमन्त्री ल्याउनुप¥यो, नेपाली भएर मात्र हुँदो रहेनछ भने केटौले र तुकविहीन तर्क जस्तै हो ।

स्रोत: श्रीकृष्ण सुलु

No comments:

Post a Comment